Monday, June 5, 2023

चुनाबको मौकामा बकैया नदीबाट नदीजन्य पदार्थको दोहोन

ताजा / भरखरै प्राप्त

गौरका पुर्व मेयर गुप्ता एमालेको केन्द्रिय सदस्यमा मनोनित

चन्द्रपुर - गौर नगरपालिकाका पुर्व मेयर तथा रौतहट क्षेत्र नं. १ बाट सघिय संसदका प्रत्यासी अजय गुप्ता नेकपा एमालेको केन्द्रिय सदस्यमा चयन...

सरसफाइमा माबि जुडिबेला प्रथम ,नगद ३५ हजार सहित पुरस्कृत

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. २ मा रहेको माबि जुडिबेला खानेपानी तथा सरसफाइ क्षेत्रमा उत्कृष्ठ अर्थात प्रथम भएको छ ।...

चन्द्रनिगाहपुर खानेपानीको निर्वाचन जेठ २७ गते हुने

चन्द्रपुर- चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था चन्द्रनिगाहपुरको निर्वाचन आउदो जेठ २७ गते हुने भएको छ । जेठ २७ गते हुने निर्वाचनको...

यसै बर्ष भित्र रेडक्रस चन्द्रनिगाहपुर उपशाखाको भवन बन्छ— नगर प्रमुख काफले

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय काफलेले २०८० साल भित्र नेपाल रेडक्रस सोसाईटी चन्द्रनिगाहपुर उपशाखाको भवन बन्ने बताउनुभएको छ । गणतन्त्र...

जन ज्योति बहुमुखी क्यामपसको अध्यक्षमा कार्की सहितको टिम र्निबिरोध

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ६ मा रहेको जन ज्योति बहुमुखी क्याम्पस ब्यबस्थापन समितिको अध्यक्षमा संजय कार्कीको सहितको टिम सर्वसहमत चयन...

