Monday, June 5, 2023

रौतहट क्षेत्र नम्बर ३ मा कांग्रेस र नेकपा एसको सर्मथन स्वतन्त्र उमेदवार जयसवाललाइ

ताजा / भरखरै प्राप्त

गौरका पुर्व मेयर गुप्ता एमालेको केन्द्रिय सदस्यमा मनोनित

चन्द्रपुर - गौर नगरपालिकाका पुर्व मेयर तथा रौतहट क्षेत्र नं. १ बाट सघिय संसदका प्रत्यासी अजय गुप्ता नेकपा एमालेको केन्द्रिय सदस्यमा चयन...

सरसफाइमा माबि जुडिबेला प्रथम ,नगद ३५ हजार सहित पुरस्कृत

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. २ मा रहेको माबि जुडिबेला खानेपानी तथा सरसफाइ क्षेत्रमा उत्कृष्ठ अर्थात प्रथम भएको छ ।...

चन्द्रनिगाहपुर खानेपानीको निर्वाचन जेठ २७ गते हुने

चन्द्रपुर- चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था चन्द्रनिगाहपुरको निर्वाचन आउदो जेठ २७ गते हुने भएको छ । जेठ २७ गते हुने निर्वाचनको...

यसै बर्ष भित्र रेडक्रस चन्द्रनिगाहपुर उपशाखाको भवन बन्छ— नगर प्रमुख काफले

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय काफलेले २०८० साल भित्र नेपाल रेडक्रस सोसाईटी चन्द्रनिगाहपुर उपशाखाको भवन बन्ने बताउनुभएको छ । गणतन्त्र...

जन ज्योति बहुमुखी क्यामपसको अध्यक्षमा कार्की सहितको टिम र्निबिरोध

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ६ मा रहेको जन ज्योति बहुमुखी क्याम्पस ब्यबस्थापन समितिको अध्यक्षमा संजय कार्कीको सहितको टिम सर्वसहमत चयन...

