Saturday, June 10, 2023

रिटर्नी फेडेरेसन रौतहटको अध्यक्षमा जर्गा मगर चयन

ताजा / भरखरै प्राप्त

खानेपानीमा हामी गफ हैन काम गरेर देखाउछौ — अध्यक्षका उमेदवार उपाध्याय

खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था चन्द्रनिगाहपुरको जेठ २७ गते शनिबार हुन गइरहेको निर्वाचनको लागि किशोर प्रसाद उपाध्यायको नेतृत्वको प्यानल पनि चुनावी मैदानका...

गौरका पुर्व मेयर गुप्ता एमालेको केन्द्रिय सदस्यमा मनोनित

चन्द्रपुर - गौर नगरपालिकाका पुर्व मेयर तथा रौतहट क्षेत्र नं. १ बाट सघिय संसदका प्रत्यासी अजय गुप्ता नेकपा एमालेको केन्द्रिय सदस्यमा चयन...

सरसफाइमा माबि जुडिबेला प्रथम ,नगद ३५ हजार सहित पुरस्कृत

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. २ मा रहेको माबि जुडिबेला खानेपानी तथा सरसफाइ क्षेत्रमा उत्कृष्ठ अर्थात प्रथम भएको छ ।...

चन्द्रनिगाहपुर खानेपानीको निर्वाचन जेठ २७ गते हुने

चन्द्रपुर- चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था चन्द्रनिगाहपुरको निर्वाचन आउदो जेठ २७ गते हुने भएको छ । जेठ २७ गते हुने निर्वाचनको...

यसै बर्ष भित्र रेडक्रस चन्द्रनिगाहपुर उपशाखाको भवन बन्छ— नगर प्रमुख काफले

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय काफलेले २०८० साल भित्र नेपाल रेडक्रस सोसाईटी चन्द्रनिगाहपुर उपशाखाको भवन बन्ने बताउनुभएको छ । गणतन्त्र...

चन्द्रपुर – नेकपा एमालेको कान्छो भातृ संगठन तथा बिदेशबाट आएकाहरुको संगठन रिटर्नी फेडेरेसन नेपाल रौतहटको जिल्ला भेला शनिबार सम्पन्न भएको छ । चन्द्रनिगाहपुरको पार्टी कार्यालयमा आयोजित भेलामा नेकपा एमालेका केन्द्रिय सदस्य तथा रौतहट जिल्ला इन्चार्ज उद्धब प्रसाद रेग्मीले बिदेशबाट काम गरेर आउनुभएका सम्पुर्ण दाजुभाइहरु अब एक हुनुपर्ने बताउनुभएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका रेग्मीले अब रिटर्नी फेडेरेसनमा आबद्ध रहनुभएका साथीहरु एकभएर लाग्नुपर्ने दिन आएको बताउनुभएको छ । कार्यक्रममा नेकपा एमाले मधेश प्रदेश कमिटिकी उपसचिब आरती भण्डारी, मधेश प्रदेश सदस्य खडग बम्जन,नेकपा एमाले चन्द्रपुर नगर कमिटिका उपाध्यक्ष राजेन्द्र तिवारी लगायत नेताहरुका उपस्थीती रहेको थियो ।
उक्त जिल्ला भेलाले मिलन जर्गामगरको अध्यक्षतामा १७ सदस्यीय कमिटी गठन भएको छ। कमिटीको उपाध्यक्ष बद्री बहादुर कार्की,सचिव प्रेम बहादुर श्रेष्ठ,सह सचिव शम्भु महतो,धन बहादुर थापा,राजेश खतिवडा,सुरेश लामा,मोहन कार्की,मिन प्रसाद अधिकारी,अलि बकस अन्सारी,जिवन काप्चाकी मगर लगायत १७‌ सदस्यीय कार्यसमिति गठन गरेको रिटर्नी फेडेरेसनका केन्द्रिय सदस्य तथा रौतहट जिल्ला इन्चार्ज खेमराज कार्कीले जानकारी दिए । समितिमा रौतहटको‌ प्रत्येक पालिकाबाट २ जनाको दरले मनोनित गरी ५१ सदस्यीय समिति बनाउने जिम्मा समितिलाई दिइएको छ । समितिले १८ वटै पालिकामा पालिका कमिटी पूर्ण बनाउन पहल गर्ने इन्चार्ज कार्कीले बताए । तदर्थ समितिका अध्यक्ष मदन चौधरीको अध्यक्षतामा उक्त भेला भएको थियो ।

लोकप्रिय

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

उपप्रमुख रामले मागेको ३ करोड नदिदा झुठा आरोप लगाउदै गलत प्रचार — नगर प्रमुख कुर्मी

चन्द्रपुर - रौतहट जिल्लाको बृदाबन नगर पालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मीले नगर उपप्रमुखले आर्थिक लाभ लिने उदेश्यले गलत आरोप लगाउने गरेको...

बागमती नपाको डाबरीका करिब ५ सय जना माओबादी परित्याग गरी एमालेमा प्रवेश

सर्लाही - विभिन्न पार्टी छोडेर नेकपा एमालेमा प्रवेश गर्ने लहर देखिएपछि सर्लाहीमा नेकपा एमाले उत्साहित देखिएको छ । खासगरी निर्वाचन क्षेत्र ३...

Related Articles