Sunday, June 11, 2023

वृन्दावन नगरपालिकाको कार्यालय सार्ने झुटो प्रचार ः नगर प्रमुख कुर्मी

ताजा / भरखरै प्राप्त

खानेपानीमा हामी गफ हैन काम गरेर देखाउछौ — अध्यक्षका उमेदवार उपाध्याय

खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था चन्द्रनिगाहपुरको जेठ २७ गते शनिबार हुन गइरहेको निर्वाचनको लागि किशोर प्रसाद उपाध्यायको नेतृत्वको प्यानल पनि चुनावी मैदानका...

गौरका पुर्व मेयर गुप्ता एमालेको केन्द्रिय सदस्यमा मनोनित

चन्द्रपुर - गौर नगरपालिकाका पुर्व मेयर तथा रौतहट क्षेत्र नं. १ बाट सघिय संसदका प्रत्यासी अजय गुप्ता नेकपा एमालेको केन्द्रिय सदस्यमा चयन...

सरसफाइमा माबि जुडिबेला प्रथम ,नगद ३५ हजार सहित पुरस्कृत

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. २ मा रहेको माबि जुडिबेला खानेपानी तथा सरसफाइ क्षेत्रमा उत्कृष्ठ अर्थात प्रथम भएको छ ।...

चन्द्रनिगाहपुर खानेपानीको निर्वाचन जेठ २७ गते हुने

चन्द्रपुर- चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था चन्द्रनिगाहपुरको निर्वाचन आउदो जेठ २७ गते हुने भएको छ । जेठ २७ गते हुने निर्वाचनको...

यसै बर्ष भित्र रेडक्रस चन्द्रनिगाहपुर उपशाखाको भवन बन्छ— नगर प्रमुख काफले

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय काफलेले २०८० साल भित्र नेपाल रेडक्रस सोसाईटी चन्द्रनिगाहपुर उपशाखाको भवन बन्ने बताउनुभएको छ । गणतन्त्र...

रौतहट, २७ फागुन । रौतहटको वृन्दावन नगरपालिकाका कार्यालय सार्ने कुरा झुटो प्रचार गरेको नगरपालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मीले बताएका छन् । नगरपालिकाको कार्यालय हर्षाहामा सार्न लागेको हल्ला यतिबेला हावा सरह विपक्षीले फैलाइरहेको नगरप्रमुख कुर्मीले बताएका छन् । वृन्दावन नगरपालिकाको कार्यालय बिश्रामपुरमा रहेको र सधै बिश्रामपुरमै रहने उनले प्रष्ट पारे ।
पछिल्लो समय विपक्षीले नगरपालिकामा विवाद सँगै विभिन्न किसिमका अधार बिनाका अपवाह कुराहरु समेत फैलाउन थालेको नगरप्रमुख कुर्मीको भनाई रहेको छ ।
नगरपालिकाको कार्यालय हर्षाहा सारेको, नगरपालिकाका कामकाज हर्षाहामा हुने जस्ता अधारहीन कुरा गरेर आम नगरबासीलाई भ्रममा पार्न खोजेको कुर्मीले बताएका छन् ।
थाहाकर्मीसँग कुराकानी गर्दै नगरप्रमुख कुर्मीले भने, आइतबारबाट नियमित कामकाज वृन्दावन नगरपालिकाको कार्यालय बिश्रामपुरबाटै हुन्छ ।
बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म सम्पूर्ण कर्मचारी र प्रमुख प्रशासकीय अधिकृत सहित आफु पनि नियमित सेवा दिने बताएका छन् ।
समयमा कार्यालय नआउने कर्मचारीलाई कारवाही समेत गर्ने उनले बताए । कार्यालय कसैले सार्न नसक्ने र कार्यालय सार्न आवश्यक पनि नरहेको उनको भनाइ रहेको छ ।
आफु भ्रष्टाचार मुक्त नगर बनाउने उद्देश्यका साथ अगाडि बढिरहेका बेला विपक्षीहरु आफूलाई बदनाम गराउन लागि परेको उनको भनाइ छ ।
नगरप्रमुख कुर्मीले समाजिक सञ्जाल फेसबुक मार्फत सेवाकेन्द्र सार्ने झुटो प्रचार फैलाएर वातावारण खलबल्याउने काम बन्द गर्न समेत माग गरेका छन् । यस्ता प्रचारको पछि नलाग्न समेत उनले आम नगरबासी सँग आग्रह गरेका हुन् ।
विगत केही महिनाअघि देखि वृन्दावन नगरपालिकाको कार्यालयमा आएर आन्दोलनको नाममा अराजकता फैलाउने कर्मचारी माथि कुटपिट गर्ने, जनप्रतिनिधिलाई ज्यानै मार्दिने धम्की दिने, कार्यालयमा तालाबन्दी गरिने, जनताले पाउने पर्ने सेवामा अवरोध गर्ने जस्ता किसिमको विभिन्न समस्यालाई सामना गरि आफूहरु नडराएर निरन्तर जनताले दिएको जनमतलाई साक्षी राखि आफ्नो अधिकारको प्रयोग गरि ती आन्दोलनको नाममा व्यक्तिगत स्वार्थ पुरा गराउन दिनरात बार्गेनिङ्ग गर्नेहरूलाई कुनै वस्ता नगरेपछि उनीहरूको आन्दोलन पछाडिको वास्तविक अनुहार सम्पूर्ण वृन्दावनबासी राम्रोसँग पहिचान गरिसकेको नगरप्रमुख कुर्मीले बताए ।
नेपाल सरकारले तोकिएर पठाएको स्थानमै कार्यालय रहने र केही दिनभित्र ६ करोडको लागतमा वृन्दावन नगरपालिकाको कार्यालयको शिलान्यास हुने बताएका छन् ।

लोकप्रिय

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

उपप्रमुख रामले मागेको ३ करोड नदिदा झुठा आरोप लगाउदै गलत प्रचार — नगर प्रमुख कुर्मी

चन्द्रपुर - रौतहट जिल्लाको बृदाबन नगर पालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मीले नगर उपप्रमुखले आर्थिक लाभ लिने उदेश्यले गलत आरोप लगाउने गरेको...

बागमती नपाको डाबरीका करिब ५ सय जना माओबादी परित्याग गरी एमालेमा प्रवेश

सर्लाही - विभिन्न पार्टी छोडेर नेकपा एमालेमा प्रवेश गर्ने लहर देखिएपछि सर्लाहीमा नेकपा एमाले उत्साहित देखिएको छ । खासगरी निर्वाचन क्षेत्र ३...

Related Articles

खानेपानीमा हामी गफ हैन काम गरेर देखाउछौ — अध्यक्षका उमेदवार उपाध्याय

खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था चन्द्रनिगाहपुरको जेठ २७ गते शनिबार हुन गइरहेको निर्वाचनको लागि किशोर प्रसाद उपाध्यायको नेतृत्वको प्यानल पनि चुनावी मैदानका...

गौरका पुर्व मेयर गुप्ता एमालेको केन्द्रिय सदस्यमा मनोनित

चन्द्रपुर - गौर नगरपालिकाका पुर्व मेयर तथा रौतहट क्षेत्र नं. १ बाट सघिय संसदका प्रत्यासी अजय गुप्ता नेकपा एमालेको केन्द्रिय सदस्यमा चयन...

सरसफाइमा माबि जुडिबेला प्रथम ,नगद ३५ हजार सहित पुरस्कृत

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. २ मा रहेको माबि जुडिबेला खानेपानी तथा सरसफाइ क्षेत्रमा उत्कृष्ठ अर्थात प्रथम भएको छ ।...