Sunday, June 11, 2023

स्थानिय मतदाता भन्छन — ह्वातै बढयो क्षेत्र नम्बर १ मा एमाले उमेदवार गुप्ताको क्रेज

ताजा / भरखरै प्राप्त

खानेपानीमा हामी गफ हैन काम गरेर देखाउछौ — अध्यक्षका उमेदवार उपाध्याय

खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था चन्द्रनिगाहपुरको जेठ २७ गते शनिबार हुन गइरहेको निर्वाचनको लागि किशोर प्रसाद उपाध्यायको नेतृत्वको प्यानल पनि चुनावी मैदानका...

गौरका पुर्व मेयर गुप्ता एमालेको केन्द्रिय सदस्यमा मनोनित

चन्द्रपुर - गौर नगरपालिकाका पुर्व मेयर तथा रौतहट क्षेत्र नं. १ बाट सघिय संसदका प्रत्यासी अजय गुप्ता नेकपा एमालेको केन्द्रिय सदस्यमा चयन...

सरसफाइमा माबि जुडिबेला प्रथम ,नगद ३५ हजार सहित पुरस्कृत

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. २ मा रहेको माबि जुडिबेला खानेपानी तथा सरसफाइ क्षेत्रमा उत्कृष्ठ अर्थात प्रथम भएको छ ।...

चन्द्रनिगाहपुर खानेपानीको निर्वाचन जेठ २७ गते हुने

चन्द्रपुर- चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था चन्द्रनिगाहपुरको निर्वाचन आउदो जेठ २७ गते हुने भएको छ । जेठ २७ गते हुने निर्वाचनको...

यसै बर्ष भित्र रेडक्रस चन्द्रनिगाहपुर उपशाखाको भवन बन्छ— नगर प्रमुख काफले

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय काफलेले २०८० साल भित्र नेपाल रेडक्रस सोसाईटी चन्द्रनिगाहपुर उपशाखाको भवन बन्ने बताउनुभएको छ । गणतन्त्र...

