चन्द्रपुर – नेकपा माओबादी केन्द्रबाट रौतहट क्षेत्र नम्बर ३ को प्रतिनिधि सभाका उमेदवारी कबिन्द्र पटेल(धिरज) र सोही पार्टीका प्रदेश समिति सदस्य बिन्देश्वर यादब कार्वाहीमा परेका छन । सत्ता गठबन्धनले रौतहट क्षेत्र नम्बर ३ मा स्वतन्त्र उमेदवार प्रभु साहलाइ समर्थन गरेको अबस्थामा संघिय संसदका उमेदवार पटेलले उमेदवारी फिर्ता नलिएको र नेता यादबले गठबन्धनको निर्णय भन्दा बाहिर गएर स्वतन्त्र उमेदवार ओम प्रकाश जयसवाललाइ सर्मथन गरेको भन्दै उनीहरुलाइ कार्वाही गरिएको हो ।
मंगलबार सो पार्टीका मधेश प्रदेश इन्चार्ज गणेश साहद्धारा हस्ताक्षरित पत्र मार्फत उनीहरुलाइ पार्टीको साधरण सदस्यमा समेत नरहने गरी कार्वाही गरेको जनाइएको छ । पार्टीको निर्णय भन्दा बाहिर गएर गतिबिधि गरेको कारण दुबै जनालाइ कार्वाही गरेको नेकपा माओबादी केन्द्र रौतहट जिल्ला समन्वय समितिका संयोजक देबेन्द्र पटेलले जानकारी दिए । माओबादीबाट चुनाब चिन्ह समेत पाइसकेका पटेललाइ नेकपा माओबादी केन्द्रले पटक पटक उमेदवारी फिर्ता लिन भन्दै आएको थियो । पटेल अहिले माओबादी केन्द्रको चुनाब चिन्हबाट नै ब्यापक प्रचार प्रसारमा लागी परेका छन ।