Sunday, May 28, 2023

बरिष्ठ पत्रकार मिश्र कोदालो काँधमा बोकेर चुनाबी प्रचारमा

ताजा / भरखरै प्राप्त

कार्य सम्पादन मुल्याङकनमा मधेश प्रदेश मै गौर नगरपालिका उत्कृष्ठ,एक बर्षको प्रगति बिबरण सार्वजनिक

रौतहट,१३ जेठ,रौतहटको सबैभन्दा पुरानो गौर नगरपालिका कार्यसम्पादन मुल्याङकन मधेश प्रदेश मै सबै पालिका भन्दा उत्कृष्ठ बनेको छ ।नेपाल सरकारबाट आर्थिक बर्ष २०८०÷०८१मा...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका पुर्व सचिब क्षेत्रीले त्यागे सदस्यता

रौतहट - नेपाल पत्रकार महासंघ रौतहट शाखाका पुर्व सचिब राजेन्द्र क्षेत्रीले नेपाल पत्रकार महासंघको सदस्यता त्यागेका छन । नेपाल पत्रकार महासंघको निति...

जेठ १५ गते चन्द्रनिगाहपुरमा बृहत रक्तदान कार्यक्रम हुने,सहभागी हुन सबैलाइ आग्रह

चन्द्रपुर— रौतहटको चन्द्रनिगाहपुर मेनचोकमा जेठ १५ गते बृहत रक्तदान कार्यक्रम हुने भएको छ । नेपाल रेडक्रस सोसाइटी चन्द्रनिगाहपुर उपशाखाको आयोजनामा सोमबार बृहत...

सामुदायिक वन महासंघको केन्द्रिय सदस्यमा रौतहटका खुलाल,ढकाल र यादब निर्वाचित

चन्द्रपुर - सामुदायिक वन उपभोक्ता महासंघको केन्द्रिय समितिमा रौतहट जिल्लाबाट ३ जना केन्द्रिय सदस्यमा निर्वाचित भएका छन । काठमाडौ मा भएको सामुदायिक...

हप्तादिन नबित्दै रौतहटमा २ जनाको हत्या

रौतहट,११ जेठएक हप्ता नबित्दै रौतहटमा दुई जनाको हत्या भएको छ । गत शुक्रबार गौर नगरपालिका वडा नम्वर ७ सिसवा टोलका ४५ वर्षीय...

गौर – जनता प्रगतिशील पार्टीका उम्मेदवार श्रीमननारायण आफ्नो चुनाव चिह्न बोकेर प्रचार प्रसारमा निस्केका छन् । रौतहट क्षेत्र नम्बर १ क को प्रदेशसभा सिटमा उम्मेदवारी दिएका उनी कोदालो काँधमा बोकेर प्रचारका लागि निस्केका छन् । उनको पार्टीका चुनाव चिह्न कोदालो बोकेको किसान रहेको छ । उनी घरदैलो कार्यक्रम गर्दा आवश्यकताअनुसार काँधमा कोदालो राखेर मतदाता समक्ष जाने गरेका छन् । श्रीमननारायणले भने, ‘मेरो चुनाव चिन्ह कोदालो बोकेको किसान हो, म किसानको छोरा भएको कारण आफ्नो र आफ्नो चुनाव चिह्नको परिचय गराउन त्यस्तो गरेको हुँ ।’ सबै ठाउँमा लिएर जान्न तर आवश्यकता र परिवेशअनुसार कोदालो काँधमा राखेर मतदातासमक्ष जाने गरेको उनले बताए ।

नेपाल सदभावना पार्टीमा स्थापनाकालदेखि नै क्रियाशील रहेका श्रीमननारायणले सो पार्टीमा कहिले कुनै अवसर पाएनन् । एक दुईपटक समानुपातिकमा राखेपनि पार्टीका अध्यक्षहरुले आ–आफ्नालाई मात्रै च्याप्ने गरेको उनको गुनासो छ ।

पछि उनी कुनै पार्टीमा आवद्ध थिएनन् । पार्टीमा निस्कृय भएपनि उनी आफ्नो लेख रचनाबाट मधेशको राजनीतिमा सक्रिय नै थिए । यही क्रममा ह्रदयेश त्रिपाठीले जनता प्रगतिशील पार्टी गठन गरेपछि उनी पनि सो पार्टीमा सहभागी भए र अहिले सोही पार्टीबाट चुनावमा भाग लिएका हुन् । उनले भने, ‘जनताको आग्रहमा नै मैले चुनावमा भाग लिएको हुँ र मलाई जनताले नै जिताउनेछन् ।’
उनले औद्योगिकरणलाई प्राथमिकतामा राखी बेरोजगारी न्युनिकरण गर्ने काम गर्नुको साथै रोजगार केन्द्रीत नीति र कार्यक्रम कार्यान्वयनमा जोड दिने बताएका छन् । यस्तै तत्काल बेरोजगार युवालाई विना धितो जीवनयापन योग्य आर्थिक अनुदानको उपलब्धता गराउने आफ्नो चुनावी प्रतिबद्धता उनले सुनाए ।
कृषि र किसानलाई प्रमुख महत्व दिइ कृषि उपजको न्यायोचित मूल्य निर्धारण गराउने प्रतिवद्धता जनाएका उनले किसानहरुको खातामा सरकारी सहायताको उपलब्धता सुनिश्चित गर्ने पनि बताएका छन् । यस्तै कृषिसम्बन्धी नीति निर्धारणमा किसान प्रतिनिधिको सहभागिता गराउने, वीरगञ्ज चिनी मिल, गरुडा चिनी मिल र जनकपुर चुरोट कारखानाको पुनः सञ्चालनको लागि काम गर्ने प्रतिवद्धता जनाएका छन् ।

लोकप्रिय

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

उपप्रमुख रामले मागेको ३ करोड नदिदा झुठा आरोप लगाउदै गलत प्रचार — नगर प्रमुख कुर्मी

चन्द्रपुर - रौतहट जिल्लाको बृदाबन नगर पालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मीले नगर उपप्रमुखले आर्थिक लाभ लिने उदेश्यले गलत आरोप लगाउने गरेको...

बागमती नपाको डाबरीका करिब ५ सय जना माओबादी परित्याग गरी एमालेमा प्रवेश

सर्लाही - विभिन्न पार्टी छोडेर नेकपा एमालेमा प्रवेश गर्ने लहर देखिएपछि सर्लाहीमा नेकपा एमाले उत्साहित देखिएको छ । खासगरी निर्वाचन क्षेत्र ३...

Related Articles