Sunday, May 28, 2023

रिटर्नी फेडेरेशनले “रिटर्नी संरक्षण कोष” बनाउने

ताजा / भरखरै प्राप्त

कार्य सम्पादन मुल्याङकनमा मधेश प्रदेश मै गौर नगरपालिका उत्कृष्ठ,एक बर्षको प्रगति बिबरण सार्वजनिक

रौतहट,१३ जेठ,रौतहटको सबैभन्दा पुरानो गौर नगरपालिका कार्यसम्पादन मुल्याङकन मधेश प्रदेश मै सबै पालिका भन्दा उत्कृष्ठ बनेको छ ।नेपाल सरकारबाट आर्थिक बर्ष २०८०÷०८१मा...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका पुर्व सचिब क्षेत्रीले त्यागे सदस्यता

रौतहट - नेपाल पत्रकार महासंघ रौतहट शाखाका पुर्व सचिब राजेन्द्र क्षेत्रीले नेपाल पत्रकार महासंघको सदस्यता त्यागेका छन । नेपाल पत्रकार महासंघको निति...

जेठ १५ गते चन्द्रनिगाहपुरमा बृहत रक्तदान कार्यक्रम हुने,सहभागी हुन सबैलाइ आग्रह

चन्द्रपुर— रौतहटको चन्द्रनिगाहपुर मेनचोकमा जेठ १५ गते बृहत रक्तदान कार्यक्रम हुने भएको छ । नेपाल रेडक्रस सोसाइटी चन्द्रनिगाहपुर उपशाखाको आयोजनामा सोमबार बृहत...

सामुदायिक वन महासंघको केन्द्रिय सदस्यमा रौतहटका खुलाल,ढकाल र यादब निर्वाचित

चन्द्रपुर - सामुदायिक वन उपभोक्ता महासंघको केन्द्रिय समितिमा रौतहट जिल्लाबाट ३ जना केन्द्रिय सदस्यमा निर्वाचित भएका छन । काठमाडौ मा भएको सामुदायिक...

हप्तादिन नबित्दै रौतहटमा २ जनाको हत्या

रौतहट,११ जेठएक हप्ता नबित्दै रौतहटमा दुई जनाको हत्या भएको छ । गत शुक्रबार गौर नगरपालिका वडा नम्वर ७ सिसवा टोलका ४५ वर्षीय...

ईटहरी , वैशाख १८
रिटर्नी फेडेरेन नेपाल ९ आर।एफ।एन।० ले “रिटर्नी संरक्षण कोष” बनाउने भएको छ । यही वैशाख १६ र १७ गते कोशी प्रदेशको ईटहरीमामा बसेको केन्द्रीय समितिको वैठकले रिटर्नीहरुको आपत विपतमा सहयोगीको लागि “रिटर्नी संरक्षण कोष” बनाउने सहितको विभिन्न निर्णयहरु गरेको छ ।
वैठकहले ३ महिना भित्रमा बाँकी रहेका जिल्लामा संगठन बिस्तारगर्ने, बिभाग र सञ्जालका कार्यमा तिब्रता गर्ने, वेबसाईट र एप मार्फत साँगठनिक गतिबिधिको प्रचार र सदस्यहरुको बिस्तृत तथ्यांक संकलनगर्ने,उद्यमशिलता सम्बन्धी प्रशिक्षण, तालिम, गोष्ठी आयोजना गर्ने कार्ययोजना तयार गरेको छ ।
यसैगरि पार्टीका आम रिटर्नीहरुको साझा सामाजिक संस्थाको रूपमा बिकास गर्ने ,नेकपा ९एमाले० को निर्देशन र आव्हानमा हुने सबैखाले अभियान र कार्यक्रमहरुमा संगठनको सिंगो शक्ति परिचालन गर्ने भएको छ ।

नियमित रुपमा बैचारिक, कार्यक्रमिक र सांगठनिक प्रशिक्षण कार्यक्रमहरु आयोजना गर्ने ,संगठन निर्माण, अभिलेखिकरण, परिचालन, प्रशिक्षण र प्रचारप्रसारलाई प्राथमिक कार्यसूचिमा राखि कठोरताका साथ कार्यान्वयन गर्ने ,राज्य तहबाट रिटर्नीहरुको समग्र ब्यवस्थापनको लागि पार्टी मार्फत छुट्टै सरकारी संरचनानिर्माणका निम्ति पहल गर्ने लगायत उधमशिलतालाई प्रमुख प्राथमिकतामा राखेर काम गर्ने योजना तयार गरेको छ ।
विभिन्न प्रदेशहरुमा प्रशिक्षण सहित केन्द्रीय समिति वैठक बस्ने निर्णय अनुसार यस पटक कोशीमा बसेको बैठक आगामी ४ महिना पछि भौतिक रुपमा लुम्बिनीमा बस्ने भएको छ ।

