रमेश तिमलसिना
चन्द्रपुर – नेपाली कांग्रेसको मधेश प्रदेशको संसदिय दलको नेतामा नेपाली कांग्रेसका मधेश प्रदेश सभापति कृष्णा यादब बिजयी भएका छन । बिहीबार जनकपुरमा सम्पन्न मधेश प्रदेश सभा संसदिय दलको नेताको लागी भएको निर्वाचनमा १८ मत ल्याएर सभापति यादब बिजयी भएका हुन । त्यसैगरी संसदिय दलका अर्का उमेदवार राम सरोज यादबले ४ मत मात्र ल्याएका थिए । मधेश प्रदेश सभामा नेपाली कांग्रेसको २२ जना सदस्य छन । सभापति यादबले रौतहटको क्षेत्र नम्बर १ को ख बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए ।