Friday, September 22, 2023

अनेम संघको आयोजनामा नारी दिवशको अबसरमा शुभकामना आदान प्रदान

ताजा / भरखरै प्राप्त

सावा कर्तनी भनेर दिएको धानको बिउ भदैया परेपछि ….

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाको कृषि शाखा कार्यालयले बितरण गरेको अनुदान धानमा बदमासी भएको पाइएको छ ।नगरपालिकाले ५०% अनुदानमा उन्नत जातको सावा कतर्नि...

गौर कारागारबाट एक जना डाका सहित १० जना कैदी रिहा

रौतहट,३ असोजसंबिधान दिवशको अबसर पारेर रौतहटको गौर कारागारबाट एक जना डाका सहित १० जना कैदि रिहा भएका छन । संबिधान दिवशको अबसरमा...

संबिधान दिवशको अबसरमा चन्द्रपुरका खेलाडीलाइ ट्रयाकसुट हस्तान्तरण

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाले संबिधान दिवशको अबसर पारेर तेक्वान्डो खेलाडीहरुलाइ ट्रयाकसुट हस्तान्तरण गरेको छ ।बिहीबार देखी काठमाडौंमा हुने राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा खेल्न...

कार्यकारी अधिकृतले १८ करोडको अकुत सम्पत्ति आर्जन गरेको ठहर

काठमाडौं । करिब १८ करोड रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेका टोखा नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत ऋषिराम अर्याल दोषी ठहर भएका...

बौधीमाइ नपामा कुनै पनि बाहनामा बिद्यालय बन्द गरे कार्वाही

रौतहट,२ असोजसघिंय संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को विरोधमा शिक्षक महासंघले देशभरका बिद्यालय बन्द...

