Monday, June 5, 2023

उपप्रमुख रामले मागेको ३ करोड नदिदा झुठा आरोप लगाउदै गलत प्रचार — नगर प्रमुख कुर्मी

ताजा / भरखरै प्राप्त

गौरका पुर्व मेयर गुप्ता एमालेको केन्द्रिय सदस्यमा मनोनित

चन्द्रपुर - गौर नगरपालिकाका पुर्व मेयर तथा रौतहट क्षेत्र नं. १ बाट सघिय संसदका प्रत्यासी अजय गुप्ता नेकपा एमालेको केन्द्रिय सदस्यमा चयन...

सरसफाइमा माबि जुडिबेला प्रथम ,नगद ३५ हजार सहित पुरस्कृत

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. २ मा रहेको माबि जुडिबेला खानेपानी तथा सरसफाइ क्षेत्रमा उत्कृष्ठ अर्थात प्रथम भएको छ ।...

चन्द्रनिगाहपुर खानेपानीको निर्वाचन जेठ २७ गते हुने

चन्द्रपुर- चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था चन्द्रनिगाहपुरको निर्वाचन आउदो जेठ २७ गते हुने भएको छ । जेठ २७ गते हुने निर्वाचनको...

यसै बर्ष भित्र रेडक्रस चन्द्रनिगाहपुर उपशाखाको भवन बन्छ— नगर प्रमुख काफले

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय काफलेले २०८० साल भित्र नेपाल रेडक्रस सोसाईटी चन्द्रनिगाहपुर उपशाखाको भवन बन्ने बताउनुभएको छ । गणतन्त्र...

जन ज्योति बहुमुखी क्यामपसको अध्यक्षमा कार्की सहितको टिम र्निबिरोध

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ६ मा रहेको जन ज्योति बहुमुखी क्याम्पस ब्यबस्थापन समितिको अध्यक्षमा संजय कार्कीको सहितको टिम सर्वसहमत चयन...

चन्द्रपुर – रौतहट जिल्लाको बृदाबन नगर पालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मीले नगर उपप्रमुखले आर्थिक लाभ लिने उदेश्यले गलत आरोप लगाउने गरेको बताएका छन् ।
शुक्रबार नगरपालिकाको कार्यालय बिश्रामपुरमा पत्रकार सम्मेलन आयोजना गरि नगर प्रमुख कुर्मीले उपप्रमुख संगीता देवी राम नियमित रुपमा नगरपालिकाको कार्यमा सहभागी नहुदा विकाश निर्माणका कार्य हरू प्रभावित हुन पुगेको आरोप लगाए ।
चालु आर्थिक वर्षको लागि छुट्याएको २५ करोड रकम मध्ये ३ करोड निजी रुपमा संचालन गर्नको लागि माग गर्दा बिकाशको योजना संचालन बाहेक रकम भागबण्डा गर्न नसकिने जवाव दिए पछि उपप्रमुख राम ले सामाजिक संजाल मार्फत मिथया आरोप लगाउने कार्य गरेको टिप्पणी गरे ।
उनले भने न्यायिक समिति संचालन गर्नको लागि रकम, कर्मचारी, भवनको व्यवस्था गरेको छु आफै नगरपालिका आउदैन, नगरपालिका को बिषयगत समितिका जिम्मेवारी पाएका उप प्रमुख रामले अहिले सम्म कुनै बैठकमा उपस्थित नभएको कारण बजेट संचालन समस्या उत्पन्न भै रहेको उल्लेख गरे ।
पूर्व जनप्रतिनिधिले गर्न नसकेको कार्य ६ महिनामा गरेर देखाएको दावी गर्दै निर्वाचनको बेला जनता सित गरेको बाचा पुरा गर्न एक इन्च पनि पछि नहट्ने ठोकुवा गरे ।
भ्रस्टाचार नगर्ने र गर्न पनि नदिने उपप्रमुखको उदेश्य कुनै हालतमा पुरा नहुन दिने अडान दोहर्याउदै मेयर कुर्मी ले उपप्रमुख कार्यालय नआए कानुन बमोजिम अर्को विकल्प रोज्ने चेतावनी दिए ।राजनीतिको कारण ठूलो आर्थिक क्षति भएको दुखेसो पोख्दै नगर प्रमुख ३ करोडको माग कुनै पनि हालतमा पुरा गर्न सकिदैन बरु राजिनामा दिने छ ु। उपप्रमुख बैठकमा सहभागी नहुदा बागमती नदीको टेन्डर, किसानको लागि मलखाद वितरण, बजेट कार्यन्वयन गर्न कठिनाई भएको उहाको भनाइ रहेको छ ।
नगर प्रमुख कुर्मीले उपप्रमुखको श्रीमान अरुण रामले गाडी मरमतको नाउमा ११ लाख रकम माग गरेकोमा त्यो नदिदा गलत आरोप लगाउने गरेको बताउदै उपप्रमुख बाट आफै पिडित भएको उल्लेख गरे ।
१ करोड ५० लाख शिक्षा, १ करोड स्वास्थ्य,१ करोड कृषि तथा ८० लाखको दरले वडा स्तरीय बजेट विनियोजन गरिएको जानकारी दिदै मेयर कुर्मीले निष्पक्ष, निस्वार्थ रुपमा जनताको लागि काम गर्ने भ्रष्टाचार नगर्ने प्रतिब्द्धता जनाए ।

लोकप्रिय

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

उपप्रमुख रामले मागेको ३ करोड नदिदा झुठा आरोप लगाउदै गलत प्रचार — नगर प्रमुख कुर्मी

चन्द्रपुर - रौतहट जिल्लाको बृदाबन नगर पालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मीले नगर उपप्रमुखले आर्थिक लाभ लिने उदेश्यले गलत आरोप लगाउने गरेको...

बागमती नपाको डाबरीका करिब ५ सय जना माओबादी परित्याग गरी एमालेमा प्रवेश

सर्लाही - विभिन्न पार्टी छोडेर नेकपा एमालेमा प्रवेश गर्ने लहर देखिएपछि सर्लाहीमा नेकपा एमाले उत्साहित देखिएको छ । खासगरी निर्वाचन क्षेत्र ३...

Related Articles