Sunday, June 11, 2023

हेटौंडा–४ मा एमालेको घरदैलो

ताजा / भरखरै प्राप्त

खानेपानीमा हामी गफ हैन काम गरेर देखाउछौ — अध्यक्षका उमेदवार उपाध्याय

खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था चन्द्रनिगाहपुरको जेठ २७ गते शनिबार हुन गइरहेको निर्वाचनको लागि किशोर प्रसाद उपाध्यायको नेतृत्वको प्यानल पनि चुनावी मैदानका...

गौरका पुर्व मेयर गुप्ता एमालेको केन्द्रिय सदस्यमा मनोनित

चन्द्रपुर - गौर नगरपालिकाका पुर्व मेयर तथा रौतहट क्षेत्र नं. १ बाट सघिय संसदका प्रत्यासी अजय गुप्ता नेकपा एमालेको केन्द्रिय सदस्यमा चयन...

सरसफाइमा माबि जुडिबेला प्रथम ,नगद ३५ हजार सहित पुरस्कृत

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. २ मा रहेको माबि जुडिबेला खानेपानी तथा सरसफाइ क्षेत्रमा उत्कृष्ठ अर्थात प्रथम भएको छ ।...

चन्द्रनिगाहपुर खानेपानीको निर्वाचन जेठ २७ गते हुने

चन्द्रपुर- चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था चन्द्रनिगाहपुरको निर्वाचन आउदो जेठ २७ गते हुने भएको छ । जेठ २७ गते हुने निर्वाचनको...

यसै बर्ष भित्र रेडक्रस चन्द्रनिगाहपुर उपशाखाको भवन बन्छ— नगर प्रमुख काफले

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय काफलेले २०८० साल भित्र नेपाल रेडक्रस सोसाईटी चन्द्रनिगाहपुर उपशाखाको भवन बन्ने बताउनुभएको छ । गणतन्त्र...

हेटौंडा–आसन्न स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा नेकपा एमालेले चुनाबी प्रचारप्रसारको काम तीव्र बनाएको छ । हेटौंडा–४ मा नेकपा एमालेको वडा कमिटीले आइतबारदेखि चुनाब प्रचारप्रसार अभियानअन्तर्गत् घरदैलो सुरु गरेको छ ।

हेटौंडा उपमहानगरपालिकाबाट अधिकांश वडाबाट सिफारिस भएका एमालेका उम्मेद्वारहरुको नाम टुंगो लाग्न बाँकी रहँदा सर्वसम्मत् उम्मेद्वार टुंगो लगाएको हेटौंडा–४ मा भने चुनाबी प्रचार गर्न थालिएको हो । नेकपा एमालेबाट हेटौंडा–४ का अध्यक्षका उम्मेद्वार तथा हालका वडा अध्यक्ष नवीन सिग्देलले आइतबार विहान ७ बजे कर्राचोकमा जम्मा भएर घरदैलो कार्यक्रम सुरु गरिएको जानकारी दिए ।

शनिबार हेटौंडा–४ मा भएको एमालेको वडास्तरीय कार्यकर्ता भेला तथा निर्वाचनलक्षित प्रशिक्षण कार्यक्रममा एमाले मकवानपुर अध्यक्ष एकालाल श्रेष्ठले वडा तहबाट सर्वसम्मत् नाम सिफारिस भएका उम्मेद्वारहरुको नाम परिवर्तन हुने नभएकाले सर्वसम्मत् भएकाहरुलाई चुनाब प्रचार अभियानमा होमिन निर्देशन दिएका थिए ।

प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इञ्चार्ज रामेश्वर रानाले समाजलाई इन्द्रेणीजस्तै बनाउने अभियानमा लाग्नुपर्ने बताए । वडास्तरबाट नै इन्द्रेणीका रंगहरु झैं सबै नागरिक सुखी, खुसी, समृद्ध तथा आधारभुत आवश्यकता पूरा हुने गरी काम गर्न सक्षम नेतृत्वलाई जनताले रुचाउने उनको भनाइ छ । उनले ज्येष्ठ नागरिकलाई सम्मान, साना बालबालिकालाई उचित स्नेह, रोजगारी, स्वास्थ्य, शिक्षा, खेलकुुदलगायत क्षेत्रमा सबैको हित हुने गरी काम गर्न एमाले सरकार र एमालेका प्रतिनिधिले मात्रसक्ने दाबी गरे ।