रौतहट,१६ कार्तिक
सत्ता गठबन्धनको केन्द्रिय तहका नेताहरुले लिखित रुपमा रौतहट क्षेत्र नं. ३ मा एमाले छाडेर स्वतन्त्र उमेदवार बनेका प्रभु साहलाइ समर्थन गरेको भएता पनि जिल्ला तहका नेताहरुले त्यसको अबज्ञा गरेका छन ।
सत्ता गठबन्धनले रौतहट क्षेत्र नंं ३ को संघिय संसदमा प्रभु साह,क प्रदेश सभा सदस्यमा नागेन्द्र यादब र ख प्रदेश सभा सदस्यमा सुनिल यादब उमेदवारलाइ एक आपसमा सहयोग गर्ने निर्णय भएको थियो । तर रौतहटका जिल्ला तहका नेताहरुले केन्द्रिय तहका नेताहरुले गरेको निर्णयलाइ अबज्ञा गरेका छन । सो क्षेत्रको नेकपा एसको तर्फबाट क प्रदेश सभा सदस्य नागेन्द्र यादब र नेपाली कांग्रेसको तर्फबाट ख प्रदेश सभा सदस्य उमेदवार सुनिल कुमार यादबले संघका स्वतन्त्र उमेदवार ओम प्रकाश जयसवाललाइ समर्थन गरेका छन । सुनिल यादब नेपाली कांग्रेसका जिल्ला सभापति हुन भने नागेन्द्र यादब नेकपा एसको तर्फबाट मधेश प्रदेशका वन तथा बाताबरण राज्य मन्त्री हुन ।
अहिले स्वतन्त्र उमेदवार जयसवाल,प्रदेश सभाका सदस्यका उमेदवार सुनिल यादब र नागेन्द्र यादबले संयुक्त ब्यानर बनाएर घरदैलो गरिरहेका छन ।
यता नेकपा माओबादी केन्द्रका उमेदवार धिरज पटेल पनि आफनो भोट माग्दै घरदैलो गरिहेका छन । उनलाइ पार्टीले उमेदवारी फिर्ता लिन भनेपनि आफनो उमेदवारी कुनै पनि हालतमा फिर्ता नहुने जनाइ सकेका छन ।
केही दिन अघि नै नेकपा एस,नेपाली कांग्रेस र नेकपा माओबादीका केही नेताहरुले प्रभु साहलाइ कुनै पनि हालतमा सहयोग गर्न नसकिने एक कार्यक्रमका बिच उदघोष गरिसकेका थिए । बुधबार जयसवाल सहितको टोलीले महमदपुर गाउको घरदैलो गरेको थियो । घरदैलोबाट उत्साह थपिएको संघिय संसदका उमेदवार ओम प्रकाश जयसवालले बताए । यो निर्वाचनमा संघमा जयसवाल क मा नागेद्र यादब र ख मा आफु निर्वाचित हुनेमा कुनै दुइमत नरहेको नेपाली कांग्रेसका रौतहट जिल्ला सभापति समेत रहेका ख का उमेदवार सुनिल कुमार यादबले बताए।
उमेदवारी दिने बेलामा एमालेलाइ धोका दिएर स्वतन्त्र उमेदवारी दिएका प्रभु साहलाइ अहिले न त सत्ता गठबन्धनको सर्मथन छ न त एमाले कै । अघिल्लो २०७४ सालको निर्वाचनमा सुनिल कुमार यादब निकटतम प्रतिद्धन्दीको रुपमा रहेका थिए । जयसलवाले सो निर्वाचनमा पनि करिब ९ हजार ल्याएका थिए ।
जयसवाल अहिले माछा छापको चुनाब चिन्ह लिएर चुनाबमा होमिएका छन । उनलाइ नेपाली कांग्रेस र नेकपा एसको सर्मथन छ ।
उता प्रभु साहले पनि आफना स्वतन्त्र उमेदवार क का कुन्दन कुशवाह र ख का केशब राय चौधरीलाइ साथ लिएर भोट माग्दै हिडेका छन ।
सोही क्षेत्रको क मा एमाले जसपा गठबन्धनको तर्फबाट पुर्व मन्त्री गोबिन्द चौधरीको छोरी पुजा चौधरीले उमेदवारी दिएकी छिन । उनी पनि दलबल सहित घरदैलो अभियानमा सक्रिय देखिदै आएकी छिन ।

लोकप्रिय

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

उपप्रमुख रामले मागेको ३ करोड नदिदा झुठा आरोप लगाउदै गलत प्रचार — नगर प्रमुख कुर्मी

चन्द्रपुर - रौतहट जिल्लाको बृदाबन नगर पालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मीले नगर उपप्रमुखले आर्थिक लाभ लिने उदेश्यले गलत आरोप लगाउने गरेको...

बागमती नपाको डाबरीका करिब ५ सय जना माओबादी परित्याग गरी एमालेमा प्रवेश

सर्लाही - विभिन्न पार्टी छोडेर नेकपा एमालेमा प्रवेश गर्ने लहर देखिएपछि सर्लाहीमा नेकपा एमाले उत्साहित देखिएको छ । खासगरी निर्वाचन क्षेत्र ३...

Related Articles

गौरका पुर्व मेयर गुप्ता एमालेको केन्द्रिय सदस्यमा मनोनित

चन्द्रपुर - गौर नगरपालिकाका पुर्व मेयर तथा रौतहट क्षेत्र नं. १ बाट सघिय संसदका प्रत्यासी अजय गुप्ता नेकपा एमालेको केन्द्रिय सदस्यमा चयन...

सरसफाइमा माबि जुडिबेला प्रथम ,नगद ३५ हजार सहित पुरस्कृत

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. २ मा रहेको माबि जुडिबेला खानेपानी तथा सरसफाइ क्षेत्रमा उत्कृष्ठ अर्थात प्रथम भएको छ ।...

चन्द्रनिगाहपुर खानेपानीको निर्वाचन जेठ २७ गते हुने

चन्द्रपुर- चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था चन्द्रनिगाहपुरको निर्वाचन आउदो जेठ २७ गते हुने भएको छ । जेठ २७ गते हुने निर्वाचनको...