Monday, June 5, 2023

नेकपा एमाले रौतहटमा ५५ सदस्यी जिल्ला कार्य समिति पुर्न गठन (समितिमा को को ?)

ताजा / भरखरै प्राप्त

गौरका पुर्व मेयर गुप्ता एमालेको केन्द्रिय सदस्यमा मनोनित

चन्द्रपुर - गौर नगरपालिकाका पुर्व मेयर तथा रौतहट क्षेत्र नं. १ बाट सघिय संसदका प्रत्यासी अजय गुप्ता नेकपा एमालेको केन्द्रिय सदस्यमा चयन...

सरसफाइमा माबि जुडिबेला प्रथम ,नगद ३५ हजार सहित पुरस्कृत

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. २ मा रहेको माबि जुडिबेला खानेपानी तथा सरसफाइ क्षेत्रमा उत्कृष्ठ अर्थात प्रथम भएको छ ।...

चन्द्रनिगाहपुर खानेपानीको निर्वाचन जेठ २७ गते हुने

चन्द्रपुर- चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था चन्द्रनिगाहपुरको निर्वाचन आउदो जेठ २७ गते हुने भएको छ । जेठ २७ गते हुने निर्वाचनको...

यसै बर्ष भित्र रेडक्रस चन्द्रनिगाहपुर उपशाखाको भवन बन्छ— नगर प्रमुख काफले

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय काफलेले २०८० साल भित्र नेपाल रेडक्रस सोसाईटी चन्द्रनिगाहपुर उपशाखाको भवन बन्ने बताउनुभएको छ । गणतन्त्र...

जन ज्योति बहुमुखी क्यामपसको अध्यक्षमा कार्की सहितको टिम र्निबिरोध

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ६ मा रहेको जन ज्योति बहुमुखी क्याम्पस ब्यबस्थापन समितिको अध्यक्षमा संजय कार्कीको सहितको टिम सर्वसहमत चयन...

चन्द्रपुर – नेकपा एमालेको जिल्ला कार्य समिति रौतहटको जिल्ला कार्य समिति पुर्नगठन भएको छ । मंगलबार रौतहटको गरुडामा रहेको तुल्सीलाल अमात्य स्मती प्रतिष्ठान भवनमा आयोजित कार्यक्रममा पुर्नगठित समितिका ५५ जना सदस्यलाइ सपथ ग्रहण गराइएको थियो ।
समितिको संयोजकमा सचितानन्द साह रहेका छन । समितिको सदस्यमा दिपक यादब,बाल बिक्रम कार्की,रुपेश कुमार पटेल,कोपिला तिमलसिना,जगरनाथ अधिकारी,टिका घिमिरे,लोकनाथ पहाडी,झरना आचार्य लगायत गरी ५५ जना रहेका छन । नवगठित रौतहट जिल्ला अधिवेशन आयोजक कमिटिका संयोजक तथा सदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि पुरुषोतम पौडेलले सपथ ग्रहण गराएका थिए ।
कटहरिया अधिबेशनबाट जिल्ला कार्य समितिमा चयन भएका मध्य एमाले मै बसेकाहरुलाइ अहिलेको समितिमा राखिएको समितिका सदस्य बाल बिक्रम कार्कीले जानकारी दिए । रौतहटको जिल्ला अधिबेशन बैशाखको २१ गते हुने भएको छ । कटहरिया अधिबेशनबाट अध्यक्षमा चुनिएका त्रिभुवन साह लगायतका ब्यक्तीहरु प्रभु साहको आम जनता पार्टीमा गएका थिए ।
यसैबिच सोही कार्यक्रमबाट नेकपा एमालेले सुरु गरेको मिसन ग्रासरुटको रौतहटमा सुरुवात भएको छ । नेकपा (एमाले) कोे पार्टी सुदृढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरुट’ फागुन ५ गतेदेखि देशभर एकसाथ शुरू हुँदै गरेको हो । कार्यक्रमको सुरुवात गर्दै पार्टीका पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री पुरुषोतम पौडेलले पार्टीलाई वैचारिक र संगठनात्मकरूपमा सुदृढ गरी मुलुकमा राजनीतिक स्थायित्वको प्रत्याभूति गर्ने बलियो शक्तिका रूपमा स्थापित गर्न यो विशेष अभियानको आवश्यकता बोध गरेर पार्टीले यो अभियान चलाएको बताए । उनले पार्टीको संगठनात्मक जीवनमा देखापरेका अस्तव्यस्तता र अराजकताका कारण कमिटीगत परिचालनमा समस्या देखापरेका र निर्वाचनका सिलसिलामा विभिन्न गलत प्रवृत्ति प्रकट भएका कारण पार्टीले कैयौं महत्वपूर्ण स्थानहरू गुमाउनुपरेको हुँदा यस्ता समस्याको समाधान गर्ने अभियानको एक प्रमुख उद्देश्य रहेको प्रष्ट पार्दै यो अभियानभरी रौतहटमा पार्टीमा रहेका कमी कमजोरीलाई हटाउँदै पार्टीलाई पहिलो नम्बरको पार्टी बनाउने उद्घोष गरे । पार्टीका रौतहट जिल्ला संयोजक सचिदानन्दन साहको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रिय सदस्यहरु गंगा राय यादव, कल्पना कटुवाल, प्रभु हजारा, मञ्जु थापा लगायत प्रदेश तथा जिल्ला स्तरिय नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन नेकपा एमाले रौतहट जिल्ला कमिटिका निर्बतमान उप सचिब तथा हालका जिल्ला सदस्य रुपेश कुमार पटेलले गरेका थिए ।

लोकप्रिय

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

उपप्रमुख रामले मागेको ३ करोड नदिदा झुठा आरोप लगाउदै गलत प्रचार — नगर प्रमुख कुर्मी

चन्द्रपुर - रौतहट जिल्लाको बृदाबन नगर पालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मीले नगर उपप्रमुखले आर्थिक लाभ लिने उदेश्यले गलत आरोप लगाउने गरेको...

बागमती नपाको डाबरीका करिब ५ सय जना माओबादी परित्याग गरी एमालेमा प्रवेश

सर्लाही - विभिन्न पार्टी छोडेर नेकपा एमालेमा प्रवेश गर्ने लहर देखिएपछि सर्लाहीमा नेकपा एमाले उत्साहित देखिएको छ । खासगरी निर्वाचन क्षेत्र ३...

Related Articles

गौरका पुर्व मेयर गुप्ता एमालेको केन्द्रिय सदस्यमा मनोनित

चन्द्रपुर - गौर नगरपालिकाका पुर्व मेयर तथा रौतहट क्षेत्र नं. १ बाट सघिय संसदका प्रत्यासी अजय गुप्ता नेकपा एमालेको केन्द्रिय सदस्यमा चयन...

सरसफाइमा माबि जुडिबेला प्रथम ,नगद ३५ हजार सहित पुरस्कृत

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. २ मा रहेको माबि जुडिबेला खानेपानी तथा सरसफाइ क्षेत्रमा उत्कृष्ठ अर्थात प्रथम भएको छ ।...

चन्द्रनिगाहपुर खानेपानीको निर्वाचन जेठ २७ गते हुने

चन्द्रपुर- चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था चन्द्रनिगाहपुरको निर्वाचन आउदो जेठ २७ गते हुने भएको छ । जेठ २७ गते हुने निर्वाचनको...