Saturday, June 10, 2023

चन्द्रपुर मेयर कपको उपाधि बिरगंज युनाइटेडलाइ

ताजा / भरखरै प्राप्त

खानेपानीमा हामी गफ हैन काम गरेर देखाउछौ — अध्यक्षका उमेदवार उपाध्याय

खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था चन्द्रनिगाहपुरको जेठ २७ गते शनिबार हुन गइरहेको निर्वाचनको लागि किशोर प्रसाद उपाध्यायको नेतृत्वको प्यानल पनि चुनावी मैदानका...

गौरका पुर्व मेयर गुप्ता एमालेको केन्द्रिय सदस्यमा मनोनित

चन्द्रपुर - गौर नगरपालिकाका पुर्व मेयर तथा रौतहट क्षेत्र नं. १ बाट सघिय संसदका प्रत्यासी अजय गुप्ता नेकपा एमालेको केन्द्रिय सदस्यमा चयन...

सरसफाइमा माबि जुडिबेला प्रथम ,नगद ३५ हजार सहित पुरस्कृत

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. २ मा रहेको माबि जुडिबेला खानेपानी तथा सरसफाइ क्षेत्रमा उत्कृष्ठ अर्थात प्रथम भएको छ ।...

चन्द्रनिगाहपुर खानेपानीको निर्वाचन जेठ २७ गते हुने

चन्द्रपुर- चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था चन्द्रनिगाहपुरको निर्वाचन आउदो जेठ २७ गते हुने भएको छ । जेठ २७ गते हुने निर्वाचनको...

यसै बर्ष भित्र रेडक्रस चन्द्रनिगाहपुर उपशाखाको भवन बन्छ— नगर प्रमुख काफले

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय काफलेले २०८० साल भित्र नेपाल रेडक्रस सोसाईटी चन्द्रनिगाहपुर उपशाखाको भवन बन्ने बताउनुभएको छ । गणतन्त्र...

रौतहट,४ चैत्र – रौतहटको चन्द्रनिगाहपुरमा जारी चन्द्रपुर मेयर गोल्डकप–२०७९ को उपाधि बिरगंज युनाइटेड क्लबले पाएको छ । शनिबार भएको फाइनल खेलमा बेङ्खडी युवा क्लब महोत्तरीलाइ ० को बिरुद्ध ३ गोल गरेर बिरगंज युनाइटेडले उपाधि जितेको हो । बिरगंज युनाइटेटका टिम क्याप्टेल जर्सी नं. ११ का कृपा चौधरीले २ गोल गरेर आफनो टिमलाइ सुरक्षित बनाएका थिए ।
खेलको ३० औ मिनेटमा टिम क्याप्टेन जर्सी नं. ११ का कृपा चौधरीले पहिलो गोल गरेका थिए भने दोश्रो गोल खेलको दोश्रो हाफमा टिमका जर्सी नं. १० का बिबेक चौधरीले ६० औ मिनेटमा गोल गरेका थिए । त्यस्तै तेश्रो गोल पनि टिम क्याप्टेन कृपा चौधरीले नै गरेका थिए ।
बिजेता बिरगंज युनाइटेडटिमलाइ चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय काफलेले नगद २ लाख सहित ट्रफि र उपबिजेता बेङ्खडी युवा क्लबलाइ नगद १ लाख सहित ट्रफि प्रदान गरेका थिए ।
चन्द्रनिगाहपुरस्थित तुलसीलाल अमात्य स्मृति रंगशालामा सम्पन्न पहिलो सेमिफाइनलमा विरगञ्जले वाग्मती युवा क्लबलाई १–० ले पराजित गरी फाइनलमा प्रवेश गरेको थियो । यस्तै बेङ्खडी युवा क्लबले नव जन जागृति युवा क्लब सिमारालाइ पराजित गरी फाइलनमा गएको थियो । रौतहट जिल्ला फुटबल संघको आयोजनामा भएको चन्द्रपुर मेयर कप प्रतियोगितामा मधेश प्रदेशका आठ टिमको सहभागिता रहेको रौतहट फुटबल संघका अध्यक्ष भगवान दर्लामीले जानकारी दिएका थिए । खेल फागुण २७ गते देखी संचालनमा आएको थियो ।
उक्त प्रतियोगिताको पुरस्कार बितरण कार्यक्रममा बोल्दै नगर प्रमुख संजय काफलेले खेल जगतको बिकाशको लागी चन्द्रपुर नगरपालिकाले सक्रिय भएर काम गर्ने बताएका थिए ।
कार्यक्रममा उप प्रमुख जयमाला चौधरी,प्रमुख प्रशासकिय अधिकृत किरणनिधि तिवारी,इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी एक नारायण कोइराला, चन्द्रपुर नपाको शिक्षा तथा खेलकुद शाखाका उप सचिब कृष्ण प्रसाद सिग्देल,वाड नं. ४ का वाड अध्यक्ष रबि राना,वाड नं. ५ का अध्यक्ष निलहरी कोइराला,वाड नं. ६ का वाड अध्यक्ष सहदेब केसी, अखिल नेपाल फुटबल संघ मधेश प्रदेशका अध्यक्ष नेपाल कार्की लगायतको उपस्थीती रहेको थियो । रौतहट फुटबल संघका अध्यक्ष भगवान दर्लामीको सभापतित्वमा भएको उक्त कार्यक्रमको संचालन महासचिब मधुसुदन धितालले संंचालन गरेका थिए ।

लोकप्रिय

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

उपप्रमुख रामले मागेको ३ करोड नदिदा झुठा आरोप लगाउदै गलत प्रचार — नगर प्रमुख कुर्मी

चन्द्रपुर - रौतहट जिल्लाको बृदाबन नगर पालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मीले नगर उपप्रमुखले आर्थिक लाभ लिने उदेश्यले गलत आरोप लगाउने गरेको...

बागमती नपाको डाबरीका करिब ५ सय जना माओबादी परित्याग गरी एमालेमा प्रवेश

सर्लाही - विभिन्न पार्टी छोडेर नेकपा एमालेमा प्रवेश गर्ने लहर देखिएपछि सर्लाहीमा नेकपा एमाले उत्साहित देखिएको छ । खासगरी निर्वाचन क्षेत्र ३...

Related Articles

खानेपानीमा हामी गफ हैन काम गरेर देखाउछौ — अध्यक्षका उमेदवार उपाध्याय

खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था चन्द्रनिगाहपुरको जेठ २७ गते शनिबार हुन गइरहेको निर्वाचनको लागि किशोर प्रसाद उपाध्यायको नेतृत्वको प्यानल पनि चुनावी मैदानका...

गौरका पुर्व मेयर गुप्ता एमालेको केन्द्रिय सदस्यमा मनोनित

चन्द्रपुर - गौर नगरपालिकाका पुर्व मेयर तथा रौतहट क्षेत्र नं. १ बाट सघिय संसदका प्रत्यासी अजय गुप्ता नेकपा एमालेको केन्द्रिय सदस्यमा चयन...

सरसफाइमा माबि जुडिबेला प्रथम ,नगद ३५ हजार सहित पुरस्कृत

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. २ मा रहेको माबि जुडिबेला खानेपानी तथा सरसफाइ क्षेत्रमा उत्कृष्ठ अर्थात प्रथम भएको छ ।...