गौर – मुलुककै ध्यान आफू तर्फ तानिएका क्षेत्र मध्ये रौतहट १ मा नेकपा (एस) र नेकपा एमाले उम्मेदवार बीच तिव्र प्रतिष्पर्धा हुने निश्चित भएको छ ।
युवा भर्सेस बुढो उम्मेदवार बीचको प्रतिष्पर्धामा युवा उम्मेदवार नेकपा एमालेका अजयकुमार गुप्ता प्रति क्रेज बढेर गएको हो । गौर नगरपालिकाको मेयरमा पूर्ण कार्यकाल विताएर गरेको काम कत्तव्र्यलाई पुरा गराउन एवं बाँकी रहेका विकासको पुर्वाधारहरु खडा गर्नका निमित्त प्रतिनिधि सभा सदस्य पदमा केपी ओलीको विश्वास पात्र बनेर रौतहट १ बाट उम्मेदवारी दिदा स्थानीय युवा एवं धरातल संग जोडिएका मतदाताहरुको गुप्ता प्रतिको माया बढेर देख्दा उनको विजय हुने प्रवल सम्भावना रहेको स्थानीय गौर अमित ठाकुरले बताए ।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालसँग प्रतिष्पर्धामा रहेका नेकपा एमालेका उम्मेदवार अजय गुप्ता चुनावी रणनितिका साथ अगाडी बढि रहेको उनले भने । दुवै उम्मेदवारले मतदातालाई आफ्नो पक्षमा ल्याउन मतदाताहरुको घर दैलोमा पुग नपुग भ्याई नभ्याईको अवस्था रहेपनि युवा गुप्ता हरसम्भव मतदाताको समक्ष पुग्न सकेको छ भने नेपाल वृद्ध भएको कारण प्रत्येक घरदैलो सम्म पुग्न निकै चुनौती भईरहेका छन् ।
नेपालले केही गर्न नसकेको मतदताको गुनासो
यता रौतहटबाट निर्वाचित भएर प्रधानमन्त्री समेत भइसकेका नेता नेपाललाई गठबन्धनका उम्मेदवारहरुले पनि सघाइरहेको छ । तर नेता नेपाललाई यसभन्दा पहिले मत दिएका स्थानियले यस पटक गुनासो बढी गरिरहेका छन । प्रधानमन्त्री समेत बनेका व्यक्तिले जिल्लामा समुचित विकास गर्न नसकेकोमा स्थानीयको गुनासो छ । खास गरी जुद्ध माध्यमिक विद्यालयको छात्रावास तथा बाग्मती नदीको पुल निर्माण गराउन नसकेको भन्दै स्थानीयले दुखेसो गरेका छन ।
दोश्रो संविधानसभा निर्वाचनमा माधव कुमार नेपाल संग तिन सय मतले पराजित भएका एमालेका नेता गुप्ताले यो चुनावमा नेपाललाई कडा चुनौती दिइरहेका । गुप्ताले आफ्नो जितका लागि यतीबेला भेटघाटलाई तिब्र पारेका छन । एमालेका तर्फबाट क्षेत्र नं. १ को क बाट राजकिशोर यादवसँगको सहकार्यमा गुप्ताले घरदैलो कार्यक्रममा जोड दिइरहेका छन भने एकीकृत समाजवादीका नेता नेपालले पनि गठबन्धनका उम्मेदवारहरुसँग घरदैलो कार्यक्रममा व्यस्त छन ।
दुवै नेतालाई सुनिरहेका स्थानिय भने अहिलेनै कसैको पक्षमा खुल्न चाहदैनन । घरदैलोमा आएका नेताहरुको आश्वासन र तर्कहरु सुन्दै उनीहरु मंसिर ४ मा आफ्नै स्वविवेकले मतदान गर्ने बताए । एमालेका नेता अजय गुप्ता र गठबन्धनका तर्फबाट नेकपा समाजवादीका उम्मेदवार माधव नेपाल दुवैले आफुहरुलाई स्थानियको सर्मथन रहेको दाबी गर्छन । तर युवाहरु अहिले गुप्ता प्रतिको रुझान बढेर गएको हुँदा मंसिर ४ मतदान सम्पन्न भएपछि हुने मतगणनाको अन्तिम परिणाम पश्चात विजयी हुनेमा स्थानीयहरु पूर्ण विस्वस्त रहेको उनीहरुले जनाएको छ ।

लोकप्रिय

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

उपप्रमुख रामले मागेको ३ करोड नदिदा झुठा आरोप लगाउदै गलत प्रचार — नगर प्रमुख कुर्मी

चन्द्रपुर - रौतहट जिल्लाको बृदाबन नगर पालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मीले नगर उपप्रमुखले आर्थिक लाभ लिने उदेश्यले गलत आरोप लगाउने गरेको...

बागमती नपाको डाबरीका करिब ५ सय जना माओबादी परित्याग गरी एमालेमा प्रवेश

सर्लाही - विभिन्न पार्टी छोडेर नेकपा एमालेमा प्रवेश गर्ने लहर देखिएपछि सर्लाहीमा नेकपा एमाले उत्साहित देखिएको छ । खासगरी निर्वाचन क्षेत्र ३...

Related Articles

खानेपानीमा हामी गफ हैन काम गरेर देखाउछौ — अध्यक्षका उमेदवार उपाध्याय

खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था चन्द्रनिगाहपुरको जेठ २७ गते शनिबार हुन गइरहेको निर्वाचनको लागि किशोर प्रसाद उपाध्यायको नेतृत्वको प्यानल पनि चुनावी मैदानका...

गौरका पुर्व मेयर गुप्ता एमालेको केन्द्रिय सदस्यमा मनोनित

चन्द्रपुर - गौर नगरपालिकाका पुर्व मेयर तथा रौतहट क्षेत्र नं. १ बाट सघिय संसदका प्रत्यासी अजय गुप्ता नेकपा एमालेको केन्द्रिय सदस्यमा चयन...

सरसफाइमा माबि जुडिबेला प्रथम ,नगद ३५ हजार सहित पुरस्कृत

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. २ मा रहेको माबि जुडिबेला खानेपानी तथा सरसफाइ क्षेत्रमा उत्कृष्ठ अर्थात प्रथम भएको छ ।...