Friday, September 22, 2023

मर्धर सिमसार बचाउ संघर्ष समितिद्धारा मेयर काफलेलाइ ज्ञापन पत्र हस्तान्तरण
सिमसार क्षेत्रको चारकिल्ला छुट्टयाई तत्काल घेरावेरा गर्न माग

ताजा / भरखरै प्राप्त

सावा कर्तनी भनेर दिएको धानको बिउ भदैया परेपछि ….

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाको कृषि शाखा कार्यालयले बितरण गरेको अनुदान धानमा बदमासी भएको पाइएको छ ।नगरपालिकाले ५०% अनुदानमा उन्नत जातको सावा कतर्नि...

गौर कारागारबाट एक जना डाका सहित १० जना कैदी रिहा

रौतहट,३ असोजसंबिधान दिवशको अबसर पारेर रौतहटको गौर कारागारबाट एक जना डाका सहित १० जना कैदि रिहा भएका छन । संबिधान दिवशको अबसरमा...

संबिधान दिवशको अबसरमा चन्द्रपुरका खेलाडीलाइ ट्रयाकसुट हस्तान्तरण

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाले संबिधान दिवशको अबसर पारेर तेक्वान्डो खेलाडीहरुलाइ ट्रयाकसुट हस्तान्तरण गरेको छ ।बिहीबार देखी काठमाडौंमा हुने राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा खेल्न...

कार्यकारी अधिकृतले १८ करोडको अकुत सम्पत्ति आर्जन गरेको ठहर

काठमाडौं । करिब १८ करोड रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेका टोखा नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत ऋषिराम अर्याल दोषी ठहर भएका...

बौधीमाइ नपामा कुनै पनि बाहनामा बिद्यालय बन्द गरे कार्वाही

रौतहट,२ असोजसघिंय संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को विरोधमा शिक्षक महासंघले देशभरका बिद्यालय बन्द...

