चन्द्रपुर – प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको निर्वाचन मिति नजिकदै जादा रौतहटको चन्द्रपुर नगर क्षेत्रको बिभिन्न टोल टोलमा नेकपा एमालेमा प्रवेश गर्नेको लहर चलेको छ । २ दिन यता चन्द्रपुर नगरपालिका वाड नं. १ को जरुवा,वाड नंं २ को फुलवारी,वाड नं. ३ को गैडाटार,वाड नंं ५ को पुर्वटोल,वाड नं. ७ को नया बस्ती,वाड नं. १० को बालचनपुर र बलुवाटोल र बृन्दावन नगरपालिकाको वाड नं. १ बलरीमा बिभिन्न पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेको खबर प्राप्त भएको छ ।
बुधबार क्षेत्र नम्बर ४ को चन्द्रपुुर नगरपालिका वडा नम्बर २ फुलबारीमा माओवादी केन्द्र परित्याग गर्दै ४० जना एमालेमा प्रवेश गरेका छन ।
स्थानिय हर्क बहादुर सिंजाली, विजय इस्माइली, एलिजा जिम्बा , असलिमाया घिसिङ, विजय लामा, काजिमान मोक्तान, राम बहादुर स्याङताङ, दमाइ सिंह वाइवा, भगवती सेढाइ, सुना लो , सुकुनी देवी कुवर, सोम बहादुर मोक्तान, धन बहादुर पुलामी, हेम बहादुर बुढाथोकी, सुरेन्द्र गुप्ता, सोराइ कुवर , उमा रसाइली, सुनिता जिम्बा , रिता जिम्बा, राम ब. स्याङताङ, आय बहादुर पाख्रिन लगायत ४० जना नेकपा एमालेमा प्रवेश गरेको युवा परिचालन समितिका संयोजक देबराज न्यौपानेले जानकारी दिएका छन ।
उनीहरुलाई पार्टीमा स्वागत गर्दै एमालेका रौतहट जिल्ला इन्चार्ज तथा प्रतिनिधि सभाका उम्मेद्वार उद्दव रेग्मीले खादा र अबिर लगाइ स्वागत गरेका थिए । पार्टी प्रवेश कार्यक्रममा प्रतिनिधि सभा सदस्य उमेदवार रेग्मीले राष्ट्रप्रेमी, विकास प्रेमी शक्तिहरुलाई नेकपा एमालेमा गोलबन्ध हुन अनुरोध गरेका छन । यसैगरी प्रदेश सभा सदस्य उमेदवार अखिलेश्वर चौधरीले जनताले दिएको मतलाइ खेर जान नदिनेगरी काम गरेर देखाउने बताएका छन । यस्तै प्रदेश सभा सदस्यको समानुपातिक उमेदवार आरती भण्डारीले नेकपा एमालेको जित नै जनताको जित हुने बताएकी छिन । यस्तै मंगलबार राती बृन्द्रावन नगरपालिका वाड नं. १ बलरी टोलमा माओबादी पार्टी परित्याग गरि एमालेमा प्रवेश गरेका छन । नब प्रवेशीहरुलाइ पनि रेग्मीले स्वागत गरेका थिए । एमाले प्रवेश पर्नेहरुमा राम सेवक पटेल, मदन पटेल ,राजिन्दर राय ,. बिजय पटेल, बिजय पटेल ,सम्बु पटेल जगरु पटेल लगायतका रहेको एमाले युवा नेता राजन उप्रेतीले जानकारी दिए । यसैगरी चन्द्रपुर नगरपालिका वाड नं. १० बलुवामा पनि नेपाली कांग्रेस परित्याग गरी करिब २ दर्जन भन्दा बढी नेकपा एमालेमा प्रवेश गरेको उप्रेतीले जानकारी दिए । त्यसैगरी वाड नं. ७ को नयाबस्ती र वाड नं. १० को बालचनपुरमा पनि ठुलो संख्यामा एमालेमा प्रवेश गरेको प्रतिनिधि सभा सदस्य उमेदवार रेग्मीले जानकारी दिएका छन ।