Monday, June 5, 2023

रौतहटका १६ स्थानिय तहले जमिनको बर्गिकरण गर्न सकेनन

ताजा / भरखरै प्राप्त

गौरका पुर्व मेयर गुप्ता एमालेको केन्द्रिय सदस्यमा मनोनित

चन्द्रपुर - गौर नगरपालिकाका पुर्व मेयर तथा रौतहट क्षेत्र नं. १ बाट सघिय संसदका प्रत्यासी अजय गुप्ता नेकपा एमालेको केन्द्रिय सदस्यमा चयन...

सरसफाइमा माबि जुडिबेला प्रथम ,नगद ३५ हजार सहित पुरस्कृत

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. २ मा रहेको माबि जुडिबेला खानेपानी तथा सरसफाइ क्षेत्रमा उत्कृष्ठ अर्थात प्रथम भएको छ ।...

चन्द्रनिगाहपुर खानेपानीको निर्वाचन जेठ २७ गते हुने

चन्द्रपुर- चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था चन्द्रनिगाहपुरको निर्वाचन आउदो जेठ २७ गते हुने भएको छ । जेठ २७ गते हुने निर्वाचनको...

यसै बर्ष भित्र रेडक्रस चन्द्रनिगाहपुर उपशाखाको भवन बन्छ— नगर प्रमुख काफले

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय काफलेले २०८० साल भित्र नेपाल रेडक्रस सोसाईटी चन्द्रनिगाहपुर उपशाखाको भवन बन्ने बताउनुभएको छ । गणतन्त्र...

जन ज्योति बहुमुखी क्यामपसको अध्यक्षमा कार्की सहितको टिम र्निबिरोध

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ६ मा रहेको जन ज्योति बहुमुखी क्याम्पस ब्यबस्थापन समितिको अध्यक्षमा संजय कार्कीको सहितको टिम सर्वसहमत चयन...

