Friday, September 22, 2023

कार्य सम्पादन मुल्याङकनमा मधेश प्रदेश मै गौर नगरपालिका उत्कृष्ठ,एक बर्षको प्रगति बिबरण सार्वजनिक

ताजा / भरखरै प्राप्त

सावा कर्तनी भनेर दिएको धानको बिउ भदैया परेपछि ….

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाको कृषि शाखा कार्यालयले बितरण गरेको अनुदान धानमा बदमासी भएको पाइएको छ ।नगरपालिकाले ५०% अनुदानमा उन्नत जातको सावा कतर्नि...

गौर कारागारबाट एक जना डाका सहित १० जना कैदी रिहा

रौतहट,३ असोजसंबिधान दिवशको अबसर पारेर रौतहटको गौर कारागारबाट एक जना डाका सहित १० जना कैदि रिहा भएका छन । संबिधान दिवशको अबसरमा...

संबिधान दिवशको अबसरमा चन्द्रपुरका खेलाडीलाइ ट्रयाकसुट हस्तान्तरण

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाले संबिधान दिवशको अबसर पारेर तेक्वान्डो खेलाडीहरुलाइ ट्रयाकसुट हस्तान्तरण गरेको छ ।बिहीबार देखी काठमाडौंमा हुने राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा खेल्न...

कार्यकारी अधिकृतले १८ करोडको अकुत सम्पत्ति आर्जन गरेको ठहर

काठमाडौं । करिब १८ करोड रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेका टोखा नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत ऋषिराम अर्याल दोषी ठहर भएका...

बौधीमाइ नपामा कुनै पनि बाहनामा बिद्यालय बन्द गरे कार्वाही

रौतहट,२ असोजसघिंय संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को विरोधमा शिक्षक महासंघले देशभरका बिद्यालय बन्द...

रौतहट,१३ जेठ,रौतहटको सबैभन्दा पुरानो गौर नगरपालिका कार्यसम्पादन मुल्याङकन मधेश प्रदेश मै सबै पालिका भन्दा उत्कृष्ठ बनेको छ ।
नेपाल सरकारबाट आर्थिक बर्ष २०८०÷०८१मा राष्ट्रिय प्राकृतिक स्रोत तथा बित्त आयोगको सिफारिसमा उपलब्ध गराइने बित्तीय समानीकरण अनुदान अन्तर्गत कार्य सम्पादन मुल्यांकनमा गौर नगरपालिका सबैभन्दा बढी ६५.१९ अंक ल्याएर उत्कृष्ठ नगरपालिका बनेको हो । बित्तीय समानीकरण अनुदानका लागि प्रदेश सरकार र स्थानीय तहले कार्य सम्पादन सुचक बापत प्राप्त गरेको नतिजा अनुसार गौर नगरपालिका ६५.१९ उत्कृष्ट अंक प्राप्त गरि मधेस प्रदेशमा नै प्रथम स्थान हासिल गरेको छ ।
जनप्रतिनिधिहरुको जाँगर, कर्मचारीहरुको मेहनेत, नगरवासीहरुको स्नेह र मायाको कारण गौर नगरपालिकाले आफनो उत्कृष्ट पहिचान कायम गर्न सफल भएको गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले बताए ।
शुक्रबार एक बर्षभरीको प्रगती बिबरण सार्वजनिक गदै नगर प्रमुख साहले काम गरेपछि प्रतिफल मिल्ने आफुमा विस्वास रहेको बताएका छन ।
२०७९ साल जेठ ६ गते गौर नगरप्रमुखको कार्यभार सम्हाले पछि एक बर्षको अवधीमा गौर नगरमा विकास निर्माण कार्य देखि लिएर नगरवासीको इच्छा, आकाँक्षा माथि गरेको कामको मुल्याङकन तथा कार्य सम्पादन मूल्याँकनको दृष्टिकोर्णबाट मधेश प्रदेशको १३६ पालिकामा उत्कृष्ट पालिकाको उपाधी प्राप्त गर्न गौर नगरपालिका सफल भएको नगर प्रमुख साहको भनाइ छ ।
कार्य सम्पादन मूल्याँकन र कार्य सम्पादन सुचक वापत गौर नगरपालिकाले ६५.१९ अंक प्राप्त गरेर प्रदेशमै उत्कृष्ट नगरपालिकाको उपाधी पाएकोमा गर्व महसुस गर्दैै नगर प्रमुख साहले प्रदेशको १३६ पालिकाहरुमा उत्कृष्ट हुँदा गौर नगरका नागरिकहरुलाई गर्व गर्ने अवसर प्राप्त भएको हुँदा आफूलाई निकै हर्षित बनाएको बताए ।
मुलुकभरीकै पालिकामा उत्कृष्ठ नगरपालिकाको १० पालिकाको सूचि भित्र ल्याउने उदेश्यका साथ काम गरिरहेको र यस कार्यमा नगरवासी सहित यहाँका सवै पार्टीका नेता एवं कार्यकर्ताहरुको साथ सहयोगको अपेक्षा गरेको नगर प्रमुख साहले बताए ।
पत्रकार सम्मेलन मार्फत साहले आफुले बर्षदिनभरी गरेको कामको प्रगति बिबरण पनि पत्रकारलाइ सुनाए ।
एक बर्षको अबधिमा विकास निर्माणको कार्य, बाटो ढलान, नयाँ ट्रयाक संचालन, बाँध अतिक्रमण हटाएको, नाला निर्माण, विजुलीको पोल सार्ने कार्य, शहरी विकास परियोजनाको अवरुद्ध कार्यलाई सुचारु गराइएको, तिन वटा पोखरीमा सुर्य मन्दिरको निर्माण भईरहेको, लालबकैया नदीको बाँधको चार स्थानमा आरसिसि ढलान गराएको, धेरै दिन देखि अलपत्र अवस्थामा रहेको झुलुंगे पुलको निर्माण कार्य पुरा गराएर उदघाटन गरिएको, शिक्षाको क्षेत्रमा विद्यालयहरुमा नियमित रुपमा निरीक्षण गरेर सुधार गर्दै ल्याएको, स्वास्थ्य क्षेत्रमा सिसवामा बर्थिंग सेन्टर, वडा नम्वर १ मा ल्याव संचालनमा ल्याइएको, प्रादेशिक अस्पतालमा पनि धेरै सुधार ल्याइएको, सरसफाईको क्षेत्रमा नियमित रुपमा इ रिक्साको ल्याएर फोहर ब्यवस्थापन गरिदै आएको, बारुण यन्त्र क्षतिग्रस्त भएपछि बैकल्पिक व्यवस्था गरिएको लगायतका बहुसंख्यक कार्यहरु गरिएको उनले जानकारी गराए ।
एक बर्षभित्र ३.०९ किलो मिटर सडक ढलानको निमार्ण कार्य,३.१७ किलो मिटर नाला निर्माणको कार्य,१.६९ किलो मिटर नयाँ ट्रयाक खोल्ने कार्य,र १.४५ किलो मिटर ग्राभेल सडक निर्माणको कार्य सम्पन्न भएको समेत उनले जानकारी दिए । २०८० साल बैशाख मसान्तसम्म पूँजिगत तर्फ ५१.४२% र चालू तर्फ ७१.०६% गरी कूल ६२.३९% खर्चभएको समेत उनले पत्रकार सम्मेलन मार्फत जानकारी दिएका छन ।

