चन्द्रपुर – जिल्ला प्रशासन कार्यालय रौतहटले आज देखी जिल्लामा मदिरा बिक्रि बितरण तथा ओसार पसारमा रोक लगाउने भएको छ । जिल्ला सुरक्षा समितिको बैठकबाट आज देखी निर्वाचनको मत परिणाम नआँउनजेल सम्मका लागि मदिरा बिक्रि बितरण तथा ओसार पसारमा रोक लगाउने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय रौतहटका शाखा अधिकृत मणीभुषण साहले सुचना प्रकाशन गर्दे निर्वाचनलाई भय रहित र सुरक्षित बनाउनका लागि यस्तो निर्णय गरेको बताएका हुन । तर बजारमा निर्वाध रुपमा मदिरा बिक्रि बितरण भइरहेको छ ।