Sunday, May 28, 2023

काठ तस्करको ध्यान अब सामुदायिक वनको घाटगद्दीमा , काठ चोर्दा चोर्दै गाडी र काठ बरामद

ताजा / भरखरै प्राप्त

कार्य सम्पादन मुल्याङकनमा मधेश प्रदेश मै गौर नगरपालिका उत्कृष्ठ,एक बर्षको प्रगति बिबरण सार्वजनिक

रौतहट,१३ जेठ,रौतहटको सबैभन्दा पुरानो गौर नगरपालिका कार्यसम्पादन मुल्याङकन मधेश प्रदेश मै सबै पालिका भन्दा उत्कृष्ठ बनेको छ ।नेपाल सरकारबाट आर्थिक बर्ष २०८०÷०८१मा...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका पुर्व सचिब क्षेत्रीले त्यागे सदस्यता

रौतहट - नेपाल पत्रकार महासंघ रौतहट शाखाका पुर्व सचिब राजेन्द्र क्षेत्रीले नेपाल पत्रकार महासंघको सदस्यता त्यागेका छन । नेपाल पत्रकार महासंघको निति...

जेठ १५ गते चन्द्रनिगाहपुरमा बृहत रक्तदान कार्यक्रम हुने,सहभागी हुन सबैलाइ आग्रह

चन्द्रपुर— रौतहटको चन्द्रनिगाहपुर मेनचोकमा जेठ १५ गते बृहत रक्तदान कार्यक्रम हुने भएको छ । नेपाल रेडक्रस सोसाइटी चन्द्रनिगाहपुर उपशाखाको आयोजनामा सोमबार बृहत...

सामुदायिक वन महासंघको केन्द्रिय सदस्यमा रौतहटका खुलाल,ढकाल र यादब निर्वाचित

चन्द्रपुर - सामुदायिक वन उपभोक्ता महासंघको केन्द्रिय समितिमा रौतहट जिल्लाबाट ३ जना केन्द्रिय सदस्यमा निर्वाचित भएका छन । काठमाडौ मा भएको सामुदायिक...

हप्तादिन नबित्दै रौतहटमा २ जनाको हत्या

रौतहट,११ जेठएक हप्ता नबित्दै रौतहटमा दुई जनाको हत्या भएको छ । गत शुक्रबार गौर नगरपालिका वडा नम्वर ७ सिसवा टोलका ४५ वर्षीय...

