Sunday, May 28, 2023

महिला जनप्रतिनिधिहरुको भुमिका सम्बन्धी अन्र्तरक्रिया कार्यक्रम सम्पन्न

ताजा / भरखरै प्राप्त

कार्य सम्पादन मुल्याङकनमा मधेश प्रदेश मै गौर नगरपालिका उत्कृष्ठ,एक बर्षको प्रगति बिबरण सार्वजनिक

रौतहट,१३ जेठ,रौतहटको सबैभन्दा पुरानो गौर नगरपालिका कार्यसम्पादन मुल्याङकन मधेश प्रदेश मै सबै पालिका भन्दा उत्कृष्ठ बनेको छ ।नेपाल सरकारबाट आर्थिक बर्ष २०८०÷०८१मा...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका पुर्व सचिब क्षेत्रीले त्यागे सदस्यता

रौतहट - नेपाल पत्रकार महासंघ रौतहट शाखाका पुर्व सचिब राजेन्द्र क्षेत्रीले नेपाल पत्रकार महासंघको सदस्यता त्यागेका छन । नेपाल पत्रकार महासंघको निति...

जेठ १५ गते चन्द्रनिगाहपुरमा बृहत रक्तदान कार्यक्रम हुने,सहभागी हुन सबैलाइ आग्रह

चन्द्रपुर— रौतहटको चन्द्रनिगाहपुर मेनचोकमा जेठ १५ गते बृहत रक्तदान कार्यक्रम हुने भएको छ । नेपाल रेडक्रस सोसाइटी चन्द्रनिगाहपुर उपशाखाको आयोजनामा सोमबार बृहत...

सामुदायिक वन महासंघको केन्द्रिय सदस्यमा रौतहटका खुलाल,ढकाल र यादब निर्वाचित

चन्द्रपुर - सामुदायिक वन उपभोक्ता महासंघको केन्द्रिय समितिमा रौतहट जिल्लाबाट ३ जना केन्द्रिय सदस्यमा निर्वाचित भएका छन । काठमाडौ मा भएको सामुदायिक...

हप्तादिन नबित्दै रौतहटमा २ जनाको हत्या

रौतहट,११ जेठएक हप्ता नबित्दै रौतहटमा दुई जनाको हत्या भएको छ । गत शुक्रबार गौर नगरपालिका वडा नम्वर ७ सिसवा टोलका ४५ वर्षीय...

चन्द्रपुर÷रौतहटको चन्द्रपुरमा शुक्रबार लैङ्गिक सामानता तथा स्थानीय सरकारमा निर्वाचित महिला जनप्रतिनिधिहरुको भुमिकाका सम्बन्धमा वडा अध्यक्ष तथा पुरुष वडा सदस्यहरुसँगको अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ ।
माण्डवी रौतहटको आयोजना तथा आइईएफएस नेपालको प्राविधिक सहयोगमा सँचालित शी लिडस परियोजना अन्तर्गत सो अन्तरक्रिया कार्यक्रम सँचालन गरिएको थियो । यो कार्यक्रम मधेश प्रदेशका ५ वटा जिल्लाहरु बारा,रौतहट,सर्लाही,महोतरी तथा धनुषा गरी २८ वटा पालिकाहरुमा सँचालित छ । सो कार्यक्रमको शुरुको सत्रमा मधेश प्रदेशका कार्यक्रम सँयोजक मुनीलाल बैठाले कार्यक्रमका बारेमा जानकारी गराएका थिए । स्थानीय विकासका कामहरुमा महिलाहरुको सहभागिता हुने, निर्वाचित महिला प्रतिनिधिहरूलाई उनीहरूको निर्वाचित भूमिका बढी प्रभावकारी बनाउन सहयोग हुने, राजनीतिक दलमा महिला उपस्थिति ÷ सहभागिताका लागि सकारात्मक वातावरण सिर्जना हुने उदेश्यले अन्तरक्रिया कार्यक्रम सँचालन गरिएको थियो । सो कार्यक्रममा वृन्दावन नगरपालिकाका ९ जना वडा अध्यक्षहरु तथा १७ जना वडा सदस्यहरु गरी २६ जनाले सहभागिता रहेको अनुगमन तथा मुल्याँकन अधिकृत सुविन्द्र कुमार दासले जानकारी गराउनु भयो ।
अन्तरक्रिया कार्यक्रमले राजनीति र निर्णय प्रक्रियामा महिलाको अर्थपूर्ण सहभागिता प्रवर्द्धन गर्ने र महिला प्रतिनिधिहरलाई सामान रुपमा सहभागिता गराउने तथा राजनीतिमा महिलाहरूको अर्थपूर्ण सहभागिताका लागि प्रमुख सरोकारवालाहरूलाई संवेदनशील बनाउने तथा राजनीतिमा महिला सहभागिता सम्बन्धी विद्यमान नीति , राजनीतिमा महिलाहरूको सहभागितालाई समर्थन गर्न सरोकारवालाहरूबाट प्रतिबद्धता समेत गरिएको माण्डवीका अनुगमन अधिकृत दासले जानकारी दिनु भयो ।
सो कार्यक्रमका सँचालन प्रशिक्षक पुनम ठाकुर तथा सँजय कुमार यादवले गर्नु भएको थियो भने सुरेन्द्र राय यादवले सहजिकरण गर्नु भएको थियो ।
यस अघि पनि यस संस्थाले जनप्रतिनिहिरुलाइ बिभिन्न प्रकारका तालिमहरु दिदै आइरहेको थियो ।

लोकप्रिय

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

उपप्रमुख रामले मागेको ३ करोड नदिदा झुठा आरोप लगाउदै गलत प्रचार — नगर प्रमुख कुर्मी

चन्द्रपुर - रौतहट जिल्लाको बृदाबन नगर पालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मीले नगर उपप्रमुखले आर्थिक लाभ लिने उदेश्यले गलत आरोप लगाउने गरेको...

बागमती नपाको डाबरीका करिब ५ सय जना माओबादी परित्याग गरी एमालेमा प्रवेश

सर्लाही - विभिन्न पार्टी छोडेर नेकपा एमालेमा प्रवेश गर्ने लहर देखिएपछि सर्लाहीमा नेकपा एमाले उत्साहित देखिएको छ । खासगरी निर्वाचन क्षेत्र ३...

Related Articles