Sunday, May 28, 2023

बजेट जनपक्षीय बनाउन सर्वपक्षीय अन्तरक्रिया

ताजा / भरखरै प्राप्त

कार्य सम्पादन मुल्याङकनमा मधेश प्रदेश मै गौर नगरपालिका उत्कृष्ठ,एक बर्षको प्रगति बिबरण सार्वजनिक

रौतहट,१३ जेठ,रौतहटको सबैभन्दा पुरानो गौर नगरपालिका कार्यसम्पादन मुल्याङकन मधेश प्रदेश मै सबै पालिका भन्दा उत्कृष्ठ बनेको छ ।नेपाल सरकारबाट आर्थिक बर्ष २०८०÷०८१मा...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका पुर्व सचिब क्षेत्रीले त्यागे सदस्यता

रौतहट - नेपाल पत्रकार महासंघ रौतहट शाखाका पुर्व सचिब राजेन्द्र क्षेत्रीले नेपाल पत्रकार महासंघको सदस्यता त्यागेका छन । नेपाल पत्रकार महासंघको निति...

जेठ १५ गते चन्द्रनिगाहपुरमा बृहत रक्तदान कार्यक्रम हुने,सहभागी हुन सबैलाइ आग्रह

चन्द्रपुर— रौतहटको चन्द्रनिगाहपुर मेनचोकमा जेठ १५ गते बृहत रक्तदान कार्यक्रम हुने भएको छ । नेपाल रेडक्रस सोसाइटी चन्द्रनिगाहपुर उपशाखाको आयोजनामा सोमबार बृहत...

सामुदायिक वन महासंघको केन्द्रिय सदस्यमा रौतहटका खुलाल,ढकाल र यादब निर्वाचित

चन्द्रपुर - सामुदायिक वन उपभोक्ता महासंघको केन्द्रिय समितिमा रौतहट जिल्लाबाट ३ जना केन्द्रिय सदस्यमा निर्वाचित भएका छन । काठमाडौ मा भएको सामुदायिक...

हप्तादिन नबित्दै रौतहटमा २ जनाको हत्या

रौतहट,११ जेठएक हप्ता नबित्दै रौतहटमा दुई जनाको हत्या भएको छ । गत शुक्रबार गौर नगरपालिका वडा नम्वर ७ सिसवा टोलका ४५ वर्षीय...

हेटौंडा–गाउँपालिकाको आगामी आव २०७९–०८० को नीति तथा कार्यक्रम र बजेट निर्माणलाई प्रभावकारी र जनपक्षीय बनाउने उद्धेश्यसाथ मकवानपुरको राक्सिराङ गाउँपालिकाले सर्वपक्षीय अन्तत्र्रिmया गरेको छ ।

गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधि, राजनीतिक दल, गैरसरकारी संस्थाका प्रतिनिधि, बुद्धिजीवी, पत्रकार, समाजसेवी, विद्यालयका प्रधानाध्यापक तथा प्रतिनिधिलगायत सरोकारवालाको सहभागितामा आइतबार आगामी नीति तथा कार्यक्रम र बजेटमा समेटिनुपर्ने विषयबारे सुझाव संकलन गरिएको हो ।

जनताले निर्वाचित गराएर पठाएका जनप्रतिनिधिको सहभागितामा हुने गाउँसभाबाट गाउँको नीति तथा कार्यक्रम र बजेट निर्माण र पारित गर्ने व्यवस्था भए पनि गाउँको नीति तथा कार्यक्रम र बजेटलाई अझै जनपक्षीय बनाउँदै गाउँबासीले अपनत्व गर्नसक्ने बनाउन सर्वपक्षीय अन्तत्र्रिmयामार्फत् सुझाव संकलन गरिएको पालिका अध्यक्ष राजकुमार मल्लले बताए ।

गाउँपालिका अध्यक्ष मल्लको सभाध्यक्षतामा भएको कार्यक्रममा राक्सिराङ गाउँपालिका स्थायी निवासीसमेत रहेका वागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्य मन्त्री सन्तबहादुर प्रजाको प्रमुख आतिथ्यता थियो । कार्यक्रममा राज्य मन्त्री प्रजाले गाउँको नीति तथा कार्यक्रम र बजेट बनाउँदा सर्वपक्षीय छलफलमार्फत् सुझाव संकलन गरिनु लोकतन्त्रको सुन्दर अभ्यास भएको बताए । आम गाउँबासीको भावना र आवश्यकतालाई समेटेर गाउँपालिकाले बजेट र नीति तथा कार्यक्रम बनाउनु आवश्यक रहेको उनले औंल्याए ।

अतिसीमान्तकृत र विपन्न चेपाङ जातिको बाहुल्यता रहेको मकवानपुरको राक्सिराङसहित क्षेत्रलाई चेपाङ संरक्षित क्षेत्र घोषणा गर्ने नीति वागमती प्रदेश सरकारले ल्याइसकेको सुनाउँदै राज्य मन्त्री प्रजाले चेपाङ संरक्षित क्षेत्रबारे कानुन बन्ने प्रक्रियामा रहेको बताए । धादिङ, चितवन र मकवानपुरका चेपाङ बाहुल्य क्षेत्र रहेको स्थानलाई चेपाङ संरक्षित क्षेत्र घोषणा गरी कार्यक्रम सञ्चालन गर्ने वागमती प्रदेशको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेटिइसकेको छ ।

