Monday, June 5, 2023

रौतहटका ९८ जना कैदीबन्दीले मतदान गर्न पाउने

ताजा / भरखरै प्राप्त

गौरका पुर्व मेयर गुप्ता एमालेको केन्द्रिय सदस्यमा मनोनित

चन्द्रपुर - गौर नगरपालिकाका पुर्व मेयर तथा रौतहट क्षेत्र नं. १ बाट सघिय संसदका प्रत्यासी अजय गुप्ता नेकपा एमालेको केन्द्रिय सदस्यमा चयन...

सरसफाइमा माबि जुडिबेला प्रथम ,नगद ३५ हजार सहित पुरस्कृत

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. २ मा रहेको माबि जुडिबेला खानेपानी तथा सरसफाइ क्षेत्रमा उत्कृष्ठ अर्थात प्रथम भएको छ ।...

चन्द्रनिगाहपुर खानेपानीको निर्वाचन जेठ २७ गते हुने

चन्द्रपुर- चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था चन्द्रनिगाहपुरको निर्वाचन आउदो जेठ २७ गते हुने भएको छ । जेठ २७ गते हुने निर्वाचनको...

यसै बर्ष भित्र रेडक्रस चन्द्रनिगाहपुर उपशाखाको भवन बन्छ— नगर प्रमुख काफले

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय काफलेले २०८० साल भित्र नेपाल रेडक्रस सोसाईटी चन्द्रनिगाहपुर उपशाखाको भवन बन्ने बताउनुभएको छ । गणतन्त्र...

जन ज्योति बहुमुखी क्यामपसको अध्यक्षमा कार्की सहितको टिम र्निबिरोध

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ६ मा रहेको जन ज्योति बहुमुखी क्याम्पस ब्यबस्थापन समितिको अध्यक्षमा संजय कार्कीको सहितको टिम सर्वसहमत चयन...

गौर÷आउदो मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको लागी जिल्ला कारागार कार्यालय रौतहटमा कैदी बन्दी जीवन विताइरहेका मध्ये ९८ जनाले निर्वाचनमा मतदान गर्ने भएका छन । आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि कैदी बन्दीले पनि मतदान गर्न पाउने भनेपछि जिल्ला कारागार कार्यालय र जिल्ला प्रहरी कार्यालयमा रहेका ९८ जना कैदी बन्दीले मतदान गर्ने भएका छन । जिल्ला निर्वाचन कार्यालय रौतहटका निर्वाचन अधिकारी छोटेलाल दासका अनुसार पहिलो पटक कैदी बन्दीलाई मतदान गर्ने व्यवस्था गरिएको बताए । स्थानीय तहको निर्वाचनमा निर्वाचन आयोगले यस्तो व्यवस्था गरेको थिएन । मतदाता नामावलीमा नाम भएकाले समानुपातिक तर्पm मतदान गर्ने उनले बताए । नेपाली सेनामा रहेका करीव २ सय भन्दा बढ़ी जवानले मतदान गर्ने अधिकारी दासले जनाए । जिल्लामा २ सय ७६ मतदान स्थल कायम गरिएको छ । ५ सय २३ मतदान केन्द्र तथा २ वटा अस्थाइ मतदान केन्द्र गरी ५ सय २५ मतदान केन्द्र रहेको छ । जिल्ला कारागार कार्यालय र जिल्ला प्रहरी कार्यालयमा अलग अलग मतदान केन्द्र स्थापना गरिने र त्यसको लागि छुट्टै मतदान अधिकृत नियुक्ति गरिएको दासले बताए । दासका अनुसार पहिलो नम्बरमा प्रत्यक्ष तर्फको रातो रंगको मतपत्र दिइने छ भने दोस्रो नम्बरमा प्रतिनिधि सभातर्फको सेतो कालो रंगको समानुपातिकको मतपत्र दिइने छन् । प्रदेशसभा तर्फको प्रत्यक्षको लागि ३ नम्बर र समानुपातिकका लागि ४ नम्बर मत पेटिका प्रयोग गर्न सकिने गरी मतदान केन्द्रमा व्यवस्था गरिएको छ । निर्वाचनका लागि ४ हजार १ सय ८४ जना कर्मचारी खटिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । रौतहटमा ४ लाख १५ हजार ४ सय ५५ मतदाता रहेका छन । १ जना तेस्रो लिंगीको संख्या रहेको छ ।

लोकप्रिय

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

उपप्रमुख रामले मागेको ३ करोड नदिदा झुठा आरोप लगाउदै गलत प्रचार — नगर प्रमुख कुर्मी

चन्द्रपुर - रौतहट जिल्लाको बृदाबन नगर पालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मीले नगर उपप्रमुखले आर्थिक लाभ लिने उदेश्यले गलत आरोप लगाउने गरेको...

बागमती नपाको डाबरीका करिब ५ सय जना माओबादी परित्याग गरी एमालेमा प्रवेश

सर्लाही - विभिन्न पार्टी छोडेर नेकपा एमालेमा प्रवेश गर्ने लहर देखिएपछि सर्लाहीमा नेकपा एमाले उत्साहित देखिएको छ । खासगरी निर्वाचन क्षेत्र ३...

Related Articles