Sunday, May 28, 2023

नेकपा एसमा राजनितिक भबिष्य अन्धकार देखेपछि पुरानै घर फर्कियौ—प्रभाबशाली युवा नेता दाहाल

ताजा / भरखरै प्राप्त

कार्य सम्पादन मुल्याङकनमा मधेश प्रदेश मै गौर नगरपालिका उत्कृष्ठ,एक बर्षको प्रगति बिबरण सार्वजनिक

रौतहट,१३ जेठ,रौतहटको सबैभन्दा पुरानो गौर नगरपालिका कार्यसम्पादन मुल्याङकन मधेश प्रदेश मै सबै पालिका भन्दा उत्कृष्ठ बनेको छ ।नेपाल सरकारबाट आर्थिक बर्ष २०८०÷०८१मा...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका पुर्व सचिब क्षेत्रीले त्यागे सदस्यता

रौतहट - नेपाल पत्रकार महासंघ रौतहट शाखाका पुर्व सचिब राजेन्द्र क्षेत्रीले नेपाल पत्रकार महासंघको सदस्यता त्यागेका छन । नेपाल पत्रकार महासंघको निति...

जेठ १५ गते चन्द्रनिगाहपुरमा बृहत रक्तदान कार्यक्रम हुने,सहभागी हुन सबैलाइ आग्रह

चन्द्रपुर— रौतहटको चन्द्रनिगाहपुर मेनचोकमा जेठ १५ गते बृहत रक्तदान कार्यक्रम हुने भएको छ । नेपाल रेडक्रस सोसाइटी चन्द्रनिगाहपुर उपशाखाको आयोजनामा सोमबार बृहत...

सामुदायिक वन महासंघको केन्द्रिय सदस्यमा रौतहटका खुलाल,ढकाल र यादब निर्वाचित

चन्द्रपुर - सामुदायिक वन उपभोक्ता महासंघको केन्द्रिय समितिमा रौतहट जिल्लाबाट ३ जना केन्द्रिय सदस्यमा निर्वाचित भएका छन । काठमाडौ मा भएको सामुदायिक...

हप्तादिन नबित्दै रौतहटमा २ जनाको हत्या

रौतहट,११ जेठएक हप्ता नबित्दै रौतहटमा दुई जनाको हत्या भएको छ । गत शुक्रबार गौर नगरपालिका वडा नम्वर ७ सिसवा टोलका ४५ वर्षीय...

