Monday, June 5, 2023

रौतहटका म्यादी प्रहरीले पाएनन ड्रेस

ताजा / भरखरै प्राप्त

गौरका पुर्व मेयर गुप्ता एमालेको केन्द्रिय सदस्यमा मनोनित

चन्द्रपुर - गौर नगरपालिकाका पुर्व मेयर तथा रौतहट क्षेत्र नं. १ बाट सघिय संसदका प्रत्यासी अजय गुप्ता नेकपा एमालेको केन्द्रिय सदस्यमा चयन...

सरसफाइमा माबि जुडिबेला प्रथम ,नगद ३५ हजार सहित पुरस्कृत

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. २ मा रहेको माबि जुडिबेला खानेपानी तथा सरसफाइ क्षेत्रमा उत्कृष्ठ अर्थात प्रथम भएको छ ।...

चन्द्रनिगाहपुर खानेपानीको निर्वाचन जेठ २७ गते हुने

चन्द्रपुर- चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था चन्द्रनिगाहपुरको निर्वाचन आउदो जेठ २७ गते हुने भएको छ । जेठ २७ गते हुने निर्वाचनको...

यसै बर्ष भित्र रेडक्रस चन्द्रनिगाहपुर उपशाखाको भवन बन्छ— नगर प्रमुख काफले

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय काफलेले २०८० साल भित्र नेपाल रेडक्रस सोसाईटी चन्द्रनिगाहपुर उपशाखाको भवन बन्ने बताउनुभएको छ । गणतन्त्र...

जन ज्योति बहुमुखी क्यामपसको अध्यक्षमा कार्की सहितको टिम र्निबिरोध

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ६ मा रहेको जन ज्योति बहुमुखी क्याम्पस ब्यबस्थापन समितिको अध्यक्षमा संजय कार्कीको सहितको टिम सर्वसहमत चयन...

