Monday, June 5, 2023

२०४८ साल देखी संसद फेर्दै आएको रौतहट क्षेत्र नं. ४ मा के होला यस बर्ष ?

ताजा / भरखरै प्राप्त

गौरका पुर्व मेयर गुप्ता एमालेको केन्द्रिय सदस्यमा मनोनित

चन्द्रपुर - गौर नगरपालिकाका पुर्व मेयर तथा रौतहट क्षेत्र नं. १ बाट सघिय संसदका प्रत्यासी अजय गुप्ता नेकपा एमालेको केन्द्रिय सदस्यमा चयन...

सरसफाइमा माबि जुडिबेला प्रथम ,नगद ३५ हजार सहित पुरस्कृत

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. २ मा रहेको माबि जुडिबेला खानेपानी तथा सरसफाइ क्षेत्रमा उत्कृष्ठ अर्थात प्रथम भएको छ ।...

चन्द्रनिगाहपुर खानेपानीको निर्वाचन जेठ २७ गते हुने

चन्द्रपुर- चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था चन्द्रनिगाहपुरको निर्वाचन आउदो जेठ २७ गते हुने भएको छ । जेठ २७ गते हुने निर्वाचनको...

यसै बर्ष भित्र रेडक्रस चन्द्रनिगाहपुर उपशाखाको भवन बन्छ— नगर प्रमुख काफले

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय काफलेले २०८० साल भित्र नेपाल रेडक्रस सोसाईटी चन्द्रनिगाहपुर उपशाखाको भवन बन्ने बताउनुभएको छ । गणतन्त्र...

जन ज्योति बहुमुखी क्यामपसको अध्यक्षमा कार्की सहितको टिम र्निबिरोध

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ६ मा रहेको जन ज्योति बहुमुखी क्याम्पस ब्यबस्थापन समितिको अध्यक्षमा संजय कार्कीको सहितको टिम सर्वसहमत चयन...

