Friday, September 22, 2023

घाटगद्दी गरी राखेको काठमा आगलागी हुँदा ५० लाख मुल्य बराबरको क्षति

ताजा / भरखरै प्राप्त

सावा कर्तनी भनेर दिएको धानको बिउ भदैया परेपछि ….

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाको कृषि शाखा कार्यालयले बितरण गरेको अनुदान धानमा बदमासी भएको पाइएको छ ।नगरपालिकाले ५०% अनुदानमा उन्नत जातको सावा कतर्नि...

गौर कारागारबाट एक जना डाका सहित १० जना कैदी रिहा

रौतहट,३ असोजसंबिधान दिवशको अबसर पारेर रौतहटको गौर कारागारबाट एक जना डाका सहित १० जना कैदि रिहा भएका छन । संबिधान दिवशको अबसरमा...

संबिधान दिवशको अबसरमा चन्द्रपुरका खेलाडीलाइ ट्रयाकसुट हस्तान्तरण

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाले संबिधान दिवशको अबसर पारेर तेक्वान्डो खेलाडीहरुलाइ ट्रयाकसुट हस्तान्तरण गरेको छ ।बिहीबार देखी काठमाडौंमा हुने राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा खेल्न...

कार्यकारी अधिकृतले १८ करोडको अकुत सम्पत्ति आर्जन गरेको ठहर

काठमाडौं । करिब १८ करोड रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेका टोखा नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत ऋषिराम अर्याल दोषी ठहर भएका...

बौधीमाइ नपामा कुनै पनि बाहनामा बिद्यालय बन्द गरे कार्वाही

रौतहट,२ असोजसघिंय संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को विरोधमा शिक्षक महासंघले देशभरका बिद्यालय बन्द...

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर २ स्थित नमुना सामुदायिक वनमा घाटगद्दी गरेको राखेको काठमा आगलागी हुँदा ठुलो परिणाममा काठ जलेर नोक्सान भएको छ । नमुना सामुदायिक वनका अध्यक्ष विनोद चौधरीका अनुसार बुधबार दिउँसो सागरनाथ वन परियोजनाबाट फैलिएको आगो घाटगद्दी गरेर राखेको काठको चाङ्गहरुमा फैलिएको हो । उनका अनुसार सागरनाथ वन परियोजनाको टिकको जङ्गल हुँदै काठमा फैलिएको आगो पूर्ण रुपमा नियन्त्रणमा लिन चन्द्रपुर नगरपालिकाको वारुणयन्त्र, हरिवन नगरपालिकाको वारुणयन्त्र, सुरक्षाकर्मी तथा स्थानियलाई हम्मेहम्मे परेको थियो । आगो एउटा चाङ्गबाट अर्को चाङ्गमा फैलिन नदिन स्काभेटरको सहायताले चाङ्गबाट छुट्याइएको थियो । वर्षौदेखि थुपारेर राखिएको सुकेका काठहरुमा दनदनी बलेको आगो करिब ३ घण्टापछि नियन्त्रणमा लिइएको अध्यक्ष चौधरीले जनाए । आगोले १५–१६ वटा काठको चाङ्गमा लागेको र अन्दाजी ५० लाख हाराहारीको नोक्सानी भएको प्रारम्भिक अनुमान गरिएको अध्यक्ष चौधरीको बताए । आगलागीबाट जलेका काठहरु अधिकांस सखुवा प्रजातिका रहेको डिभिजन वन कार्यालय रौतहटले जनाएको छ । आगलागीबाट कति परिणामको काठ जलेर नष्ट भएको त्यसको एकिन विवरण अहिलेसम्म नआइपुगेको डिभिजनल वन अधिकृत सुनिल कुमार कर्णले बताए ।
सो स्थानमा घाटगद्दी राखिएका काठहरु हेटौंडा–ढल्केवर–दुहबी ४ सय केभी प्रसारण लाइनको टावर निर्माण गर्दा काटिएका रुखहरु रहेका थिए  । करिब २ वर्षदेखि अलपत्र छाडिएको काठ–दाउरा कुहिँदा पनि डिभिजन वन कार्यालयले त्यसको व्यवस्थापनमा कुनै चासो नदिएको अध्यक्ष चौधरीको भनाइ छ । उनले आफुहरुले बारम्बार डिभिजन वन कार्यालयका प्रमुख तथा कर्मचारीहरुलाई काठहरु कुहिएर नास हुन लागेकाले चाँडै लिलाम प्रक्रिया अगाडि बढाउन आग्रह गरेपनि कार्यालयले समयमै कुनै चासो नदिदाँ आज ठुलो नोक्सानी बेर्होनु परेको गुनासो गरे । यता डिभिजनल वन अधिकृत कर्ण भने आफुहरुले यस बारेमा प्रक्रिया अगाडि बढाइसकेको तर बिचमा केही ऐन तथा नियमावलीहरु संसोधन भएर पुनः वर्गिकरण लगायतका प्रक्रियाहरु गर्नु परेका केही ढिलाइ भएको बताउँछन् । उनले कार्यालयले काठको अवस्था हेरेर ‘ए’, ‘बी’, ‘सी’ र ‘डी’ गरी ४ भागमा वर्गीकरण गरेको र ‘ए’ वर्गको काठको १ हजार, ‘बी’ को ७ सय, ‘सी’ को ५ सय र ‘डी’ को २ सय ५० रुपैयाँका दरले आपूर्ति समिति मार्फत चाँडैनै सर्वसाधरण लगायतलाई बिक्री वितरणको तयारी गरिरहेको जनाए ।

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

Related Articles

सावा कर्तनी भनेर दिएको धानको बिउ भदैया परेपछि ….

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाको कृषि शाखा कार्यालयले बितरण गरेको अनुदान धानमा बदमासी भएको पाइएको छ ।नगरपालिकाले ५०% अनुदानमा उन्नत जातको सावा कतर्नि...

गौर कारागारबाट एक जना डाका सहित १० जना कैदी रिहा

रौतहट,३ असोजसंबिधान दिवशको अबसर पारेर रौतहटको गौर कारागारबाट एक जना डाका सहित १० जना कैदि रिहा भएका छन । संबिधान दिवशको अबसरमा...

संबिधान दिवशको अबसरमा चन्द्रपुरका खेलाडीलाइ ट्रयाकसुट हस्तान्तरण

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाले संबिधान दिवशको अबसर पारेर तेक्वान्डो खेलाडीहरुलाइ ट्रयाकसुट हस्तान्तरण गरेको छ ।बिहीबार देखी काठमाडौंमा हुने राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा खेल्न...