चन्द्रपुर – सरकारले भूउपयोग क्षेत्र वर्गीकरणअन्तर्गत यही मंसिर २३ सम्म प्रत्येक पालिकाले आफ्नो क्षेत्रभित्र पर्ने सम्पूर्ण जग्गालाई गैरकृषि क्षेत्र र कृषि क्षेत्रमा वर्गीकरण गर्नुपर्ने निर्देशन दिएको भएतापनि रौतहटका पालिकाहरुले सो काम गर्न सकेनन । रौतहटको चन्द्रपुर नगरपालिका र इशनाथ नगरपालिका बाहेक अधिकांश स्थानीय तहले हालसम्म भूउपयोग क्षेत्र वर्गीकरणको काम नसक्दा कित्ताकाटमा समस्या आएको हो । २ गाउपालिका र १६ वटा नगरपालिका सहित १८ पालिका रहेको रौतहटमा अधिकांश पालिकाले जमिनको बर्गिकरणको काम सम्पन्न गर्न सकेका छैनन । मलपोत कार्यालय चन्द्रनिगापुर अन्र्तरगत चन्द्रपुर नगरपालिकाले मात्रै जमिन बर्गिकरणको काम सम्पन्न गरेको मालपोत कार्यालय चन्द्रनिगाहपुरका नायब सुब्बा केशब भट्टराईले जानकारी दिएका छन । यो कार्यालय मातहत ५ वटा नगरपालिका रहेकोमा चन्द्रपुरले मात्रै भूउपयोग क्षेत्र वर्गीकरणको निर्णय गरेको नायब सुब्बा भट्टराईले बताए ।
यसैगरी गौर मालपोत कार्यालय अन्र्तरगत इशनाथ नगरपालिकाले मात्रै भूउपयोग क्षेत्र वर्गीकरणको निर्णय गरेको सो कार्यालयका प्रमुख जयमंगल साहले जानकारी दिएका छन । गौर मालपोत कार्यालय अन्र्तरगत ६ वटा नगरपालिका र २ वटा गाउपालिका रहेका छन ।
यस्तै गरुडा मालपोत कार्यालय अन्र्तरगत रहेका ६ वटा पालिकामा कुनै पलिकाले जमिनको बर्गिकरण निर्णय नगरेको सो कार्यालयका प्रमुख रबिन्द्र कापडले जानकारी दिएका छन । यसैगरी मालपोत कार्यालय मौलापुर अन्र्तरगत पनि कुनै पनि पालिकाले सो निर्णय नगरेको सोही कार्यालयका प्रमुख बबुनन्दन साहले जानकारी दिए ।
रौतहटमा ४ वटा मालपोत कार्यालय रहेका छन । भूउपयोग क्षेत्र निर्धारण सम्बन्धमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले गत साउन ३१ नै विज्ञप्ति जारी गर्दै प्रत्येक स्थानीय तहले आफ्नो कार्यक्षेत्र भित्रको जग्गालाई २०७९÷८÷२३ गतेभित्र कम्तीमा कृषि क्षेत्र र गैरकृषि क्षेत्र छुट्याउनुपर्ने व्यवस्था गर्न भनेको थियो ।
कृषियोग्य जग्गाको संरक्षण, खण्डीकरण नियन्त्रण, चक्लाबन्दी कार्यक्रममार्फत कृषि उत्पादन वृद्धि खाद्यसुरक्षाको प्रत्याभूति, दीगो पूर्वाधार विकास, व्यवस्थित सहरीकरण र सुरक्षित आवास, प्राकृतिक स्रोतसाधनको समुचित व्यवस्थापन, विपद् जोखिम न्यूनीकरणलगायत उद्देश्य राखी नेपाल सरकारले भूउपयोग नीति २०७२ जारी गरेको थियो । सो नीति कार्यान्वयनका लागि संसद्बाट भूउपयोग ऐन २०७६ र नेपाल सरकारबाट भूउपयोग नियमावली २०७९ लागू भइसकेको छ । उक्त नीति, ऐन तथा नियममा स्थानीय तहलाई भूमिको वर्गीकरण, भूउपयोग योजना तर्जुमा र कार्यान्वयन गर्ने अधिकार तोकिएका छन् । नियमावलीको अनुसूची १ मा भूउपयोग क्षेत्र निर्धारण गर्ने आधार र मापदण्डको व्यवस्थासमेत गरिएको छ ।
यी नीति र कानून कार्यान्वयनमा तत्काल सहजीकरण गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट मिति गत जेठ २७ मा परिपत्र जारी गरी कित्ताकाट रोकिएको थियो ।

लोकप्रिय

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

उपप्रमुख रामले मागेको ३ करोड नदिदा झुठा आरोप लगाउदै गलत प्रचार — नगर प्रमुख कुर्मी

चन्द्रपुर - रौतहट जिल्लाको बृदाबन नगर पालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मीले नगर उपप्रमुखले आर्थिक लाभ लिने उदेश्यले गलत आरोप लगाउने गरेको...

बागमती नपाको डाबरीका करिब ५ सय जना माओबादी परित्याग गरी एमालेमा प्रवेश

सर्लाही - विभिन्न पार्टी छोडेर नेकपा एमालेमा प्रवेश गर्ने लहर देखिएपछि सर्लाहीमा नेकपा एमाले उत्साहित देखिएको छ । खासगरी निर्वाचन क्षेत्र ३...

Related Articles

गौरका पुर्व मेयर गुप्ता एमालेको केन्द्रिय सदस्यमा मनोनित

चन्द्रपुर - गौर नगरपालिकाका पुर्व मेयर तथा रौतहट क्षेत्र नं. १ बाट सघिय संसदका प्रत्यासी अजय गुप्ता नेकपा एमालेको केन्द्रिय सदस्यमा चयन...

सरसफाइमा माबि जुडिबेला प्रथम ,नगद ३५ हजार सहित पुरस्कृत

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. २ मा रहेको माबि जुडिबेला खानेपानी तथा सरसफाइ क्षेत्रमा उत्कृष्ठ अर्थात प्रथम भएको छ ।...

चन्द्रनिगाहपुर खानेपानीको निर्वाचन जेठ २७ गते हुने

चन्द्रपुर- चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था चन्द्रनिगाहपुरको निर्वाचन आउदो जेठ २७ गते हुने भएको छ । जेठ २७ गते हुने निर्वाचनको...