यस अघि पहिलो चरणमा प्रशिक्षण विभागका संयोजक विनोद भटराईको संयोजकत्वमा प्रशिक्षण कार्यक्रम भएको हो । सो प्रशिक्षणमा,प्रमुख अतिथी नेकपा एमालेका महासचिव शंकर पोख्रेल, बिशेष अतिथी उप–महासचिव तथा स्कुल विभाग प्रमुख प्रदिप ज्ञवाली, स्थायी कमिटी सदस्य तथा जनसंगठन समन्वय संयन्त्र प्रमुख भानुभक्त ढकाल, पोलिटब्यूरो सदस्य बिशाल भट्टराई, केन्द्रीय सदस्य तथा जनसंगठन संयन्त्र उप–संयोजक रचना खड्का, पार्टी कोशी प्रदेश कमिटी अध्यक्ष तुल्सी न्यौपाने, सुनसरी जिल्ला कमिटी अध्यक्ष रेवती भण्डारी, ईटहरी उप–महानगर कमिटी अध्यक्ष यम सुब्बा, संगठनका सल्लाहकार उमेश अधिकारीले फेडेरेशनका प्रतिनिधिहरु विच सम्बोधन तथा आथित्यता गर्नुभएको छ ।

प्रवासमा रहेकाहरुको परिवारलाई जोडन “प्रवासी परिवार सञ्जाल”, विदेशबाट फर्केर विभिन्न उधम गरिरहेकाहरुलाई जोडन “उधमी सञ्जाल”,विदेशबाट फर्केका महिलाहरुलाई जोडन “महिला सञ्जाल”, विदेशबाट फर्केकाहरुलाई उधम संग जोडन “उधशिलता विभाग”,विदेशमा रोजगारमा रहेकाहरुको समस्या समाधान गर्न “श्रम तथा रोजगार विभाग ” लगायत विभागहरु गठन गरेको छ ।
यसैगरि फेडेरेशनको तर्फबाट विभिन्न विभागका नेतृत्व गर्नुभएका विभाग प्रमुखहरुले आफ्नो विभागको कार्ययोजना समेत प्रस्तुत गर्नुभएको थियो ।
प्रदेशका ईन्चार्ज तथा अध्यक्षहरुले आगामी कार्ययोजना र यस अघि भएका गतिविधि प्रष्ट पार्नुभएको छ ।
फेडेरेशनका अध्यक्ष उत्तम अधिकारीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन महासचिव जेपि सापकोटाले संचालन गर्नुभएको थियो ।

लोकप्रिय

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

उपप्रमुख रामले मागेको ३ करोड नदिदा झुठा आरोप लगाउदै गलत प्रचार — नगर प्रमुख कुर्मी

चन्द्रपुर - रौतहट जिल्लाको बृदाबन नगर पालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मीले नगर उपप्रमुखले आर्थिक लाभ लिने उदेश्यले गलत आरोप लगाउने गरेको...

बागमती नपाको डाबरीका करिब ५ सय जना माओबादी परित्याग गरी एमालेमा प्रवेश

सर्लाही - विभिन्न पार्टी छोडेर नेकपा एमालेमा प्रवेश गर्ने लहर देखिएपछि सर्लाहीमा नेकपा एमाले उत्साहित देखिएको छ । खासगरी निर्वाचन क्षेत्र ३...

Related Articles

कार्य सम्पादन मुल्याङकनमा मधेश प्रदेश मै गौर नगरपालिका उत्कृष्ठ,एक बर्षको प्रगति बिबरण सार्वजनिक

रौतहट,१३ जेठ,रौतहटको सबैभन्दा पुरानो गौर नगरपालिका कार्यसम्पादन मुल्याङकन मधेश प्रदेश मै सबै पालिका भन्दा उत्कृष्ठ बनेको छ ।नेपाल सरकारबाट आर्थिक बर्ष २०८०÷०८१मा...

नेपाल पत्रकार महासंघ रौतहट शाखाका पुर्व सचिब क्षेत्रीले त्यागे सदस्यता

रौतहट - नेपाल पत्रकार महासंघ रौतहट शाखाका पुर्व सचिब राजेन्द्र क्षेत्रीले नेपाल पत्रकार महासंघको सदस्यता त्यागेका छन । नेपाल पत्रकार महासंघको निति...

जेठ १५ गते चन्द्रनिगाहपुरमा बृहत रक्तदान कार्यक्रम हुने,सहभागी हुन सबैलाइ आग्रह

चन्द्रपुर— रौतहटको चन्द्रनिगाहपुर मेनचोकमा जेठ १५ गते बृहत रक्तदान कार्यक्रम हुने भएको छ । नेपाल रेडक्रस सोसाइटी चन्द्रनिगाहपुर उपशाखाको आयोजनामा सोमबार बृहत...