पोखरा । नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत महिला क्रिकेटमा नेपाल पुलिस क्लबले स्वर्ण जितेको छ । मंगलबार विभागीय क्लबहरुबीच भएको फाइनल खेलमा एपीएफलाई ५ रनले पराजित गर्दै पुलिस पहिलो सहभागितामा नै उपाधि जित्न सफल भएको हो ।
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत नै गत भदौ अन्तिममा काठमाडौंमा भएको पुरुष क्रिकेटको उपाधि पनि पुलिसले नै जितेको थियो ।