रौतहट – २०४८ साल यताको संघिय संसदमा कुनै पनि संसादले नदोहोराउन सकेको रौतहटको क्षेत्र नम्बर ४ मा चुनावी सरगर्मी यस बर्ष पनि खुब तातेको छ । २०४८ साल यताको निर्वाचनमा रौतहट क्षेत्र नं. ४ मा अहिले सम्म कुनै संसद पनि दोहोरिएर नजितेको ठाउ“मा अबको निर्वाचनमा कस्ले बाजी मार्ला भन्ने सर्बत्र चासोको बिषय बनेको हो । क्षेत्र नं. ४ को २०४८ साल यताको इतिहास हेर्ने हो भने २०४८ सालको निर्वाचनमा नेकपा एमालेको तर्फबाट डा. बंशिधर मिश्रले जितेका थिए । मिश्रले नेपाली कांग्रेसका उमेदवार उद्धब ढकाललाइ हराएका थिए र त्यसपछि २०५१ सालको मध्याबधि निर्वाचनमा नेपाली कांग्रेसका उद्धब ढकालले डा. मिश्रलाइ हराएर चुनाब जितेका थिए ।
२०५५ सालको निर्वाचनमा नेकपा एमालेको तर्फबाट माधब कुमार नेपालले जितेका थिए उक्त निर्वाचनमा पनि कांग्रेसका ढकाल पारजित भएका थिए । २०५६ सालको उप निर्वाचनमा नेपाली कांग्रेसका प्रकाश कोइरालाले एमालेका उमेदवार रामकुमार भट्टराईलाइ पराजित गरी जित हात पारेका थिए । त्यस्तै २०६४ सालको संबिधान सभाको निर्वाचनमा नेकपा माओबादी केन्द्रका देबेन्द्र पटेलले माधब नेपालाइ हराएर जितेका थिए । यसैगरी २०७० सालको संबिधान सभाको निर्वाचनमा हालका संघिय संसद देब प्रसाद तिमलसिनालाइ हराएर नेकपा एमालेको तर्फबाट राम कुमार भट्टराईले चुनाब जितेका थिए र २०७४ सालको निर्वाचनमा नेकपा एमालेका डा.बंशिधर मिश्रलाइ हराएर नेपाली कांग्रेसका देब प्रसाद तिमलसिनाले जित हात पारेका थिए ।
यस बर्ष यो क्षेत्रमा नेकपा एमालेका नेता उद्धब रेग्मी संघिय संसदमा उठेका छन । नेकपा एमालेका केन्द्रिय सदस्य समेत रहेका संघिय संसदका उमेदवार रेग्मी अहिले चुनाबी प्रचार प्रसारमा ब्यस्त छन । २०७४ सालको स्थानिय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट चन्द्रपुर नगरपालिकाको नगर प्रमुखमा केही मतले मात्रै पराजित भएका रेग्मी सर्वप्रिय छन ।
२०५४ सालको स्थानिय निकायको निर्वाचनमा तत्कालीन चन्द्रनिगाहपुर गाबिस अध्यक्षमा निर्वाचित भएर सफल कार्यकाल पुरा गरेका नेता रेग्मी संघिय संसदमा उठेपछि मतदाताहरु पनि उत्साहित भएका छन ।
घरदैलो अभियानमा मतदाता संग भेटदा उत्साह झन बढेको संघिय संसदका उमेदवार रेग्मीले बताए ।
यस क्षेत्रका जनताले २०४८ सालको निर्वाचन यता कुनै पनि उमेदवारलाइ दोहोराएर नजिताएको कारण पनि यस बर्षको निर्वाचनमा आफुलाइ अपार माया र मतका साथ बिजयी हुनेमा ढुक्क रहेको रेग्मीको प्रतिक्रिया छ ।
जनताको काम गर्दा अहिले सम्म जनताको अहित हुने काम नगरेको र जनता माझ कुनै नराम्रो दाग समेत नभएको कारण जनताले आफुलाइ जिताउनेमा विश्स्वस्त रहेको उनको भनाइ छ ।
यसैगरी नेपाली कांग्रेसले सोही क्षेत्रमा निर्बतमान संघिय संसद देब प्रसाद तिमलसिनालाइ संघिय संसदमा उठाएको छ । सत्ताधारी गठबन्धनको तर्फबाट तिमलसिना संघिय संसदको लागी यस क्षेत्रमा तेश्रो पटक प्रधिस्पर्धा गदैछन । पहिलो पटक उनी तत्कालीन नेकपा एमालेका उमेदवार रामकुमार भट्टराई संग पराजित भएका थिए भने दोश्रो पटक २०७४ सालको निर्वाचनमा डा. बंशिधर मिश्रलाइ हराएर संसद भएका थिए ।
यस्तै रौतहट क्षेत्र नं. ४ को क मा नेकपा एमालेको तर्फबाट पुराना नेता अखिलेश्वर चौधरी उठेका छन भने ख मा जसपाको तर्फबाट अब्दुल कलाम आजाद (फुलबाबु) उठेका छन ।
त्यसैगरी सत्ताधारी गठबन्धनबाट क मा नेकपा माओबादी केन्द्रका युवराज भट्टराई उठेका छन भने ख मा नेकपा एसका शेख सतार उठेका छन । क्षेत्र नं. ४ को क मा भने नेकपा एसको तर्फबाट बालकृष्ण श्रेष्ठले उमेदवारी दिएर प्रचार प्रसारलाइ तिब्रता बनाएका छन ।
२०७४ सालको निर्वाचनमा रौतहट क्षेत्र नं. ४ को क मा नेपाली कांग्रेसका धनलाल ठोक्कर बिजयी भएका थिए भने ख मा स्वतन्त्र उमेदवार अब्दुल कलाम आजाद बिजयी भएका थिए । आजादले अहिले जसपाबाट उमेदवारी दिएका छन ।
रोचक कुरा के छ भने रौतहट क्षेत्र नम्बर ४ मा हाल सम्म कुनै पनि संसदले यस क्षेत्रमा दोहोराएर चुनाब जितेका छैनन ।

लोकप्रिय

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

उपप्रमुख रामले मागेको ३ करोड नदिदा झुठा आरोप लगाउदै गलत प्रचार — नगर प्रमुख कुर्मी

चन्द्रपुर - रौतहट जिल्लाको बृदाबन नगर पालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मीले नगर उपप्रमुखले आर्थिक लाभ लिने उदेश्यले गलत आरोप लगाउने गरेको...

बागमती नपाको डाबरीका करिब ५ सय जना माओबादी परित्याग गरी एमालेमा प्रवेश

सर्लाही - विभिन्न पार्टी छोडेर नेकपा एमालेमा प्रवेश गर्ने लहर देखिएपछि सर्लाहीमा नेकपा एमाले उत्साहित देखिएको छ । खासगरी निर्वाचन क्षेत्र ३...

Related Articles

गौरका पुर्व मेयर गुप्ता एमालेको केन्द्रिय सदस्यमा मनोनित

चन्द्रपुर - गौर नगरपालिकाका पुर्व मेयर तथा रौतहट क्षेत्र नं. १ बाट सघिय संसदका प्रत्यासी अजय गुप्ता नेकपा एमालेको केन्द्रिय सदस्यमा चयन...

सरसफाइमा माबि जुडिबेला प्रथम ,नगद ३५ हजार सहित पुरस्कृत

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. २ मा रहेको माबि जुडिबेला खानेपानी तथा सरसफाइ क्षेत्रमा उत्कृष्ठ अर्थात प्रथम भएको छ ।...

चन्द्रनिगाहपुर खानेपानीको निर्वाचन जेठ २७ गते हुने

चन्द्रपुर- चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था चन्द्रनिगाहपुरको निर्वाचन आउदो जेठ २७ गते हुने भएको छ । जेठ २७ गते हुने निर्वाचनको...