चन्द्रपुर – रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ८ मा रहेको मर्धर सिमसार क्षेत्रको जमिन भु माफियाले हत्याएपछि सोमबार देखी नै मर्धर सिमसार बचाउ संघर्ष समितिले आफनो कार्यलाइ तिब्रता दिएको छ । संघर्ष समितिका संयोजक शिव प्रसाद आचार्यले सोमबार मर्धर सिमसार क्षेत्रको रक्षा गर्नको लागी चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय काफलेलाइ ज्ञापन पत्र समेत बुझाएका हुन । मर्धर सिमसार नगरबासीको अमुल्य सम्पती रहेको जनाउदै संघर्ष समितिका संयोजक आचार्यले त्यस क्षेत्रको संरक्षणको लागी पहलीकदम चाल्न नगर प्रमुख काफले संग आग्रह गरेका छन ।
मर्धर सिमसार प्राकृतिक सौन्दर्यता जैविक विविधता लगायतको महत्वले भरिपूर्ण नगरकै गौरव एवं पर्यटकीय संभावना बोकेको सार्वजानिक स्थल भएको हुदा यसको संरक्षण र प्रर्वद्धन गर्न सके नगरमा लाखौ पर्यटक भित्रने र त्यस बाट नगरपालिका र स्थानियले प्रत्यक्ष लाभ लिन सक्ने अवस्था रहेको उक्त ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।
यसको संरक्षण र विकासमा सम्बन्धित निकायको खासै ध्यान गएको नदेखिएको र राज्यका विभिन्न तहबाट विनीयोजीत रकम समेत योजनावद्ध र पारदर्शि तरिकाले खर्च नभएको सो पत्रमा जनाइएको छ ।
प्रदेश सरकारबाट छुटयाइएको बजेट कार्यान्वयन गर्ने कममा उक्त सिमसार क्षेत्र विभिन्न व्यक्तिहरुको नाममा रहेको भन्दै योजना कार्यान्वयन नहुने भन्ने बुझिएकोले उक्त सार्वजनिक ( न.पा.को ) सम्पति हाल पोखरी रहेको स्थान समेत कित्ताकाट गरि व्यक्तिहरुको नाममा गराउने काम कुन समयमा क–कसको संलग्नतामा भएको हो सो सम्बन्धमा यथार्थ छानबिन गरि कार्वाही गर्न र उक्त सिमसार क्षेत्रको क्षेत्रफल यकिन गरि घेरावेरा तथा कम्पाउण्ड गरि त्यसको संरक्षण गर्ने काम तुरुन्त गरियोस भनि यो ज्ञापन पत्र पेश गरेको संघर्ष समितिका संयोजक आचार्यले जानकारी दिए ।
उक्त सिमसारलाई व्यवस्थीत तरिकाले विकास गर्न व्यक्तिको नाममा गरिएको जमिन तुरुन्त खारेज गरि नगरपालिकाको नाममा ल्याउनु पर्ने,नगरको गौरवको योजना घोषणा गरि लागु गर्नु पर्ने, सिमसार संरक्षण एवम् विकासको गुरु योजना बनाइ लागु गर्नुपर्ने, सिमसार क्षेत्रको चारकिल्ला छुट्टयाई तत्काल घेरावेरा र कम्पाउण्ड गर्नुपर्ने, वर्षायाममा जम्मा हुने पानीले नजिकैको बस्ती डुवान हुने भएकाले पानीको निकासको “उचित व्यवस्था मिलाउनु पर्ने र विगतका बर्षमा सिमसार क्षेत्रको पोखरीको ठेक्काबाट के कति आम्दानी भयो ? र चालू आ.व. मा किन ठेक्का लागेन सोको जानकारी गराई आगामी आ.व. मा अनिवार्य ठेक्का लगाउनुपर्ने माग सो ज्ञापन पत्रमा उल्लेख गरेको संयोजक आचार्यले जानकारी दिए ।
जिल्लाकै ऐतिहासिक र्मधर सिमसार क्षेत्रलाई भु माफियालले आफ्नो नाममा गरेपछि स्थानिय नागरिकहरु आन्दोलनमा उत्रिन बाध्य भएका हुन । भु माफियाले मालपोत कार्यालय र नापी कार्यालयका कर्मचारीको मिलेमतोमा १० कठाका दरले २० टुक्रा गरेका छन् । मरधर सिमसार क्षेत्र माफियाको नाममा गएपछि मरधरको विकासका लागि प्रदेश सरकारले दिएको एक करोड ५० लाख रुपैया फिर्ता भएको चन्द्रपुर नगरपालिकाले जनाएको छ । सिमसारको सुख्खा स्थान कब्जा भएकोमा पछिल्लो समय माफियाले पानी भएको क्षेत्र समेत बिभिन्न २० जनाको नाममा नामसारी गरेकाछन् ।

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

Related Articles

सावा कर्तनी भनेर दिएको धानको बिउ भदैया परेपछि ….

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाको कृषि शाखा कार्यालयले बितरण गरेको अनुदान धानमा बदमासी भएको पाइएको छ ।नगरपालिकाले ५०% अनुदानमा उन्नत जातको सावा कतर्नि...

गौर कारागारबाट एक जना डाका सहित १० जना कैदी रिहा

रौतहट,३ असोजसंबिधान दिवशको अबसर पारेर रौतहटको गौर कारागारबाट एक जना डाका सहित १० जना कैदि रिहा भएका छन । संबिधान दिवशको अबसरमा...

संबिधान दिवशको अबसरमा चन्द्रपुरका खेलाडीलाइ ट्रयाकसुट हस्तान्तरण

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाले संबिधान दिवशको अबसर पारेर तेक्वान्डो खेलाडीहरुलाइ ट्रयाकसुट हस्तान्तरण गरेको छ ।बिहीबार देखी काठमाडौंमा हुने राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा खेल्न...