Saturday, June 10, 2023

प्राधिकरण चपुर शाखाको करिब साडे ७ करोड रकम सडक बत्तिको महसुल तिर्न बाकी ( कुन पालिकाको कति बाकी )

ताजा / भरखरै प्राप्त

खानेपानीमा हामी गफ हैन काम गरेर देखाउछौ — अध्यक्षका उमेदवार उपाध्याय

खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था चन्द्रनिगाहपुरको जेठ २७ गते शनिबार हुन गइरहेको निर्वाचनको लागि किशोर प्रसाद उपाध्यायको नेतृत्वको प्यानल पनि चुनावी मैदानका...

गौरका पुर्व मेयर गुप्ता एमालेको केन्द्रिय सदस्यमा मनोनित

चन्द्रपुर - गौर नगरपालिकाका पुर्व मेयर तथा रौतहट क्षेत्र नं. १ बाट सघिय संसदका प्रत्यासी अजय गुप्ता नेकपा एमालेको केन्द्रिय सदस्यमा चयन...

सरसफाइमा माबि जुडिबेला प्रथम ,नगद ३५ हजार सहित पुरस्कृत

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. २ मा रहेको माबि जुडिबेला खानेपानी तथा सरसफाइ क्षेत्रमा उत्कृष्ठ अर्थात प्रथम भएको छ ।...

चन्द्रनिगाहपुर खानेपानीको निर्वाचन जेठ २७ गते हुने

चन्द्रपुर- चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था चन्द्रनिगाहपुरको निर्वाचन आउदो जेठ २७ गते हुने भएको छ । जेठ २७ गते हुने निर्वाचनको...

यसै बर्ष भित्र रेडक्रस चन्द्रनिगाहपुर उपशाखाको भवन बन्छ— नगर प्रमुख काफले

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय काफलेले २०८० साल भित्र नेपाल रेडक्रस सोसाईटी चन्द्रनिगाहपुर उपशाखाको भवन बन्ने बताउनुभएको छ । गणतन्त्र...

