चन्द्रपुर÷ सरकारमा नेपाली कांग्रेस,नेकपा माओबादी र नेकपा एकिकृत समाजबादी पार्टी बिच गठबन्धन भएता पनि रौतहटको चन्द्रनिगाहपुरमा रहेको जन ज्योति बहुमुखी क्यामपसमा बाम गठबन्धनको संयुक्त प्यानल बनाएर चुनाब लडने भएका छन ।
शनिबार नेकपा एमालेको भातृ संगठन अनेरास्वबियु,नेकपा एसको भातृ संगठन अनेरास्वबियु,नेकपा माओबादीको भातृ संगठन अनेरास्वबियु क्रान्तिकारी र नेपाल जनमत पार्टीको भातृ संगठन बिद्यार्थी जनमत बिच संयुक्त प्यानल बनाएर उमेदवारी दिएका हुन ।
नेकपा एसको भातृ संगठन अनेरास्वबियुका नेता राधेश्याम बैठा अदित्यको नेतृत्वमा बाम गठबन्धनका बिद्यार्थी नेताहरुले संयुक्त प्यानलको उमेदवारी दिएको अनेरास्वबियुका पुर्व केन्द्रिय सदस्य देबराज न्यौपानेले जानकारी दिए ।यसैगरी सचिब पदमा एमाले सर्मथित अनेरास्वबियुका दामोदर उप्रेती सफल,कोषाध्यक्षमा अनेरास्वबियु क्रान्तिकारी अन्जना केसीले उमेदवारी दिएका छन ।
सदस्यहरुमा विश्वास गौतम,अभिषेक कुमार चौधरी, अनिल कुमार पटेल,गौरब सापकोटा,दिक्षा चौधरी,आषिश ठाडा र नबिन कुमार साह कानु रहेको बिद्यार्थी नेता तथा सभापतिका उमेदवार बैठाले जानकारी दिए । अब क्यामपसमा बाम बिद्यार्थीहरुको बिजयलाइ कसैले पनि रोक्न नसक्ने सभापतिका उमेदवार बैठाले बताए । पहिलो स्वबियु निर्वाचनमा पनि बाम बिद्यार्थीहरुले जितेको स्मरण गदै यो निर्वाचनमा पनि बाम गठबनधनका बिद्यार्थीहरु कै बिजयी हुनेमा आफु ढुक्क रहेको उनले बताए । हामीले तल्लो तहबाट पनि बाम एकता अपरिहार्य भएको प्रमाणित गरेर देखाउने सचिबका उमेदवार दामोदर उप्रेती सफलले बताएका छन ।
उमेदवारी दर्तामा नेकपा एमाले मधेश प्रदेशकी उपसचिब आरती भण्डारी,नेकपा एसका यवा नेता तथा रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य प्रत्यासी उमेदवार बालकृष्ण श्रेष्ठ, नेकपा एमाले चन्द्रपुर नगर कमिटिका उपाध्यक्ष राजेन्द्र तिवारी,अनेरास्वबियु क्रान्तिकारीका बिद्यार्थी नेता राजन पटेल जनमत पार्टीका नेताहरु तथा बिभिन्न बिद्यार्थी नेताहरुको सहभागिता रहेको थियो । यही चैत्र ५ गते देशभरका क्याम्पसहरुमा स्वबियुको निर्वाचन गनेर्् तालिका अनुसार आज उनीहरुको उमेदवारी दर्ता भएको हो ।