उनले आगामी निर्वाचनमा हेटौंडा नगरमा विजयी हुने जनप्रतिनिधिले रोजगारीलाई प्राथमिकतामा राख्न अनुरोध गरे । जनप्रतिनिधिले हेटौंडालाई रोजगारीका लागि उचित व्यवस्थापन गरी हेटौंडाबासी मात्र नभइ अन्य स्थानका नागरिकलाई पनि हेटौंडामा रोजगारी गरेर आफ्नो जीविकोपार्जन गर्नसक्ने स्थान प्रदान गर्नुपर्ने भनाइ राखे ।

हेटौंडा बजारको बुद्धचोकमा हरेक दिन विहान दैनिक ज्याला-मजदुरीका लागि देखिने मानिसहरुको भिड स्मरण गर्दै उनले भने–उनीहरुले पनि विहान बेलुकाको छाकटार्न विहानदेखि दैनिक मजदुरीका लागि बुद्धचोकमा जम्मा हुने मानिसले पनि उचित रोजगारीको अवसर पाउनुपर्छ । इञ्चार्ज रानाले हेटौंडाका बासिन्दाले उपमहानगरपालिकाको कार्यालय प्रवेश गर्दा गर्व महसुस गर्नसक्ने र आफ्नो समस्या लिएर नगर प्रमुखको कार्यकक्षसम्म सहज जानसक्ने वातावरण बन्नुपर्ने बताए ।

कार्यक्रममा एमाले हेटौंडा–४ वडा कमिटीले ३ सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी घोषणा गरेको थियो । कमिटीमा ४१ सदस्यीय सचिवालय निर्माण गरिएको पनि जनाइएको छ । नवीन मिश्रको संयोजकत्वमा कार्यालय व्यवस्थापन तथा प्रचारप्रसार उपकमिटी, केशब बासुकलाको संयोजकत्वमा आर्थिक व्यवस्थापन उपकमिटी, शिवहरी दाहालको संयोजकत्वमा प्रतिवद्धता लेखन उपकमिटी, प्रकाश सुबेदीको संयोजकत्वमा स्वयम्सेवक परिचालन उपकमिटी तथा भवानी शर्माको संयोजकत्वमा निर्वाचन अनुगमन उपकमिटी निर्माण गरिएको छ ।

नेकपा एमाले हेटौंडा–४ वडा कमिटी अध्यक्ष राजेन्द्र बस्ताकोटीको सभाध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य तथा मकवानपुर सहइञ्चार्ज जुनेली श्रेष्ठ र संविधानसभा सदस्य अनन्त पौडेललगायतको आतिथ्यता थियो ।

लोकप्रिय

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

उपप्रमुख रामले मागेको ३ करोड नदिदा झुठा आरोप लगाउदै गलत प्रचार — नगर प्रमुख कुर्मी

चन्द्रपुर - रौतहट जिल्लाको बृदाबन नगर पालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मीले नगर उपप्रमुखले आर्थिक लाभ लिने उदेश्यले गलत आरोप लगाउने गरेको...

बागमती नपाको डाबरीका करिब ५ सय जना माओबादी परित्याग गरी एमालेमा प्रवेश

सर्लाही - विभिन्न पार्टी छोडेर नेकपा एमालेमा प्रवेश गर्ने लहर देखिएपछि सर्लाहीमा नेकपा एमाले उत्साहित देखिएको छ । खासगरी निर्वाचन क्षेत्र ३...

Related Articles

खानेपानीमा हामी गफ हैन काम गरेर देखाउछौ — अध्यक्षका उमेदवार उपाध्याय

खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था चन्द्रनिगाहपुरको जेठ २७ गते शनिबार हुन गइरहेको निर्वाचनको लागि किशोर प्रसाद उपाध्यायको नेतृत्वको प्यानल पनि चुनावी मैदानका...

गौरका पुर्व मेयर गुप्ता एमालेको केन्द्रिय सदस्यमा मनोनित

चन्द्रपुर - गौर नगरपालिकाका पुर्व मेयर तथा रौतहट क्षेत्र नं. १ बाट सघिय संसदका प्रत्यासी अजय गुप्ता नेकपा एमालेको केन्द्रिय सदस्यमा चयन...

सरसफाइमा माबि जुडिबेला प्रथम ,नगद ३५ हजार सहित पुरस्कृत

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. २ मा रहेको माबि जुडिबेला खानेपानी तथा सरसफाइ क्षेत्रमा उत्कृष्ठ अर्थात प्रथम भएको छ ।...