चन्द्रपुर – नेपाल विद्युत प्राधिकरण चन्द्रनिगाहपुर शाखाको करिब साडे ७ करोड रुपैया सडक बत्तीको बक्यौता रहेको जनाएको छ ।नेपाल बिधुत प्राधिकरण चन्द्रनिगाहपुर शाखा अन्र्तरगतका ५ वटा नगरपालिकाको सडक बत्तिको सो रकम महसुल हो ।
प्राधिकरण चन्द्रनिगाहपुर शाखाका प्रमुख धिरेन्द्र यादबका अनुसार चन्द्रपुर,गुजरा,बृन्दावन,गरुडा र फतुवा बिजयपुर नगरपालिकाले सडक बत्ति बाले वापतको सो महसुल बक्यौता रहेको देखिएको हो । सबैभन्दा बढी चन्द्रपुर नगरपालिकाको १ करोड ९१ लख ५५ हजार ७६ रुपैया बक्यौता देखिएको कार्यालय प्रमुख यादबले जानकारी दिए ।
यसैगरी गुजरा नगरपालिकाको १ करोड ८७ लाख २३ हजार ६८६ रुपैया,बृन्दावन नगरपालिकाको १ करोड ३० लाख २९ हजार ८३० रुपैया,गरुडा नगरपालिकाको ७१ लख २२ हजार ३७१ रुपैया र फतुवा बिजयपुर नगरपालिकाको ८ लाख १५ हजार ९५८ रुपैया गरी जम्मा ५ करोड ९६ लाख ४६ हजार ९२२ रुपैया सावा बाकी रहेको प्रमुख यादबले जानकारी दिएका छन । पाच पालिकाको सो रकमको २५ प्रतिशत हर्जाना सहित जम्मा ७ करोड ४५ लाख ५८ हजार ६५२ रुपैया बक्यौता देखिएको बितरण प्रमुख यादबले बताए । सडक बत्तिको मात्रै सो रकम बक्यौतामा देखिएको उनको भनाइ रहेको छ । समयमा नै उक्त महसुल बुझाउन स्थानिय पालिकाहरुलाइ बितरण प्रमुख यादबले आग्रह गरे ।
यता सडक बती को महसुल बक्यौता तिर्न भन्दै नेपाल विद्युत प्राधिकरणले देशभरका स्थानिय तह लाई सुचना जारी गरेको छ ।नेपाल विद्युत प्राधिकरण को विद्युत महसुल वक्यौतामा ठूलो हिस्सा सडक बत्तीको रहेको छ । स्थानीय निकायले बिधुत प्राधिकरणको सहमति नलिई आफूखुसी सडक बत्ती जडान गर्ने क्रम बढ्दो रहेको र सडक बत्तीको विद्युत शक्ति मापन हुन नसक्दा र मापन गरिएको विद्युत खपतको समेत महसुल भुक्तानी नहुँदा प्रधिकरणले ठूलो नोक्सानी व्यहोर्नुपरेको जनाएको छ ।दोस्रो स्थानीय निर्वाचन २०७९ पछि देशभरीका नगरपालिका र गाउँपालिका निकायले नेपाल विद्युत प्राधिकरणको ऐन विपरीत हकिंग गरि सडक बत्ती जडान गर्ने होडबाजी बढ्दै गएको र उक्त बत्तीको विद्युत शक्ति मापन हुन नसक्दा साथै मापन गरिएको विद्युत खपतको समेत महसुल भुक्तानी बुझाउन बाकीले प्राधिकरणले अत्याधिक मात्रामा नोक्सानी व्यहोर्नुपर्ने अवस्था आएकोले महानगरपालिका, उप महानगरपालिका ,नगरपालिका गाउँपालिका र वडा कार्यालयहरूमा अत्यन्त जरुरी सूचना जारी गरेको जनाएको छ ।
प्राधिकरणले सडक बत्तीको बाँकी बक्यौता विद्युत महसुल शीघ्र भुक्तानी गर्न, वितरण केन्द्रहरूको सहमति नलिई विद्युत लाइनबाट सडक बत्ती जडान नगर्न , जडित सडक बत्तीको विद्युत खपत मापन गर्न शीघ्र मिटर जडान गर्न ,सडक बत्ती सम्बन्धी अन्य थप जानकारीका लागि सम्बन्धित वितरण केन्द्रमा सम्पर्क सुचित गरेको छ ।प्राधिकरणले सडक बत्तीका लागि सिङ्गल फेज इनर्जी मिटर प्राधिकरणले निःशुल्क उपलब्ध गराउने,एउटा सिङ्गल फेज इनर्जी मिटरबाट १०० वाटको ५० वटाभन्दा बढी सडक बत्तीको विद्युत खपत मापन गर्न सकिने हुँदा प्रत्येक सडक बत्तीलाई छुट्टाछुट्टै इनर्जी मिटर उपलब्ध नगराइने र मिटरको क्षमता तथा सडक बत्ती जडान गरेको क्षेत्रको आधारमा सम्बन्धित वितरण केन्द्रसँग समन्वय गरी स्थानीय निकायले छुट्टै केवल तानी सडक बत्तीका लागि मिटर जडान गर्नु÷गराउनुहुन समेत अनुरोध छ ।सडक बत्तीमा मिटर जडान नगरेमा वा विद्युत महसुल बाँकी बक्यौता भुक्तानी नगरेमा प्रचलित नियमानुसार कारवाही हुने समेत प्राधिकरणले सुचनामा उल्लेख गरेको छ ।

लोकप्रिय

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

उपप्रमुख रामले मागेको ३ करोड नदिदा झुठा आरोप लगाउदै गलत प्रचार — नगर प्रमुख कुर्मी

चन्द्रपुर - रौतहट जिल्लाको बृदाबन नगर पालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मीले नगर उपप्रमुखले आर्थिक लाभ लिने उदेश्यले गलत आरोप लगाउने गरेको...

बागमती नपाको डाबरीका करिब ५ सय जना माओबादी परित्याग गरी एमालेमा प्रवेश

सर्लाही - विभिन्न पार्टी छोडेर नेकपा एमालेमा प्रवेश गर्ने लहर देखिएपछि सर्लाहीमा नेकपा एमाले उत्साहित देखिएको छ । खासगरी निर्वाचन क्षेत्र ३...

Related Articles

खानेपानीमा हामी गफ हैन काम गरेर देखाउछौ — अध्यक्षका उमेदवार उपाध्याय

खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था चन्द्रनिगाहपुरको जेठ २७ गते शनिबार हुन गइरहेको निर्वाचनको लागि किशोर प्रसाद उपाध्यायको नेतृत्वको प्यानल पनि चुनावी मैदानका...

गौरका पुर्व मेयर गुप्ता एमालेको केन्द्रिय सदस्यमा मनोनित

चन्द्रपुर - गौर नगरपालिकाका पुर्व मेयर तथा रौतहट क्षेत्र नं. १ बाट सघिय संसदका प्रत्यासी अजय गुप्ता नेकपा एमालेको केन्द्रिय सदस्यमा चयन...

सरसफाइमा माबि जुडिबेला प्रथम ,नगद ३५ हजार सहित पुरस्कृत

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. २ मा रहेको माबि जुडिबेला खानेपानी तथा सरसफाइ क्षेत्रमा उत्कृष्ठ अर्थात प्रथम भएको छ ।...