Monday, June 5, 2023

प्रेस चौतारी नेपाल रौतहट शाखाको बिस्तारित बैठक सम्पन्न

ताजा / भरखरै प्राप्त

गौरका पुर्व मेयर गुप्ता एमालेको केन्द्रिय सदस्यमा मनोनित

चन्द्रपुर - गौर नगरपालिकाका पुर्व मेयर तथा रौतहट क्षेत्र नं. १ बाट सघिय संसदका प्रत्यासी अजय गुप्ता नेकपा एमालेको केन्द्रिय सदस्यमा चयन...

सरसफाइमा माबि जुडिबेला प्रथम ,नगद ३५ हजार सहित पुरस्कृत

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. २ मा रहेको माबि जुडिबेला खानेपानी तथा सरसफाइ क्षेत्रमा उत्कृष्ठ अर्थात प्रथम भएको छ ।...

चन्द्रनिगाहपुर खानेपानीको निर्वाचन जेठ २७ गते हुने

चन्द्रपुर- चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था चन्द्रनिगाहपुरको निर्वाचन आउदो जेठ २७ गते हुने भएको छ । जेठ २७ गते हुने निर्वाचनको...

यसै बर्ष भित्र रेडक्रस चन्द्रनिगाहपुर उपशाखाको भवन बन्छ— नगर प्रमुख काफले

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय काफलेले २०८० साल भित्र नेपाल रेडक्रस सोसाईटी चन्द्रनिगाहपुर उपशाखाको भवन बन्ने बताउनुभएको छ । गणतन्त्र...

जन ज्योति बहुमुखी क्यामपसको अध्यक्षमा कार्की सहितको टिम र्निबिरोध

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ६ मा रहेको जन ज्योति बहुमुखी क्याम्पस ब्यबस्थापन समितिको अध्यक्षमा संजय कार्कीको सहितको टिम सर्वसहमत चयन...

चन्द्रपुर – प्रेस चौतारी नेपाल रौतहट शाखाको बिस्तारीत बैठक शनिबार रौतहटको बंकुलमा सम्पन्न भएको छ । नेकपा एमाले मिसन ग्रास रुटका केन्द्रिय प्रतिनिधि अजय कुमार गुप्ताको प्रमुख आतिथ्यतामा उक्त बिस्तारित बैठक सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि गुप्ताले मिसन ग्रास रुट कार्यक्रमको बारेमा र त्यसको प्रभाब बारे जानकारी गराउनुभएको थियो । समाजलाइ सम्बृद्धि बनाउनको लागी पत्रकारको प्रमुख भुमिका भएको बताउदै एमाले नेता गुप्ताले पत्रकारको धर्म र मर्म अनुसार काम गर्न आग्रह गर्नुभएको छ ।
यसैगरी कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रिय सचिब तथा मधेश प्रदेश इन्चार्ज कमल कुमार उपाध्यायले अब प्रेस चौतारी नेपाललाइ मधेश प्रदेशको सबैभन्दा बलियो संगठन भएको बताउनुभएको छ । आउदा निकट दिन मै मधेश प्रदेशका ८ वटै जिल्लामा प्रेस चौतारी नेपालको संगठन अझ मजबुद बनाउने अभियान चलाउने केन्द्रिय सचिब उपाध्यायले जानकारी दिनुभएको छ ।
यसैगरी नेपाल पत्रकार महासंघ केन्द्रिय समितिका सदस्य केसी लामिछानेले नेपालको पत्रकारिता जगतमा प्रेस चौतारी नेपालको भुमिका बारे जानकारी गराउनुभएको थियो ।
यस्तै नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिब श्याम बन्जाराले नेपाल पत्रकार महासंघको केन्द्रिय र्सकुर अनुसार प्रदेशले काम गरिहेको बताउनुभएको छ । नेपाल पत्रकार महासंघको आउदो मधेश प्रदेश निर्वाचनमा प्रेस चौतारी टिमको जित निश्चत रहेको महासचिब श्याम बन्जाराले गनुभएको छ ।
कार्यक्रममा प्रेस चौतारी नेपालका मधेश प्रदेश सह इन्चार्ज तथा केन्द्रिय सदस्य अच्युत पौडेल,केन्दीय सदस्य संजय मिश्रा,प्रेस चौतारी मधेश प्रदेशका महासचिब गौतम श्रेष्ठले नेपाल पत्रकार महासंघ मधेश प्रदेशका सदस्य शैलेन्द्र झाले शुभकामना ब्यक्त गर्नुभएको थियो ।
बैठकले प्रेस चौतारी नेपाल मधेश प्रदेशका अध्यक्ष फणि महतको स्वास्थ्य उपचारको लागी ५१ हजार आर्थिक सहयोग गर्ने, नेपाल पत्रकार महासंघ रौतहट शाखामा भएका नया सदस्य तथा सदस्यता नबिकरणको सम्बन्धमा प्रभाबकारी भुमिका निर्वाह गर्ने बारे छलफल गरि निर्णय गरेको छ ।
प्रेस चौतारी नेपाल रौतहट शाखाका अध्यक्ष उत्तम कुमार उपाध्यायको सभापतित्वमा सम्पन्न उक्त बिस्तारीत बैठकमा चौतारीका केन्द्रिय सदस्य तथा रौतहट इन्चार्ज रमेश तिमलसिनाले स्वागत मन्तब्य राख्नु भएको थियो ।
शाखाका सचिब मुकेश कुमार साहको संचालनमा भएको उक्त बैठकमा रौतहटका अग्रज पत्रकार अशोक कुमार पहाडी लगायत जिल्लभरीका प्रेस चौतारी नेपालमा आबद्ध सदस्यहरुको उपस्थीती रहेको थियो ।

लोकप्रिय

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

उपप्रमुख रामले मागेको ३ करोड नदिदा झुठा आरोप लगाउदै गलत प्रचार — नगर प्रमुख कुर्मी

चन्द्रपुर - रौतहट जिल्लाको बृदाबन नगर पालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मीले नगर उपप्रमुखले आर्थिक लाभ लिने उदेश्यले गलत आरोप लगाउने गरेको...

बागमती नपाको डाबरीका करिब ५ सय जना माओबादी परित्याग गरी एमालेमा प्रवेश

सर्लाही - विभिन्न पार्टी छोडेर नेकपा एमालेमा प्रवेश गर्ने लहर देखिएपछि सर्लाहीमा नेकपा एमाले उत्साहित देखिएको छ । खासगरी निर्वाचन क्षेत्र ३...

Related Articles

गौरका पुर्व मेयर गुप्ता एमालेको केन्द्रिय सदस्यमा मनोनित

चन्द्रपुर - गौर नगरपालिकाका पुर्व मेयर तथा रौतहट क्षेत्र नं. १ बाट सघिय संसदका प्रत्यासी अजय गुप्ता नेकपा एमालेको केन्द्रिय सदस्यमा चयन...

सरसफाइमा माबि जुडिबेला प्रथम ,नगद ३५ हजार सहित पुरस्कृत

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. २ मा रहेको माबि जुडिबेला खानेपानी तथा सरसफाइ क्षेत्रमा उत्कृष्ठ अर्थात प्रथम भएको छ ।...

चन्द्रनिगाहपुर खानेपानीको निर्वाचन जेठ २७ गते हुने

चन्द्रपुर- चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था चन्द्रनिगाहपुरको निर्वाचन आउदो जेठ २७ गते हुने भएको छ । जेठ २७ गते हुने निर्वाचनको...