चन्द्रपुर – रौतहट क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य उमेदवार उद्धब रेग्मी र क का प्रदेश सभा सदस्य उमेदवार अखिलेश्वर चौधरीलाइ जिताउने अभियानमा नेकपा एमालेको भातृ संगठन लोकतान्त्रीक आदीबासी जनजाती महासंघका नेताहरु टोलटोलमा पुगेका छन । महासंघका केन्द्रिय सदस्य यमलाल गोलेको संयोजकत्वमा टोली क्षेत्र नम्बर ४ को क क्षेत्रको सम्पुर्ण वाड र ख प्रदेश क्षेत्रको बिभिन्न वाडका टोलटोलमा पुगेको छ । किसानको नेताको रुप परिचित नेकपा एमालेका नेता तथा प्रतिनिधि सभा सदस्य उद्धब रेग्मी र प्रदेश सभा सदस्य उमेदवार अखिलेश्वर चौधरीलाइ कुनै पनि हालतमा यो निर्वाचनमा जिताउने उदेश्य टोली परिचालन भएको संयोजक यमलाल गोलेले जानकारी दिए । जनताले परिर्वतन चाहिरेको अबस्थामा आफनो उमेदवारलाइ जिताउन आम मतदाताहरुलाइ जानकारी गराउने उदेश्यले टोलटोलमा पुगेको गोलेले बताए ।
महासंघको टोली चन्द्रपुर नगरपालिकाको वाड नंं ३ को भोलनटार,गैडाटार,वाड नम्बर २ को खरियान डाडा,फुलवारी,हिलेखोला,वाड नं. १ को पौराइ,बागमती,मंगलपुरका टोलटोल पुगेर मतदाताहरुलाइ भेटेको महासंघका मधेश प्रदेश कमिटिका सचिब नरेन्द्र रानाले जानकारी दिए ।
यस्तै चन्द्रपुर वाड नं. ४ को टेकान,जंगलटोल लगायतका टोलहरु,वाड नम्बर ५ को चिडियादह,राजपेडा लागायतका टोलहरु,वाड नम्बर ६ को बजार,डाबरी लगायतका टोलहरु पुगेर मतदाताहरु संग भेटेको रानाले बताए ।
यसैगरी चन्द्रपुरको ७,८,९ र १० वाडका टोलहरु,बृन्दावन नगरपालिकाको वाड नं. १,२ र ३ वाडका बिभिन्न टोलहरुमा भेला भएर मतदाताहरु संग भलाकुसारी गरेको सचिब रानाले जानकारी दिए । आम मतदाताहरु संग भेटदा जनताले परिर्वतन खोजको सचिब रानाले बताएका छन ।
टोलीमा महासंघका केन्द्रिय सदस्य खडग बहादुर बम्जन,प्रमोद चौधरी,बिर बहादुर गोले,राम बहादुर घलान, चन्द्रपुर नगरपालिकाको उप प्रमुख प्रत्यासी मुना लामिछाने मगर, नेताहरु राजु धामी,खडग कुश्वार,बाल कुमार लामा, सुकेन्द्र गोले,हिमाल वाइवा,काजिमान श्रेष्ठ,आत्माराम राना,डोल बहादुर ठाडा,भुनेश्वर गुरो लगायतका नेताहरुको सहभागिता रहको सचिब रानाले जानकारी दिए ।