रौतहट,१० बैशाख
रौतहटको एक समुदायिक वन उपभोक्ता समुहको घाटगद्दीबाट काठ चोर्दा चोर्दै गरेको अबस्थामा पिकअप भ्यान सहित काठ बरामद भएको छ । रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. २ मा रहेको नमुना सामुदायिक वन उपभोक्ता समुहको घाटगद्दीबाट डिभिजन वन कार्यालयको टोलीले काठ सहित पिकअप भ्यान बरामद गरेको हो ।
वनको टोलीले आइतबार राती करिब २ बजे प्रदेश ०२—०३— ००१च ४१७९ नम्बरको पिकअप भ्यान सहित ६३ क्युफिट काठ बरामद गरेको सोही क्षेत्र हेर्ने पौराइ सब डिभिजन वन कार्यालय जुडिबेलाका फरेष्टर शम्भु महतोले जानकारी दिएका छन ।
सो गाडी घाटगद्दीमा काठ लोड गरिसकेको अबस्थामा पक्राउ गरेको र काठ तस्कर फरार भएको फरेष्टर महतोले जानकारी दिए । सो नमुना सामुदायिक वनका उपभोक्त समुहका पदाधिकारीबाट नै काठ चोरी भइरहेको सुराकी आएपछि तुरुन्त वनको टोली काठको घाटगद्दी पुगेको महतोले बताए । बरामद काठ र पिकअप भ्यान डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरलाइ बुझाइएको छ ।
यता सोही नमुना सामुदायिक वन उपभोक्ता समुह जुडिबेलाका अध्यक्ष अजय कुमार चौधरीले आफनो सामुदायिक वन क्षेत्रमा तस्करले गिद्दे नजर लगाएको थाहा पाएपछि दिनरात गस्ती गर्ने गरेको बताए । तस्कर सल्बलाएको थाहा पाएपछि शनिबार रातभरी गस्ती गरेको र सोही क्रममा तस्करको गाडी घाटगद्दी मै भेटिएपछि वनका कर्मचारीलाइ खबर गरेर गाडी बरामद गर्न सफल भएको अध्यक्ष चौधरीले जानकारी दिए । लामो समय देखी अस्तब्यस्त रहेको उक्त सामुदायिक वनलाइ एउटा ट्रयाकमा ल्याउने काम भएको र आफनो वन क्षेत्रमा तस्करलाइ निषेध गर्ने प्रतिबद्धता समेत अध्यक्ष चौधरीले जनाएका छन ।
सो गाडी कस्को हो भन्ने बारे यातायात ब्यबस्था कार्यालय बिरगंज संग बुझने प्रक्रियामा गएको डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरका डिभिजन वन प्रमुख सुनिल कुमार कर्णले जानकारी दिएका छन । सो क्षेत्रमा त्यस्ता प्रकारका साना गाडी हिडन थालेपछि निगरानी बढाइएको र उपभोक्ताहरुलाइ पनि सहजग बन्न अनुरोध गरेको डिभिजन वन कार्यालय प्रमुख कर्णले जानकारी दिए ।
हिजो आज तस्करहरु जंगलबाट काठ काटन नपाएपछि घाटगद्दी मै गिद्दे नजर लगाउन थालेको कर्णको भनाइ छ । काठ तस्करहरुले बढी मात्रामा पिकअप भ्यान प्रयोग गरेको पाइएको छ । काठ तस्करी गर्न सजिलो भएको कारण उक्त भ्यानको बढी प्रयोगमा आएका हुन । केही महिना यता मात्रै डिभिजन वन कार्यालय चन्द्रनिगाहपुरले ३ वटा पिकअप भ्यान,१ वटा टेक्टर र १ वटा ट्रक बरामद गरेको डेफु कर्णले जानकारी दिए ।
यसैगरी राज्यको निति र सामुदायिक वनहरुको कागजी अडचनले गर्दा सामुदायिक वनका काठ दाउरा बिक्री बितरणमा ढिलाइ भएको उनको भनाइ रहेको छ । सामुदायिक वनहरुको लेखा परिक्षण देखी बिभिन्न प्रतिबेदन र नबिकरण नहुदा केही सामुदायिक वनका काठहरु कुहिने अबस्थामा रहेको डेफु कर्णले बताए । केही राज्यको नितिको कारणले बिक्री बितरणमा ढिलाइ भएको उनको भनाइ छ । अहिले धेरै सामुदायिक वनहरुले बिक्रि बितरणको लागी अनुमति लगेको र काठ कुहिनबाट जोगाउन वन सक्रिय भएर काम गरिरहेको उनले बताए । रौतहटका करिब ३० भन्दा बढी सामुदायिक वनका लार्खाै क्युफिट काठ कुहिने अबस्थामा छन भने केही काठ डडेलोले समेत नष्ट भएका छन ।

लोकप्रिय

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

उपप्रमुख रामले मागेको ३ करोड नदिदा झुठा आरोप लगाउदै गलत प्रचार — नगर प्रमुख कुर्मी

चन्द्रपुर - रौतहट जिल्लाको बृदाबन नगर पालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मीले नगर उपप्रमुखले आर्थिक लाभ लिने उदेश्यले गलत आरोप लगाउने गरेको...

बागमती नपाको डाबरीका करिब ५ सय जना माओबादी परित्याग गरी एमालेमा प्रवेश

सर्लाही - विभिन्न पार्टी छोडेर नेकपा एमालेमा प्रवेश गर्ने लहर देखिएपछि सर्लाहीमा नेकपा एमाले उत्साहित देखिएको छ । खासगरी निर्वाचन क्षेत्र ३...

Related Articles

कार्य सम्पादन मुल्याङकनमा मधेश प्रदेश मै गौर नगरपालिका उत्कृष्ठ,एक बर्षको प्रगति बिबरण सार्वजनिक

रौतहट,१३ जेठ,रौतहटको सबैभन्दा पुरानो गौर नगरपालिका कार्यसम्पादन मुल्याङकन मधेश प्रदेश मै सबै पालिका भन्दा उत्कृष्ठ बनेको छ ।नेपाल सरकारबाट आर्थिक बर्ष २०८०÷०८१मा...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका पुर्व सचिब क्षेत्रीले त्यागे सदस्यता

रौतहट - नेपाल पत्रकार महासंघ रौतहट शाखाका पुर्व सचिब राजेन्द्र क्षेत्रीले नेपाल पत्रकार महासंघको सदस्यता त्यागेका छन । नेपाल पत्रकार महासंघको निति...

जेठ १५ गते चन्द्रनिगाहपुरमा बृहत रक्तदान कार्यक्रम हुने,सहभागी हुन सबैलाइ आग्रह

चन्द्रपुर— रौतहटको चन्द्रनिगाहपुर मेनचोकमा जेठ १५ गते बृहत रक्तदान कार्यक्रम हुने भएको छ । नेपाल रेडक्रस सोसाइटी चन्द्रनिगाहपुर उपशाखाको आयोजनामा सोमबार बृहत...