नगरवासीहरुको साथ र सहयोग यसरी नै जारी रहयो भने गौर राइस मिल्सको जग्गालाई चाँडै अधिग्रहण हुने, सडक, नाला, विजुली, शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाईको क्षेत्रको साथै बरहवा ताललाई पर्यटकिय क्षेत्रमा व्यवस्थित गराएर यहाँका व्यवसायीक क्षेत्रलाई समेत टेवा पुर्याउने कार्यमा हामी दिर्घकालिन होस भनेर काम गर्ने मेयर साहले प्रतिबद्धता जनाएका छन ।
सो पत्रकार सम्मेलनमा गौर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत सुबास ठाकुरले नगर प्रमुख शम्भु साहको नेतृत्वमा जनप्रातिनिधिहरु, कर्मचारीहरुको अथक मेहनत तथा नगरवासीको स्नेह र सदभावको कारण गौर नगर मधेर प्रदेशमै उत्कृष्ट भएको बताए ।

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

Related Articles

सावा कर्तनी भनेर दिएको धानको बिउ भदैया परेपछि ….

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाको कृषि शाखा कार्यालयले बितरण गरेको अनुदान धानमा बदमासी भएको पाइएको छ ।नगरपालिकाले ५०% अनुदानमा उन्नत जातको सावा कतर्नि...

गौर कारागारबाट एक जना डाका सहित १० जना कैदी रिहा

रौतहट,३ असोजसंबिधान दिवशको अबसर पारेर रौतहटको गौर कारागारबाट एक जना डाका सहित १० जना कैदि रिहा भएका छन । संबिधान दिवशको अबसरमा...

संबिधान दिवशको अबसरमा चन्द्रपुरका खेलाडीलाइ ट्रयाकसुट हस्तान्तरण

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाले संबिधान दिवशको अबसर पारेर तेक्वान्डो खेलाडीहरुलाइ ट्रयाकसुट हस्तान्तरण गरेको छ ।बिहीबार देखी काठमाडौंमा हुने राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा खेल्न...