रौतहट,१० चैत्र
रौतहट क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य तथा पुर्व प्रधानमन्त्री माधब कुमार नेपाल नेतृत्वको नेकपा एसका प्रभाबशाली ३१ जना नेताहरु शुक्रबार पत्रकार सम्मेलन गदै पुरानो घर नेकपा एमालेमा फर्किएका छन । नेकपा एसमा राजनितिक भबिष्य अन्धकार नदेखेपछि आफनो पुरानै घर नेकपा एमालेमा फर्किएको ति नेताहरुले बताएका छन ।
नेकपा एसको तर्फबाट चन्द्रपुर नगरपालिकाका नगर प्रमुखका प्रत्यासी जनप्रिय युवा नेता बाबुराम दाहालले देश बनाउने अडान नेकपा एमाले पार्टीमै रहेको र आफनो तनमन सबै एमालेमै रहेको कारणले गर्दा पनि पुरानै घर प्यारो लागेर फर्किएको बताएका छन ।
घरका छोरा छोरी रिसाएर कहिलेकही बाहिर गए जस्तै बाटो बिराएर गएकोमा आत्मसमिक्षा गरेर नै आफुले पसिना बगाएर बनाएको पुरानो पार्टीमा फर्किन पाउदा हर्षित भएको युवा नेता दाहालले बताए ।
गत २०७९ बैशाख ३० गते भएको स्थानिय तहको निर्वाचन र २०७९ मंसिर ४ गते भएको संघिय तथा प्रदेश सभाको निर्वाचनमा पार्टीका अध्यक्ष माधब कुमार नेपालको भुमिका देखेर नै उनीबाट पार्टी नचल्ने निस्कर्ष निकालेर पुरानो घर नेकपा एमालेमा फर्किएको दाहालको भनाइ रहेको थियो ।
दाहाल नेकपा एसको चन्द्रपुर नगर कमिटि अध्यक्ष हुदै प्रदेश कमिटिका सदस्यको जिम्मेबारीमा थिए । युवा नेता दाहालले नेकपा एमालेमा रहदा तत्कालीन रौतहट क्षेत्र नं. ६ को २ कार्यकाल क्षेत्रिय अध्यक्षको रुपमा पनि काम गरिसकेका छन ।
यस्तै नेकपा एसको प्रदेश कमिटि सदस्य तथा नेकपा एसका पुराना नेता अमर आलेले पनि माधब नेपालको पार्टीमा कुनै पनि कार्यकर्ताको भबिष्य नदेखेको कारण पुरानै घर फर्किएको बताए ।
२०७४ सालको स्थानिय तहको निर्वाचनमा चन्द्रपुर ४ को वाड अध्यक्षमा निर्वाचित समेत रहेका आलेले आफुले मलजल गरेको नेकपा एमाले पार्टी नै भएको कारण पुरानो घर फर्किएको बताए ।
यसैगरी नेकपा एसका मधेश प्रदेशका सचिबालय सदस्य तथा गरुडाका प्रभाबशाली नेता शेख कलिमुल्लाह पनि पुरानै घर फर्किएका छन । नेकपा एसमा राजनितिक सुरक्षित नभएको र आफनो पार्टी भनेको नेकपा एमाले मात्रै जस्तो मन मस्तीकमा रहेको कारण पनि आफनो पुरानो घर फर्किएको नेता कलिमुल्लाहले बताए । नेकपा एसको भाृत संगठनका बिभिन्न तहतप्कामा रहेका नेता कलिमुल्लाहले देशमा कम्युनिष्ट पार्टी भनेको नेकपा एमाले मात्रै भएको प्रष्ट भइसकेको कारण अन्य साथीहरुलाइ पनि आफनो पुरानो घर फर्किन उनले आग्रह गरे ।
सोही कार्यक्रम माफर्त पुरानो घर नेकपा एमाले पार्टीमा फर्किनेहरुमा नेकपा एसका पुराना तथा प्रभाबशाली नेता टिका बहादुर कार्की,जिल्ला कमिटि सदस्यहरु बिनोद चौधर,राजन थापा,रामकुमार खडका,मधुसुदन धिताल,रामचन्द्र दाहाल,नागेन्द्र राउत चौरसिया,सन्नी कुमार जयसवाल,ननीपत सहनी,बलीराम सहनी,शम्भु प्रसाद गुप्ता,वनपती देबी सहनी रहेका छन ।
यस्तै नेकपा एस गरुडा नगर कमिटिका अध्यक्ष श्याम नन्दन सहनी,गरुडा नगर समितिका सदस्यहरु मोहन सहनी,होस नारायण यादबब,सुरेश चौधरी,लाल बहादुर राउत,शेख अनबर,कमलकान्त मिश्र,कपिलदेब मण्डल,शेख मजहर आलम,पारस सहनी,शेख रेयाज,राम सेवक राय लगायत पुरानो पार्टी एमालेमा फर्किएको नेता कलिमुल्लाहले जानकारी दिएका छन ।
पुरानो घर नेकपा एमालेमा फर्किनेहरुलाइ नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा मधेश प्रदेशका सह इन्चार्ज पुरुषोतम पौडेलले स्वागत गरेका थिए ।
कार्यक्रममा गरुडा नगरपालिकाका नगर प्रमुख कन्थमणी जयसवाल,पार्टीका मधेश प्रदेश सदस्य रामजी साह लगायतको उपस्थीती रहेको थियो ।

लोकप्रिय

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

उपप्रमुख रामले मागेको ३ करोड नदिदा झुठा आरोप लगाउदै गलत प्रचार — नगर प्रमुख कुर्मी

चन्द्रपुर - रौतहट जिल्लाको बृदाबन नगर पालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मीले नगर उपप्रमुखले आर्थिक लाभ लिने उदेश्यले गलत आरोप लगाउने गरेको...

बागमती नपाको डाबरीका करिब ५ सय जना माओबादी परित्याग गरी एमालेमा प्रवेश

सर्लाही - विभिन्न पार्टी छोडेर नेकपा एमालेमा प्रवेश गर्ने लहर देखिएपछि सर्लाहीमा नेकपा एमाले उत्साहित देखिएको छ । खासगरी निर्वाचन क्षेत्र ३...

Related Articles

कार्य सम्पादन मुल्याङकनमा मधेश प्रदेश मै गौर नगरपालिका उत्कृष्ठ,एक बर्षको प्रगति बिबरण सार्वजनिक

रौतहट,१३ जेठ,रौतहटको सबैभन्दा पुरानो गौर नगरपालिका कार्यसम्पादन मुल्याङकन मधेश प्रदेश मै सबै पालिका भन्दा उत्कृष्ठ बनेको छ ।नेपाल सरकारबाट आर्थिक बर्ष २०८०÷०८१मा...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका पुर्व सचिब क्षेत्रीले त्यागे सदस्यता

रौतहट - नेपाल पत्रकार महासंघ रौतहट शाखाका पुर्व सचिब राजेन्द्र क्षेत्रीले नेपाल पत्रकार महासंघको सदस्यता त्यागेका छन । नेपाल पत्रकार महासंघको निति...

जेठ १५ गते चन्द्रनिगाहपुरमा बृहत रक्तदान कार्यक्रम हुने,सहभागी हुन सबैलाइ आग्रह

चन्द्रपुर— रौतहटको चन्द्रनिगाहपुर मेनचोकमा जेठ १५ गते बृहत रक्तदान कार्यक्रम हुने भएको छ । नेपाल रेडक्रस सोसाइटी चन्द्रनिगाहपुर उपशाखाको आयोजनामा सोमबार बृहत...