चन्द्रपुर – निर्वाचन आउन करिब १६ दिन बाकी रहदा समेत रौतहटका म्यादी प्रहरीले अझै पनि ड्रेस पाउन सकेका छैनन । आउदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको लागि खटिएका म्यादी प्रहरीको लागि औपचारिक पोसाक समयमा नआउँदा उनीहरु सादा पोसाकमै ड्यूटी गरिरहेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार निर्वाचन सुरक्षाको लागि रौतहट जिल्लामा २ हजार ९३९ म्यादी प्रहरी खटाइएको छ ।
शारीरिक तन्दुरुस्ती, लिखित, मौखिक लगायतका परीक्षा उतिर्ण गरेकाहरुलाई सामान्य तालिम पश्चात असोज ३० गतेदेखि ड्युटिमा खटाइएको छ । तर, म्यादी प्रहरीले लगाउने पोसाक नहुँदा जिल्लाका अधिकासं म्यादी प्रहरीहरु सादा पोसाकमै ड्यूटी गरिरहेका छन् । गत स्थानिय तहको निर्वाचनमा खटिएका म्यादी प्रहरी भने पुरानै पोसाकमा ड्यूटी गरिरहेका छन् ।
सादा पोसाकमा हातमा लौरो बोकेर विभिन्न स्थानहरुमा ड्यूटी गरेका म्यादी प्रहरीहरुलाई देखेर स्थानिय झुक्किने गरेका छन् । हातमा लौरो घुमाउँदै ८–१० जनाको समूह गाउँ, टोल, चोक, बजार घुम्दा म्यादी प्रहरी भन्दा पनि लठैतको समूह जस्तो देखिने स्थानिय जितेन्द्र साह बताउँछन् ।
‘हातमा लौरो बोकेर भैंसी चराउन बसेकाहरु पनि म्यादीनै हुन् कि भनेर म आफै धेरै पटक भुक्किएको छुँ’ उनले भने, ‘जिल्ला प्रहरी कार्यालयले यथासक्य चाँडो उनीहरुलाई पोसाकको व्यवस्था गर्नुपर्छ । नभए सादा पोसाकमा ड्युटि खटाउने काम बन्द गर्नुपर्छ ।’
एउटै उमेर समुहका युवायुवती हातमा लौरो बोकेर हिड्दा म्यादी प्रहरीनै हो भनेर नचिन्दा समस्या देखा पर्ने गरेको स्थानियको अनुभव छ । हातमा लौरो बोकेर हिडेकाहरुलाई म्यादीनै हुन भन्ने नजिर स्थापना गर्न प्रहरी तल्लिन रहेको स्थानीयको बुझाइ छ । म्यादी पोसाक नभएर सादा पोसासका ड्यूटी गर्नुपर्दा आफुहरुलाई पनि असहज भइरहेको एक म्यादी प्रहरीले गुनासो गरे ।
आफूहरुले पटक पटक पोसाकको बारेमा प्रहरी अधिकारीहरुलाई भन्दा भोलि–भोलि भनेर टार्ने गरेको उनीहरुको भनाइ छ । पोसाकमा ड्यूटी गर्दा औपचारिकता देखिने भएपनि अहिलेसम्म पोसाकको व्यवस्था किन नभएको आफूहरुले बुझ्न नसकेको उनीहरुको भनाइ छ ।
यता जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख विर बहादुर बुढा भने अब २÷३ दिनमा सबै म्यादी प्रहरीलाई पोसाकको व्यवस्था हुने दावी गर्छन् । उनले केही कारणवश म्यादी प्रहरीहरुको पोसाक आउन ढिलो भएको भन्दै चाँडोभन्दा चाँडो यो समस्या समाधान हुने विश्वास व्यक्त गरे ।
एक प्रहरी अधिकारीका अनुसार म्यादी पोसाक उपलब्ध गराउने ठेकेदारले ढिला उपलब्ध गराएकाले म्यादी प्रहरी पोसाक पाउन ढिला भएको हो । जिल्लाका प्रहरी अधिकारीहरुको लापरवाही र ढिलासुस्तीका कारण समयमै म्यादी प्रहरीको लागि पोसाक आउन नसकेको स्थानियको बुझाइ छ ।
नेपाल प्रहरीले ड्यूटीमा जानुअघिनै म्यादी प्रहरीहरुलाई पोसाकको व्यवस्था हुनुपर्नेमा १५ दिन बढि बितिसक्दा पनि व्यवस्था गर्न नसक्नु लाजैमर्दो भएको स्थानियको भनाइ छ । सादा पोसाकमा लौरो बोकेर गाउँघर डुलिरहेकाहरु म्यादी हुन कि अन्य हुन पहिचान गर्न सर्वसाधरणलाई सकस भइरहेको छ ।

लोकप्रिय

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

उपप्रमुख रामले मागेको ३ करोड नदिदा झुठा आरोप लगाउदै गलत प्रचार — नगर प्रमुख कुर्मी

चन्द्रपुर - रौतहट जिल्लाको बृदाबन नगर पालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मीले नगर उपप्रमुखले आर्थिक लाभ लिने उदेश्यले गलत आरोप लगाउने गरेको...

बागमती नपाको डाबरीका करिब ५ सय जना माओबादी परित्याग गरी एमालेमा प्रवेश

सर्लाही - विभिन्न पार्टी छोडेर नेकपा एमालेमा प्रवेश गर्ने लहर देखिएपछि सर्लाहीमा नेकपा एमाले उत्साहित देखिएको छ । खासगरी निर्वाचन क्षेत्र ३...

Related Articles

गौरका पुर्व मेयर गुप्ता एमालेको केन्द्रिय सदस्यमा मनोनित

चन्द्रपुर - गौर नगरपालिकाका पुर्व मेयर तथा रौतहट क्षेत्र नं. १ बाट सघिय संसदका प्रत्यासी अजय गुप्ता नेकपा एमालेको केन्द्रिय सदस्यमा चयन...

सरसफाइमा माबि जुडिबेला प्रथम ,नगद ३५ हजार सहित पुरस्कृत

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. २ मा रहेको माबि जुडिबेला खानेपानी तथा सरसफाइ क्षेत्रमा उत्कृष्ठ अर्थात प्रथम भएको छ ।...

चन्द्रनिगाहपुर खानेपानीको निर्वाचन जेठ २७ गते हुने

चन्द्रपुर- चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था चन्द्रनिगाहपुरको निर्वाचन आउदो जेठ २७ गते हुने भएको छ । जेठ २७ गते हुने निर्वाचनको...