Monday, June 5, 2023

भर्ना अभियानको प्रभाब ः सरकारी बिद्यालयमा बिद्यार्थी बढे

ताजा / भरखरै प्राप्त

गौरका पुर्व मेयर गुप्ता एमालेको केन्द्रिय सदस्यमा मनोनित

चन्द्रपुर - गौर नगरपालिकाका पुर्व मेयर तथा रौतहट क्षेत्र नं. १ बाट सघिय संसदका प्रत्यासी अजय गुप्ता नेकपा एमालेको केन्द्रिय सदस्यमा चयन...

सरसफाइमा माबि जुडिबेला प्रथम ,नगद ३५ हजार सहित पुरस्कृत

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. २ मा रहेको माबि जुडिबेला खानेपानी तथा सरसफाइ क्षेत्रमा उत्कृष्ठ अर्थात प्रथम भएको छ ।...

चन्द्रनिगाहपुर खानेपानीको निर्वाचन जेठ २७ गते हुने

चन्द्रपुर- चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था चन्द्रनिगाहपुरको निर्वाचन आउदो जेठ २७ गते हुने भएको छ । जेठ २७ गते हुने निर्वाचनको...

यसै बर्ष भित्र रेडक्रस चन्द्रनिगाहपुर उपशाखाको भवन बन्छ— नगर प्रमुख काफले

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय काफलेले २०८० साल भित्र नेपाल रेडक्रस सोसाईटी चन्द्रनिगाहपुर उपशाखाको भवन बन्ने बताउनुभएको छ । गणतन्त्र...

जन ज्योति बहुमुखी क्यामपसको अध्यक्षमा कार्की सहितको टिम र्निबिरोध

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ६ मा रहेको जन ज्योति बहुमुखी क्याम्पस ब्यबस्थापन समितिको अध्यक्षमा संजय कार्कीको सहितको टिम सर्वसहमत चयन...

