Monday, June 5, 2023

रौतहटमा आचार संहिता ब्यापक रुपमा उल्लंघन

ताजा / भरखरै प्राप्त

गौरका पुर्व मेयर गुप्ता एमालेको केन्द्रिय सदस्यमा मनोनित

चन्द्रपुर - गौर नगरपालिकाका पुर्व मेयर तथा रौतहट क्षेत्र नं. १ बाट सघिय संसदका प्रत्यासी अजय गुप्ता नेकपा एमालेको केन्द्रिय सदस्यमा चयन...

सरसफाइमा माबि जुडिबेला प्रथम ,नगद ३५ हजार सहित पुरस्कृत

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. २ मा रहेको माबि जुडिबेला खानेपानी तथा सरसफाइ क्षेत्रमा उत्कृष्ठ अर्थात प्रथम भएको छ ।...

चन्द्रनिगाहपुर खानेपानीको निर्वाचन जेठ २७ गते हुने

चन्द्रपुर- चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था चन्द्रनिगाहपुरको निर्वाचन आउदो जेठ २७ गते हुने भएको छ । जेठ २७ गते हुने निर्वाचनको...

यसै बर्ष भित्र रेडक्रस चन्द्रनिगाहपुर उपशाखाको भवन बन्छ— नगर प्रमुख काफले

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय काफलेले २०८० साल भित्र नेपाल रेडक्रस सोसाईटी चन्द्रनिगाहपुर उपशाखाको भवन बन्ने बताउनुभएको छ । गणतन्त्र...

जन ज्योति बहुमुखी क्यामपसको अध्यक्षमा कार्की सहितको टिम र्निबिरोध

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ६ मा रहेको जन ज्योति बहुमुखी क्याम्पस ब्यबस्थापन समितिको अध्यक्षमा संजय कार्कीको सहितको टिम सर्वसहमत चयन...

चन्द्रपुर-आउदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागी उठेका उमेदवारहरुले निर्वाचन आयोगको आचार संहिता भन्दा बाहिर गएर प्रचार प्रसारलाइ तिब्रता दिइरहेका छन । राजनीतिक दल र उम्मेदवारहरूबाट आचारसंहिता उल्लंघन हुने क्रम बढेपछि अनुगमन संयन्त्रले रौतहटमा सचेतना तथा अनुगमन सुरु गरिएको छ। निर्वाचन आचारसंहिता उल्लंघन हुन थालेपछि रौतहटका मुख्य निर्वाचन अधिकृत र सुरक्षा अधिकारी सहितको टोलीले जिल्लाका चारवटै क्षेत्रमा दलका प्रतिनिधिसँग छलफल सुरु गरेका हुन्। गत हप्ता क्षेत्र नं. ४ मा टोलीले दलका प्रतिनिधिहरूलाई बोलाएर निर्वाचन आचारसंहिता उल्लंघन नगर्न अनुरोध गरेका थिए। आचारसंहिता उल्लंघन गर्ने क्रम बढेको भन्दै निर्वाचन अधिकृतको कार्यालयमा उजुरी गर्नेको संख्या बढ्दो छ। रौतहटका मुख्य निर्वाचन अधिकृत मात्रिका मरासिनीले दलहरूले के गर्न हुने र के गर्न नहुने विषयमा चनाखो र सचेत हुनुपर्ने बताए।केही स्वतन्त्र उम्मेदवारहरूले साना दललाई मात्र आचारसंहिता लागू हुने तर ठूला दलले जे गरे पनि छुट हुँदै आएको गुनासो पोखे ।चुनाव प्रचारप्रसारमा ठूला ठूला आवाजमा डिजे बजाउँदा पनि सम्बन्धित निकाय मौन रहेको आरोप लाग्ने गरेको छ।प्रचारमा पार्टीको झन्डा अधिकतम १० वटा हुनुपर्ने, राष्ट्रिय झन्डा प्रयोग गर्न नपाइने, भारतीय नम्बर प्लेटको गाडी प्रयोग गर्न नपाइने, ठुल्ठुला आवाजमा डिजे बजाउन नपाइने, बालबालिकाको प्रयोग गर्न नपाउने, साम्प्रदायिक भड्किने गरी प्रचारप्रसार गर्न नपाइने, एउटा उम्मेदवारले दुई वटाभन्दा बढी सवारी प्रयोग गर्न नपाइने, ठुल्ठुला तुल ब्यानर राख्न नपाइने उल्लेख छ।चार वटै क्षेत्रमा आचारसंहिता उल्लंघन भए नभएको अनुगमन भैरहेको र उल्लंघन भएको पाइए कारवाही हुने जिल्ला निर्वाचन कार्यलय रौतहटका प्रमुख छोटेलाल दासले बताए। जिल्लामा प्रतिनिधिसभा तथा प्रदेशसभा गरी २ सय ७ जना उम्मेद्वार प्रतिस्पर्धामा छन्। यस बर्षको निर्वाचनमा स्वतन्त्र उमेदवारहरु पनि जित हासिल गर्न सक्रिय भएर लागी परेका छन ।

लोकप्रिय

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

उपप्रमुख रामले मागेको ३ करोड नदिदा झुठा आरोप लगाउदै गलत प्रचार — नगर प्रमुख कुर्मी

चन्द्रपुर - रौतहट जिल्लाको बृदाबन नगर पालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मीले नगर उपप्रमुखले आर्थिक लाभ लिने उदेश्यले गलत आरोप लगाउने गरेको...

बागमती नपाको डाबरीका करिब ५ सय जना माओबादी परित्याग गरी एमालेमा प्रवेश

सर्लाही - विभिन्न पार्टी छोडेर नेकपा एमालेमा प्रवेश गर्ने लहर देखिएपछि सर्लाहीमा नेकपा एमाले उत्साहित देखिएको छ । खासगरी निर्वाचन क्षेत्र ३...

Related Articles

गौरका पुर्व मेयर गुप्ता एमालेको केन्द्रिय सदस्यमा मनोनित

चन्द्रपुर - गौर नगरपालिकाका पुर्व मेयर तथा रौतहट क्षेत्र नं. १ बाट सघिय संसदका प्रत्यासी अजय गुप्ता नेकपा एमालेको केन्द्रिय सदस्यमा चयन...

सरसफाइमा माबि जुडिबेला प्रथम ,नगद ३५ हजार सहित पुरस्कृत

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. २ मा रहेको माबि जुडिबेला खानेपानी तथा सरसफाइ क्षेत्रमा उत्कृष्ठ अर्थात प्रथम भएको छ ।...

चन्द्रनिगाहपुर खानेपानीको निर्वाचन जेठ २७ गते हुने

चन्द्रपुर- चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था चन्द्रनिगाहपुरको निर्वाचन आउदो जेठ २७ गते हुने भएको छ । जेठ २७ गते हुने निर्वाचनको...