चन्द्रपुर— रौतहटको चन्द्रनिगाहपुर मेनचोकमा जेठ १५ गते बृहत रक्तदान कार्यक्रम हुने भएको छ । नेपाल रेडक्रस सोसाइटी चन्द्रनिगाहपुर उपशाखाको आयोजनामा सोमबार बृहत रक्तदान कार्यक्रम गर्न थालिएको हो । रक्तदान जिवन दान भन्ने मुल नाराका साथ रेडक्रस चन्द्रनिगाहपुरले रक्तदान कार्यक्रमको आयोजना गरेको नेपाल रेडक्रस सोसाइटी चन्द्रनिगाहपुर उपशाखाका सभापति श्रीकृष्ण प्रसाद अधिकारीले बताए । अस्पतालमा रगतको कमी भएको खबर आएपछि रक्तदान कार्यक्रमको आयोजना गरेको सभापति अधिकारीले बताएका छन । रक्तदान जस्तो पबित्र कार्यमा सक्रिय भएर सहभागी हुन सभापति अधिकारीले ब्यबसायी,उधोगी,समाजसेवी,राजनितिककर्मी,राष्ट्रसेवक कर्मचारी,बैकका कर्मचारी,शिक्षक,बिद्यार्थी लगायत सरोकारवालाहरुलाइ आग्ह गरेका छन । रक्त संचार केन्द्र गौरको प्राबिधिक सहयोगमा र रेडक्रस रोतहट शाखाको सहयोगमा उक्त रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।