रौतहट,२९ बैशाख
समयमै भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान भन्ने मुल नारा चलाइएको भर्ना अभियान कार्यक्रमले रौतहटको सामुदायिक बिद्यालयमा बिद्यार्थीको संख्या बढाएको छ ।
रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. २ महेन्द्र माबि रैयाटोले चलाएको भर्ना अभियानबाट करिब २ सय भन्दा बढी बिद्यार्थी बढेको पाइएको छ ।
विद्यालय उमेर समूहका सबै बालबालिकालाई विद्यालय भर्ना गराई शिक्षासम्बन्धी मौलिक अधिकार सारभूत रूपमा कार्यान्वय गर्न चलाइएको भर्ना अभियनबाट कक्षा १ देखी ८ सम्म बिद्यार्थीको संख्या बढेको सो बिद्यालयकी प्रधानाध्यापक कमला थापाले जानकारी दिएकी छिन ।
पहिलेको तुलनामा भर्ना अभियानबाट धेरै बिद्यार्थी बढेको प्रअ थापाले जानकारी दिइन । बिद्यालयमा भौतिक पुर्वाधारको बिकाशको साथ साथै बिषगत रुपमा तथा अन्य क्षेत्रमा पनि दक्ष शिक्षकहरु भएको कारण पनि महेन्द्र माबि रैयाटोलमा बिद्यार्थी बढेको प्रअ थापाको दाबी छ । सो बिद्यालयमा जरुवा देखी फुलवारी,पौराइका बिद्यार्थीहरु अध्ययन गर्न आउने गरेको प्रअ थापाको भनाइ रहेको छ । भर्ना अभियान प्रभाबकारी रुपमा चलाएको प्रतिफल नै बिद्यार्थीको आगमन रहेको प्रअ थापाको धारणा रहेको छ ।
अहिले सो बिद्यालयमा अध्यापन गराउने शिक्षकहरुलाइ कक्षा कोठामा पाठ योजना र शैक्षिक समाग्री लिएर मात्रै पस्न दिने गरेको उनले बताइन ।
बिद्यालयको भौतिक पुर्वाधारको साथ साथै शिक्षाको गुणस्तरमा पनि आफुले उत्तिकै चासो दिएर हिडेको कारण बिद्यालयमा भर्ना दर बढेको प्रअ थापाको भनाइ रहदै आएको छ । सो बिद्यालयमा प्राय निजी छाडेका बिद्यार्थीहरुले भर्ना गरिहेको उनले बताइन । नेपाल सरकारले तोके बमोजिमको बाल कक्षा देखी कक्षा ६ सम्मका बालबालिकाहरुलाइ दिवा खाजाको ब्यबस्थाको प्रभाबले पनि स साना बिद्यार्थी बढेको उनी बताउछिन । थापा प्रअ भएदेखी सो बिद्यालयले पनि भौतिक पुर्वाधारको बिकाशमा पनि उत्तिकै फडको मारेको छ । चन्द्रपुर नगरपालिका,प्रदेश सरकार तथा संघिय सरकारको अनुदानमा भवनहरु निमार्ण,पुस्ताकालयको ब्यबस्था,बिद्यालयको कम्पाउण्ड वाल निमार्ण,सुबिधा सम्पन्न बिभिन्न मैत्रीपुर्ण शौचालय निमार्ण,शुद्ध खानेपानीको ब्यबस्था,हरेक कोठा कोठामा पंखा,बाल कक्षाहरुको लागी शैक्षिक समाग्रीको ब्यबस्था लगायतका काम भएको प्रअ थापाले जानकारी दिएकी छिन ।
भर्ना अभियानले चन्द्रपुर नगरपालिकाको अन्य सामुदायिक बिद्यालयहरुमा पनि बिद्यार्थीको संख्या बढेको पाइएको छ । भर्ना अभियानलाइ प्रभाबकारी ढंगबाट संचालन गर्न आफुले निर्देशन दिएको र सो भए नभएको आफुले समेत छडके निरिक्षण गर्ने गरेको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय काफलेले बताए । अहिले पनि हरेक बिद्यालयको शैक्षिक गुणस्तरको अबस्था र भौतिक पुर्वाधारको अबस्था बारे प्राय छडेक रुपमा अनुगमन गरिरहेको नगर प्रमुख काफलले बताएका छन ।

लोकप्रिय

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

उपप्रमुख रामले मागेको ३ करोड नदिदा झुठा आरोप लगाउदै गलत प्रचार — नगर प्रमुख कुर्मी

चन्द्रपुर - रौतहट जिल्लाको बृदाबन नगर पालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मीले नगर उपप्रमुखले आर्थिक लाभ लिने उदेश्यले गलत आरोप लगाउने गरेको...

बागमती नपाको डाबरीका करिब ५ सय जना माओबादी परित्याग गरी एमालेमा प्रवेश

सर्लाही - विभिन्न पार्टी छोडेर नेकपा एमालेमा प्रवेश गर्ने लहर देखिएपछि सर्लाहीमा नेकपा एमाले उत्साहित देखिएको छ । खासगरी निर्वाचन क्षेत्र ३...

Related Articles

गौरका पुर्व मेयर गुप्ता एमालेको केन्द्रिय सदस्यमा मनोनित

चन्द्रपुर - गौर नगरपालिकाका पुर्व मेयर तथा रौतहट क्षेत्र नं. १ बाट सघिय संसदका प्रत्यासी अजय गुप्ता नेकपा एमालेको केन्द्रिय सदस्यमा चयन...

सरसफाइमा माबि जुडिबेला प्रथम ,नगद ३५ हजार सहित पुरस्कृत

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. २ मा रहेको माबि जुडिबेला खानेपानी तथा सरसफाइ क्षेत्रमा उत्कृष्ठ अर्थात प्रथम भएको छ ।...

चन्द्रनिगाहपुर खानेपानीको निर्वाचन जेठ २७ गते हुने

चन्द्रपुर- चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था चन्द्रनिगाहपुरको निर्वाचन आउदो जेठ २७ गते हुने भएको छ । जेठ २७ गते हुने निर्वाचनको...