कार्यक्रममा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृृत देवचन्द्र गर्तौलाले कार्यक्रमको उद्धेश्यबारे प्रष्ट्याएका थिए भने उपाध्यक्ष वनस्तम थिङले आम गाउँबासीको भावनालाई समेट्ने गरी सर्वपक्षीय अन्तत्र्रिmयाको गरिएको बताए । सबैको सल्लाह सुझाव समेट्दै आगामी वर्षको बजेट बनाउने पनि उनले प्रतिवद्धता जनाए ।

कार्यक्रममा नेकपा एमाले मकवानपुर उपाध्यक्ष लालबहादुर थापा, नेकपा एमाले राक्सिराङ गाउँपालिका इञ्चार्ज बाबुलाल स्यांतान, नेपाली कांग्रेस राक्सिराङ सभापति वीरेन्द्र जिम्बा, नेकपा माओवादी केन्द्र राक्सिराङ गाउँपालिका अध्यक्ष हस्तबहादुर मोक्तान, नेकपा (एकीकृत समाजवादी) राक्सिराङ अध्यक्ष ज्ञानेन्द्र तामाङलगातले मन्तव्य व्यक्त गरेका थिए ।

मञ्चमा नेपाली कांग्रेस राक्सिराङ सभापति वीरेन्द्र जिम्बा, नेकपा माओवादी केन्द्र अध्यक्ष हस्तबहादुर मुक्तान र नेकपा (एकीकृत समाजवादी) का ज्ञानेन्द्र तामाङदेखि भौतिक पूर्वाधार विकास राज्य मन्त्री सन्तबहादुर प्रजा (चेपाङ) सहितका सरोकारवाला देखिन्थे ।

तीमध्ये अध्यक्षको हैसियतमा रहेका मल्ल र उपाध्यक्ष वनस्तम थिङ अनि २०७४ सालको निर्वाचनमा मल्लद्वारा अध्यक्षमा पराजित उम्मेद्वार एवम् हालका नेकपा एमाले जिल्ला उपाध्यक्ष लालबहादुर थापा र भर्खर निर्वाचनमा अध्यक्षमा पराजित अर्का नेता बाबुलाल स्यांतान एकै मञ्चमा देखिनु निकै दुर्लभ दृष्य थियो । र, यो राक्सिराङबासीका निम्ति गौरवको पनि कुरा थियो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी राक्सिराङ उपसभापति चित्रबहादुर थिङ, खानेपानी तथा सरसफाइ महासंघ केन्द्रीय सदस्य बद्री देबकोटा, गैससकर्मी विष्णुमान चेपाङ, देवकुमार प्रजा, दीपेन्द्र पाठक, सूर्योदय माध्यमिक विद्यालयका प्रधानाध्यापक सीताराम सुबेदी, सामुदायिक बन उपभोक्ता महासंघ राक्सिराङ अध्यक्ष केशब भारती, खेलकुद विकास समिति राक्सिराङ अध्यक्ष थलबहादुर थापा, स्थानीय समाजसेवी वीपीमाया मोक्तानलगायत सरोकारवालाले क्षेत्रगत्रुपमा बजेट र नीति तथा कार्यक्रममा समेटिनुपर्ने विषयबारे सुझाव राखेका थिए ।

सुझावपछि पालिका अध्यक्ष मल्लले छलफल र अन्तत्र्रिmयाबाट आएका विषयलाई सम्बोधन गर्दै आगामी नीति तथा कार्यक्रम र बजेटमा समेटिने प्रतिवद्धता जनाए ।

लोकप्रिय

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

उपप्रमुख रामले मागेको ३ करोड नदिदा झुठा आरोप लगाउदै गलत प्रचार — नगर प्रमुख कुर्मी

चन्द्रपुर - रौतहट जिल्लाको बृदाबन नगर पालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मीले नगर उपप्रमुखले आर्थिक लाभ लिने उदेश्यले गलत आरोप लगाउने गरेको...

बागमती नपाको डाबरीका करिब ५ सय जना माओबादी परित्याग गरी एमालेमा प्रवेश

सर्लाही - विभिन्न पार्टी छोडेर नेकपा एमालेमा प्रवेश गर्ने लहर देखिएपछि सर्लाहीमा नेकपा एमाले उत्साहित देखिएको छ । खासगरी निर्वाचन क्षेत्र ३...

Related Articles

कार्य सम्पादन मुल्याङकनमा मधेश प्रदेश मै गौर नगरपालिका उत्कृष्ठ,एक बर्षको प्रगति बिबरण सार्वजनिक

रौतहट,१३ जेठ,रौतहटको सबैभन्दा पुरानो गौर नगरपालिका कार्यसम्पादन मुल्याङकन मधेश प्रदेश मै सबै पालिका भन्दा उत्कृष्ठ बनेको छ ।नेपाल सरकारबाट आर्थिक बर्ष २०८०÷०८१मा...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका पुर्व सचिब क्षेत्रीले त्यागे सदस्यता

रौतहट - नेपाल पत्रकार महासंघ रौतहट शाखाका पुर्व सचिब राजेन्द्र क्षेत्रीले नेपाल पत्रकार महासंघको सदस्यता त्यागेका छन । नेपाल पत्रकार महासंघको निति...

जेठ १५ गते चन्द्रनिगाहपुरमा बृहत रक्तदान कार्यक्रम हुने,सहभागी हुन सबैलाइ आग्रह

चन्द्रपुर— रौतहटको चन्द्रनिगाहपुर मेनचोकमा जेठ १५ गते बृहत रक्तदान कार्यक्रम हुने भएको छ । नेपाल रेडक्रस सोसाइटी चन्द्रनिगाहपुर उपशाखाको आयोजनामा सोमबार बृहत...