चन्द्रपुर – नेकपा एमालेको जनसंगठन अखिल नेपाल महिला संघ चन्द्रपुर नगर कमिटिको आयोजनामा ११३ औ अन्तराष्ट्रिय नारी दिवशको अबसरमा चन्द्रनिगाहपुरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
एमालेकी केन्द्रिय सदस्य कल्पना कटुवालको प्रमुख आथित्यमा उक्त शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख अतिथि कटुवालले महिलाको हक अधिकारलाइ अझ सुनिश्चित गर्दै लैजानुपर्ने बताउनुभएको थियो । हरेक क्षेत्रमा महिलाहरु सक्षम बन्दै गएको अबस्थामा प्राप्त हक अधिकारलाइ नै ब्यबहारमा उतार्नु पर्ने केन्द्रिय सदस्य कटुवालको धारणा रहेको थियो । केन्द्रिय सदस्य कटुवाल सर्लाहीको बरथहवा नगरपालिकाकी नगर प्रमुख समेत हुनुहुन्छ ।
यस्तै नेकपा एमालेका केन्द्रिय सदस्य तथा रौतहट जिल्ला इन्चार्ज उद्धब प्रसाद रेग्मीले महिला दिदी बहिनीहरुको हक र अधिकारको लागी जुनसुकै सहयोग गर्न तत्पर रहेको बताउनुभएको छ । देशको आधा हिस्सा बोकेका नारीहरुले चाहेमा हरेक परिवर्तनहरु सफल हुने उहाको भनाइ रहेको थियो । कार्यक्रममा नेकपा एमाले मधेश प्रदेश कमिटिकी उपसचिब आरती भण्डारीले देशको आमुल परिर्वनतमा महिलाहरुको अहम भुमिका रहेको बताउनुभएको थियो । देश भएको हरेक आन्दोलनमा महिलाको सहभागिता निर्णयक भुमिका रहेको समेत उहाले स्मरण गराउनुभएको थियो ।
नेकपा एमाले पार्टी कार्यालय चन्द्रनिगाहपुरमा आयोजित उक्त कार्यक्रममा नेकपा एमाले मधेश प्रदेश कमिटिका सदस्य खडग बम्जन,चन्द्रपुर नगर कमिटि अध्यक्ष शिव प्रसाद आचार्य,उपाध्यक्ष राजेन्द्र तिवारी,महिला नेत्री लक्ष्मी कार्की लगायतले शुभकामना ब्यक्त गर्नुभएको थियो । नेकपा एमाले नेतृ सरस्वती खुलालले स्वागत मन्तब्य राख्नुभएको उक्त कार्यक्रममा नेपाल शिक्षक संगठन रौतहटकी उपाध्यक्ष रिता दाहाल,नेकपा एमालेको तर्फबाट चन्द्रपुर नगरपालिकाको उप प्रमुख प्रत्यासी मुना लामिछाने, अनेम संघका नगर कमिटिका पदाधिकारीहरु ,बिभिन्न संघ संगठनका पदाधिकारीहरु पार्टीका जिल्ला कमिटिका पदाधिकारीहरु लगायतको उपस्थीती रहेको थियो । अखिल नेपाल महिला संघ चन्द्रपुर नगर कमिटि अध्यक्ष संगिता पहाडीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन जिल्ला सदस्य कोपिला तिमलसिनाले गर्नुभएको थियो ।
यसैगरी ११३ औ अन्तराष्ट्रिय नारी दिवशको अबसर पारेर चन्द्रपुर नगरपालिकाको वाड नं. ४ ले पनि शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको थियो । चन्द्रपुर नगरपालिका वाड नं. ४ को आयोजनामा आयोजित कार्यक्रममा सो वाडका महिलाहरुको बाक्लो उपस्थीती रहेको थियो ।
यसैबिच चन्द्रपुर नगरपालिका वाड नं. ३ मा भने नगरपालिकाले दिएको रकमले नेकपा माओबादीको भाृत संगठन अखिल नेपाल महिला संघ क्रान्तिकारीको आयोजनामा भनी कार्यक्रम गरेको छ ।
चन्द्रपुर नगरपालिकाको आर्थिक सहयोगमा वाड कार्यालयले आयोजना गर्नुपर्ने कार्यक्रम माओबादी पार्टीको भातृ संगठन अनेम संघ क्रन्तिकारी आयोजक राखेपछि अन्य पार्टीका महिलाहरु सो कार्यक्रम बहिष्कार गरेको नेकपा एमालेकी नेतृ सरस्वती खुलालले बताउनु भएको छ । वाड कार्यालयको आयोजनामा वाडभरीका सम्पुर्ण महिला दिदी बहिनीहरुलाइ बोलाएर गर्नुपर्ने कार्यक्रम एउटा दलको भातृ संगठनले गर्नु गलत कार्य भएको नेकपा एमालेका वाड कमिटि अध्यक्ष भुनेश्वर गुरोले बताए । नगरपलिकाले नारी दिवश मनाउन हरेक वाडलाइ ३०÷३० हजार सहयोग दिएको थियो ।

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

Related Articles

सावा कर्तनी भनेर दिएको धानको बिउ भदैया परेपछि ….

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाको कृषि शाखा कार्यालयले बितरण गरेको अनुदान धानमा बदमासी भएको पाइएको छ ।नगरपालिकाले ५०% अनुदानमा उन्नत जातको सावा कतर्नि...

गौर कारागारबाट एक जना डाका सहित १० जना कैदी रिहा

रौतहट,३ असोजसंबिधान दिवशको अबसर पारेर रौतहटको गौर कारागारबाट एक जना डाका सहित १० जना कैदि रिहा भएका छन । संबिधान दिवशको अबसरमा...

संबिधान दिवशको अबसरमा चन्द्रपुरका खेलाडीलाइ ट्रयाकसुट हस्तान्तरण

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाले संबिधान दिवशको अबसर पारेर तेक्वान्डो खेलाडीहरुलाइ ट्रयाकसुट हस्तान्तरण गरेको छ ।बिहीबार देखी काठमाडौंमा हुने राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा खेल्न...