Monday, June 5, 2023

बिषादी रहित तरकारी उत्पादन गर्न २ सय भन्दा बढी महिलालाइ तालिम

ताजा / भरखरै प्राप्त

गौरका पुर्व मेयर गुप्ता एमालेको केन्द्रिय सदस्यमा मनोनित

चन्द्रपुर - गौर नगरपालिकाका पुर्व मेयर तथा रौतहट क्षेत्र नं. १ बाट सघिय संसदका प्रत्यासी अजय गुप्ता नेकपा एमालेको केन्द्रिय सदस्यमा चयन...

सरसफाइमा माबि जुडिबेला प्रथम ,नगद ३५ हजार सहित पुरस्कृत

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. २ मा रहेको माबि जुडिबेला खानेपानी तथा सरसफाइ क्षेत्रमा उत्कृष्ठ अर्थात प्रथम भएको छ ।...

चन्द्रनिगाहपुर खानेपानीको निर्वाचन जेठ २७ गते हुने

चन्द्रपुर- चन्द्रनिगाहपुर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था चन्द्रनिगाहपुरको निर्वाचन आउदो जेठ २७ गते हुने भएको छ । जेठ २७ गते हुने निर्वाचनको...

यसै बर्ष भित्र रेडक्रस चन्द्रनिगाहपुर उपशाखाको भवन बन्छ— नगर प्रमुख काफले

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय काफलेले २०८० साल भित्र नेपाल रेडक्रस सोसाईटी चन्द्रनिगाहपुर उपशाखाको भवन बन्ने बताउनुभएको छ । गणतन्त्र...

जन ज्योति बहुमुखी क्यामपसको अध्यक्षमा कार्की सहितको टिम र्निबिरोध

चन्द्रपुर- रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ६ मा रहेको जन ज्योति बहुमुखी क्याम्पस ब्यबस्थापन समितिको अध्यक्षमा संजय कार्कीको सहितको टिम सर्वसहमत चयन...

चन्द्रपुर – महिलाहरुलाइ आत्मानिर्भरताको बिषादी रहित तरकारी उत्पादन गर्नको लागी चन्द्रपुर नगरपालिकाको बिभिन्न वाडका २ सयभन्दा बढी महिलालाइ तालिम दिइएको छ । महिला सुरक्षा दबाब चन्द्रनिगाहपुरको आयोजनामा र टेवा Tewa नामक संस्थाको आर्थिक सहयोगमा ति महिलाहरुलाइ तालिम दिइएको हो ।
महिलाहरुलाइ आर्थिक रुपमा सक्षम बनाउने उदेश्यले चन्द्रपुर नगरपालिकको वाड नं. २,७,८ र ९ का महिलाहरुलाइ तालिम तथा तरकारीको बिउ बिजन बितरण गरेको आयोजक संस्था महिला सुरक्षा दबाब समुहकी अध्यक्ष देबकी नेपालले जानकारी दिनुभएको छ ।
महिलाहरुलाइ ब्यबसायिक तरकारी खेती कसरी गर्ने र आर्गनिक बिधिबाट तरकारी उत्पादन गर्दा हुने फाइदा बारे जानकारी गराउने उदेश्यले तालिमको आयोजना गरेको अध्यक्ष नेपालले बताउनु भयो ।
चन्द्रपुर नगरपालिको वाड नं. ७ को कालिका माबि बनबहुअरी, वाड नं. ८ को मर्धर,वाड नं. ४,५,६ को चन्द्रनिगाहपुर चोक,वाड नं. २ को जुडिबेलामा तालिम संचालन भइरहेको र केही ठाउमा हुदैगरेको अध्यक्ष नेपालले जानकारी दिनुभयो ।
चन्द्रपुर नगरपालिका कृषि शाखा प्रमुख संदिप देवकोटा,गुजरा नगरपालिका कृषि शाखा प्रमुख पार्वती गौतम,महिला सुरक्षा दबाब समुहकी अध्यक्ष देबकी नेपालले सहभागी महिलाहरुलाइ तालिम दिइरहेका छन ।तालिममा सहभागीहरुलाइ करेला,काक्रो,झिगनी,लौका,मुला,खुर्सानी लगायतका बिउ बिजन बितरण गरेको समेत उहाले जानकारी दिनुभयो ।
गत जेठ ५ गते देखी शुरु भएको तालिम जेठ १९ गते सम्म संचालन हुने अध्यक्ष नेपालले जानकारी दिनुभएको छ ।
तालिममा पशुको मुत्रबाट मल बनाउने बिधि,प्रयोग गर्ने बिधि,बायो ग्यास बनाउने बिधि बारे पनि सहभागीलाइ जानकारी गराइएको उहाले बताउनु भयो ।

लोकप्रिय

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

उपप्रमुख रामले मागेको ३ करोड नदिदा झुठा आरोप लगाउदै गलत प्रचार — नगर प्रमुख कुर्मी

चन्द्रपुर - रौतहट जिल्लाको बृदाबन नगर पालिकाका नगर प्रमुख बिनोद प्रसाद कुर्मीले नगर उपप्रमुखले आर्थिक लाभ लिने उदेश्यले गलत आरोप लगाउने गरेको...

बागमती नपाको डाबरीका करिब ५ सय जना माओबादी परित्याग गरी एमालेमा प्रवेश

सर्लाही - विभिन्न पार्टी छोडेर नेकपा एमालेमा प्रवेश गर्ने लहर देखिएपछि सर्लाहीमा नेकपा एमाले उत्साहित देखिएको छ । खासगरी निर्वाचन क्षेत्र ३...

Related Articles