चन्द्रपुर – निर्वाचनमा सबैको ध्यान गएको अबस्थामा रौतहटको लालबकैया खोलाबाट नदीजन्य पदार्थको ब्यापक रुपमा दोहन भइरहेको छ । जिल्लाको गरुडा नगरपालिका वडा नम्बर ६ को निवासी रामबाबु चौधरीले नदीजन्य पदार्थको ब्यापक दोहन गरिरहेका तथ्य बाहिर आएको छ । चौधरीले प्रत्येक दिन दर्जनौं ट्याक्टर खोलामा लगाइ निरन्तर नदीजन्य पदार्थको ब्यापक दोहन गरिरहेको प्रमाण बाहिर आएको छ । ना ६ त ७६६७,ना ६ त ८८३१,ना ५ त १७१०,ना ७ त ७९८८ नम्बरको ट्याक्टरमा दैनिकी नदीजन्य पदार्थको दोहन भइरहेको पाइएको छ । सो ट्याक्टरहरु चौधरीको मातहतको रहेको प्रहरीले जनाएको छ । जिल्लाको मौलापुर र देवाही गोनाही नगरपालिकाको सिमाना भएर बग्ने लालबकैया खोलाबाट सम्झौता विपरित चौधरीले प्रत्येक दिन दर्जनौं ट्याकटर प्रयोग गरी दादागिरी शैलीमा गिट्टी वालुवा उत्खनन् गरिरहेका स्थानियवासीले बताउने गरेका छन् । मौलापुर र देवाही गोनाही नगरपालिका जोड्ने लालबकैयाको पुल नजिक अबैध रुपमा नदीजन्य पदार्थहरु उत्खनन गरिरहेको पाइएको छ। पुलको उत्तरबाट अत्यन्त गहिरो खाडल बनाएर बालुवा निकालिरहेको पाइएको छ। सो उत्खन्न गर्न ईलाका प्रहरी कार्यालय देवाही गोनाहीले अवरोध समेत गरे पनि शक्तिको आडमा बालुवा तस्करी गर्न मानेको छैन्। प्रहरीको अवरोध पछि केही दिन उत्खनन् रोकिएको भएपनि राजनीतिको आडमा पुनः अबैध दोहन सुरु गरेको छ । यस विषयबारे गरुडा नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष रामबाबु चौधरीसँग बुझ्दा हाम्रै गाउँको अर्को रामबाबु चौधरी रहेको बताएका छन्। चौधरीले आफ्नो घर पुर्न माटो सहितको बालुवा उत्खनन गरिरहेको बताएका छन्। जबकि त्यो सत्य होइन्। बालुवा उत्खनन गर्न पल्केका चौधरी निरन्तर यो कार्य गरिरहेको स्थानीयहरु बताउँछन्। जुन जोगी आएपनि कानै चिरेका भने झैँ रौतहटका स्थानीय तहमा जुन सरकार र जिल्ला समन्वय समिति देखि प्रहरी प्रशासनमा जुन नेतृत्व आएपनि रौतहटका नदीको अवैध दोहन र नदीजन्य पदार्थको अवैध भन्डारण नियन्त्रण हुन सकेको छैन। रौतहटको कुन नदीबाट वर्षेनी कति नदीजन्य पदार्थको उत्खनन हुनुपर्ने हो र कति भइरहेको छ भन्ने कुराको निगरानी कहिल्यै कतैबाट हुन सकेको छैन। बकैया नदीबाट वडा अध्यक्ष चौधरीले अनियन्त्रित रुपमा नदीजन्य पदार्थको दोहन गर्ने गरेको छ। जिल्लामा हुने विकास निर्माणको लागि तत्काल नदीबाट सोझै निर्माणस्थलमा नदीजन्य पदार्थको ढुवानी हुने गरेको छ भने जिल्लाको विभिन्न ठाउँमा अवैध भन्डारण पनि हुने गरेको छ। जिल्ला समन्वय समितिले नदीजन्य पदार्थको भन्डारण गर्नको लागिअनुमति नदिँदा पनि हजारौँ घनमिटर अवैध भन्डारण गरी केही मानिसले अकुत सम्पत्ति आर्जन गर्न थालेका छन्। भन्डारणको लागि अनुमतिन लिने र स्टक प्रमाणित नगराउने जस्तो पूर्णतयाअवैध काम जिल्लामा भइरहँदा खोज्ने निकायहरु भने पूर्णतया मौन बनेका छन्। अवैध भन्डारण गर्नेहरुले नदीजन्य पदार्थको दोहन गराउनअवैध रुपमा नदीमै डोजर लग्ने गरेका छन्। दिन र रात निरन्तर उत्खनन गर्दा पनि सम्बन्धित निकाय मौन रहने गरेका छन्। अवैध भन्डारण नियन्त्रण गर्ने निकायहरु अचम्भित पार्ने गरी मौन बस्दा चुरे क्षेत्र निरन्तर खतरामा पर्दै गएको र पानी पर्न छोड्नुका साथै सुख्खा हुँदै गएर यस क्षेत्रको मरुभूमिकरण भइरहेको तर्फ वातावरणविद्को ध्यान जरुरी भएको जिल्लाबासी बताउँछन्। नदीको अवैध दोहन गर्ने र नदीजन्य पदार्थको अवैध भन्डारण गर्ने कामको विरोध सर्वसाधारणको क्षमताभन्दा धेरैमाथिको भएकोले स्थानीयबासी चुँसम्म बोल्न पनि डराउँछन्।

लोकप्रिय

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

उपप्रमुख रामले मागेको ३ करोड नदिदा झुठा आरोप लगाउदै गलत प्रचार — नगर प्रमुख कुर्मी

चन्द्रपुर - रौतहट जिल्लाको बृदाबन नगर पालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मीले नगर उपप्रमुखले आर्थिक लाभ लिने उदेश्यले गलत आरोप लगाउने गरेको...

बागमती नपाको डाबरीका करिब ५ सय जना माओबादी परित्याग गरी एमालेमा प्रवेश

सर्लाही - विभिन्न पार्टी छोडेर नेकपा एमालेमा प्रवेश गर्ने लहर देखिएपछि सर्लाहीमा नेकपा एमाले उत्साहित देखिएको छ । खासगरी निर्वाचन क्षेत्र ३...

Related Articles

गौरका पुर्व मेयर गुप्ता एमालेको केन्द्रिय सदस्यमा मनोनित

चन्द्रपुर - गौर नगरपालिकाका पुर्व मेयर तथा रौतहट क्षेत्र नं. १ बाट सघिय संसदका प्रत्यासी अजय गुप्ता नेकपा एमालेको केन्द्रिय सदस्यमा चयन...

सरसफाइमा माबि जुडिबेला प्रथम ,नगद ३५ हजार सहित पुरस्कृत

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. २ मा रहेको माबि जुडिबेला खानेपानी तथा सरसफाइ क्षेत्रमा उत्कृष्ठ अर्थात प्रथम भएको छ ।...

चन्द्रनिगाहपुर खानेपानीको निर्वाचन जेठ २७ गते हुने

चन्द्रपुर- चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था चन्द्रनिगाहपुरको निर्वाचन आउदो जेठ २७ गते हुने भएको छ । जेठ २७ गते हुने निर्वाचनको...