Monday, June 5, 2023

ब्यापक जनसहभागिताका साथ गैडाटारमा एमालेको घरदैलो कार्यक्रम सम्पन्न

ताजा / भरखरै प्राप्त

गौरका पुर्व मेयर गुप्ता एमालेको केन्द्रिय सदस्यमा मनोनित

चन्द्रपुर - गौर नगरपालिकाका पुर्व मेयर तथा रौतहट क्षेत्र नं. १ बाट सघिय संसदका प्रत्यासी अजय गुप्ता नेकपा एमालेको केन्द्रिय सदस्यमा चयन...

सरसफाइमा माबि जुडिबेला प्रथम ,नगद ३५ हजार सहित पुरस्कृत

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. २ मा रहेको माबि जुडिबेला खानेपानी तथा सरसफाइ क्षेत्रमा उत्कृष्ठ अर्थात प्रथम भएको छ ।...

चन्द्रनिगाहपुर खानेपानीको निर्वाचन जेठ २७ गते हुने

चन्द्रपुर- चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था चन्द्रनिगाहपुरको निर्वाचन आउदो जेठ २७ गते हुने भएको छ । जेठ २७ गते हुने निर्वाचनको...

यसै बर्ष भित्र रेडक्रस चन्द्रनिगाहपुर उपशाखाको भवन बन्छ— नगर प्रमुख काफले

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय काफलेले २०८० साल भित्र नेपाल रेडक्रस सोसाईटी चन्द्रनिगाहपुर उपशाखाको भवन बन्ने बताउनुभएको छ । गणतन्त्र...

जन ज्योति बहुमुखी क्यामपसको अध्यक्षमा कार्की सहितको टिम र्निबिरोध

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ६ मा रहेको जन ज्योति बहुमुखी क्याम्पस ब्यबस्थापन समितिको अध्यक्षमा संजय कार्कीको सहितको टिम सर्वसहमत चयन...

चन्द्रपुर – नेकपा एमालेले चन्द्रपुर नगरपालिका वाड नं. ३ गैडाटारमा ब्यापक जनसहभागिता सहित सोमबार सो क्षेत्रको घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । रौतहट क्षेत्र नम्बर ४ को प्रतिनिधि सभा सदस्यका लागी उमेदवार उद्धब प्रसाद रेग्मी र क प्रदेश सभा सदस्य उमेदवार अखिलेश्वर चौधरी सहितको टोलीले घरदैलो कार्यक्रम सम्पन्न गरेको हो । घरदैलोमा ब्यापक जनसहभागिताले थप उत्साहीत बनाएको प्रतिनिधि सभा सदस्य उमेदवार उद्धब प्रसाद रेग्मीले बताए । अब एकपटक जिताएर जनताले पठाए जनताले नसोचेको काम आफुबाट हुने समेत रेग्मीको भनाइ रहेको छ । जनताको धेरै समाजिक आवश्यकताहरु छन ति आवश्यकताहरुको माग पुरा गर्न नेकपा एमालेलाइ जिताएर देखाउनु पर्ने बेला आएको उमेदवार रेग्मीले बताएका छन । जनताको माग ब्यतिगत छैनन सबै समाजिक छन र ति मागहरु पुरा गर्ने खालका भएको हुदा आफु निर्वाचित भएपछि सम्बोधन गरेर नै छाडने समेत उनले बताए । यस्तै प्रदेश सभा सदस्य उमेदवार अखिलेश्वर चौधरीले एमालेको जितमा कुनै शंका नभएको समेत बताएका छन । एमाले प्रति बढदो जनलहरले गठबन्धन आत्तिसकेको समेत चौधरीले बताए । आफुले जितेपछि प्रदेश सरकारमा हुने नितिगत भ्रष्ट्रचारको निर्मुल पार्नु नै मुख्य लक्ष्य भएको उनको भनाइ रहेको छ ।
घरदैलो कार्यक्रममा नेकपा एमालेकी मधेश प्रदेश उप सचिब आरती भण्डारीले मधेश प्रदेश मै नेकपा एमालेको सबैभन्दा बढी सिटमा बिजयी हुने बताएकी छिन ।
घरदैलो कार्यक्रममा नेकपा एमालेका चन्द्रपुर नगर कमिटि अध्यक्ष शिव आचार्य एमाले नेता राजु धामी लगायत पार्टीका बिभिन्न तह तप्काका नेताहरु तथा कार्यकर्ताहरुको ब्यापक जनसहभागिता रहेको युवा परिचालन कमिटिका संयोजक देबराज न्यौपानेले जानकारी दिएका छन । एमालेको हरेक घरदैलो अभियानमा स्थानिय गाउटोल कै मतदातहरु स्वत स्र्फुत रुपमा हिडने गरेको संयोजक न्यौपानेले बताए । टोलीले पुरानो टोल,प्रणामीटोल,गाछीटो, कछडिया टोल लगायतको घरदैलो गरेको थियो ।
मंगलबार चन्द्रपुर नगरपालिकाको वाड नं. ४ को घरदैलो कार्यक्रम रहेको नेकपा एमाले वाड कमिटि अध्यक्ष डोल बहादुर मगरले जानकारी दिएका छन ।

लोकप्रिय

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

उपप्रमुख रामले मागेको ३ करोड नदिदा झुठा आरोप लगाउदै गलत प्रचार — नगर प्रमुख कुर्मी

चन्द्रपुर - रौतहट जिल्लाको बृदाबन नगर पालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मीले नगर उपप्रमुखले आर्थिक लाभ लिने उदेश्यले गलत आरोप लगाउने गरेको...

बागमती नपाको डाबरीका करिब ५ सय जना माओबादी परित्याग गरी एमालेमा प्रवेश

सर्लाही - विभिन्न पार्टी छोडेर नेकपा एमालेमा प्रवेश गर्ने लहर देखिएपछि सर्लाहीमा नेकपा एमाले उत्साहित देखिएको छ । खासगरी निर्वाचन क्षेत्र ३...

Related Articles

गौरका पुर्व मेयर गुप्ता एमालेको केन्द्रिय सदस्यमा मनोनित

चन्द्रपुर - गौर नगरपालिकाका पुर्व मेयर तथा रौतहट क्षेत्र नं. १ बाट सघिय संसदका प्रत्यासी अजय गुप्ता नेकपा एमालेको केन्द्रिय सदस्यमा चयन...

सरसफाइमा माबि जुडिबेला प्रथम ,नगद ३५ हजार सहित पुरस्कृत

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. २ मा रहेको माबि जुडिबेला खानेपानी तथा सरसफाइ क्षेत्रमा उत्कृष्ठ अर्थात प्रथम भएको छ ।...

चन्द्रनिगाहपुर खानेपानीको निर्वाचन जेठ २७ गते हुने

चन्द्रपुर- चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था चन्द्रनिगाहपुरको निर्वाचन आउदो जेठ २७ गते हुने भएको छ । जेठ २७ गते हुने निर्वाचनको...