Friday, September 22, 2023

गौरका पुर्व मेयर गुप्ता एमालेको केन्द्रिय सदस्यमा मनोनित

ताजा / भरखरै प्राप्त

सावा कर्तनी भनेर दिएको धानको बिउ भदैया परेपछि ….

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाको कृषि शाखा कार्यालयले बितरण गरेको अनुदान धानमा बदमासी भएको पाइएको छ ।नगरपालिकाले ५०% अनुदानमा उन्नत जातको सावा कतर्नि...

गौर कारागारबाट एक जना डाका सहित १० जना कैदी रिहा

रौतहट,३ असोजसंबिधान दिवशको अबसर पारेर रौतहटको गौर कारागारबाट एक जना डाका सहित १० जना कैदि रिहा भएका छन । संबिधान दिवशको अबसरमा...

संबिधान दिवशको अबसरमा चन्द्रपुरका खेलाडीलाइ ट्रयाकसुट हस्तान्तरण

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाले संबिधान दिवशको अबसर पारेर तेक्वान्डो खेलाडीहरुलाइ ट्रयाकसुट हस्तान्तरण गरेको छ ।बिहीबार देखी काठमाडौंमा हुने राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा खेल्न...

कार्यकारी अधिकृतले १८ करोडको अकुत सम्पत्ति आर्जन गरेको ठहर

काठमाडौं । करिब १८ करोड रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेका टोखा नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत ऋषिराम अर्याल दोषी ठहर भएका...

बौधीमाइ नपामा कुनै पनि बाहनामा बिद्यालय बन्द गरे कार्वाही

रौतहट,२ असोजसघिंय संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को विरोधमा शिक्षक महासंघले देशभरका बिद्यालय बन्द...

चन्द्रपुर – गौर नगरपालिकाका पुर्व मेयर तथा रौतहट क्षेत्र नं. १ बाट सघिय संसदका प्रत्यासी अजय गुप्ता नेकपा एमालेको केन्द्रिय सदस्यमा चयन भएका छन । गुप्तालाइ पार्टीको शुक्रबार बसेको केन्द्रिय बैठकले केन्द्रिय सदस्यमा मनोनित गरेको हो । बैठकले विभिन्न पार्टीबाट आएका १३ जनालाई केन्द्रीय सदस्य मनोनीत गरेको थियो । केन्द्रिय सदस्यमा मनोनित हुनेहरुमा मुकुन्द न्यौपाने, प्रेमबहादुर सिंह, भागवत विश्वासी, चूडामणि जंगली, हेमराज राई, ठम्बर विष्ट, उमाशंकर अरगरिया, अजय गुप्ता, इकवाल मिया, गणेश खनाल, प्रेम तामाङ, यमबहादुर परियार र सुरेन्द्र मानन्धर रहेका छन । यसैगरी सोही बैठकले नेकपा एमालेले पार्टी पदाधिकारी र केन्द्रीय सदस्यको कार्यविभाजन हेरफेर गरेको छ । शुक्रबार बसेको सचिवालय बैठकले उपाध्यक्षहरुलाई विभागको नेतृत्व गर्ने जिम्मेवारी दिएको छ भने केन्द्रीय सचिवहरुलाई प्रदेश इन्चार्ज तोकिएको छ । उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार पार्टीका ३३ वटा विभागको ग्रुपिङ गरिएको छ र विषयमिल्दो विभागहरुको संयोजन गर्ने जिम्मेवारी दिइएको छ । उनले भने, ‘उहाँहरुले साझा नीति बनाउने, सरकारलाई दबाब दिनुपर्ने ठाउँमा दबाब दिने र विषयविज्ञहरुसँग परामर्श गर्नुहुनेछ ।’योजना तथा नीतिसम्बन्धी विभागको नेतृत्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गर्नेछन् भने पूर्वाधार र विकास निर्माणसम्बन्धी विभागको नेतृत्व उपाध्यक्ष सुरेन्द्र पाण्डे, कृषि तथा उद्यमशीलता सम्बन्धी विभागको नेतृत्व रामबहादुर थापा बादल र सामाजिक विकाससम्बन्धी विभागको नेतृत्व अष्टलक्ष्मी शाक्यले गर्नेछन् । यस्तै मानव स्रोतसम्बन्धी विभागको नेतृत्व उपाध्यक्ष युवराज ज्ञवाली, सुशासन र सेवा प्रवाहसम्बन्धी विभागको नेतृत्व सुवास नेम्वाङ र संगठन प्रशिक्षण र प्रचारसम्बन्धी विभागको नेतृत्व उपाध्यक्ष विष्णु पौडेललाई तोकिएको छ । केन्द्रीय सचिवहरुलाई प्रदेश इन्चार्ज तोकिएको छ । कोशी प्रदेशको इन्चार्जको जिम्मेवारी सचिव रघुवीर महासेठ, मधेशको योगेश भट्टराई, गण्डकीको गोकर्ण विष्ट र लुम्बिनी प्रदेशको इन्चार्जको जिम्मेवारी सचिव पद्मा अर्याललाई दिइएको छ । कर्णाली प्रदेशको इन्चार्जमा लेखराज भट्ट र सुदूरपश्चिम प्रदेशको इन्चार्जमा सचिव छविलाल विश्वकर्मा तोकिएका छन् । बागमती प्रदेशको विशेष कामहरुको संयोजन भने केन्द्रीय कार्यालयले नै गर्ने उपमहासचिव ज्ञवालीले जानकारी दिए । यसैगरी केन्द्रीय संगठन प्रमुख काशीनाथ अधिकारी र प्रचार तथा प्रकाशन विभागको प्रमुख राजेन्द्र गौतम तोकिएका छन् । पहिला केन्द्रीय संगठन प्रमुखमा खगराज अधिकारी र प्रचार विभाग प्रमुख उपमहासचिव पृथ्वीसुब्बा गुरुङ थिए । उपमहासचिव ज्ञवालीका अनुसार स्थानीय कमिटी र पोलिटब्यूरो सदस्यहरुलाई जिल्ला इन्चार्ज बनाइएको छ भने केन्द्रीय सदस्यहरुलाई पालिकाहरु नै तोकेर कामको जिम्मेवारी दिइएको छ । साथै स्कुलिङ, प्रचार र जनसंगठनहरुको संयोजन गर्न सात वटा प्रदेशमा एक–एक जना केन्द्रीय सदस्य खटाइएको छ ।

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

Related Articles

सावा कर्तनी भनेर दिएको धानको बिउ भदैया परेपछि ….

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाको कृषि शाखा कार्यालयले बितरण गरेको अनुदान धानमा बदमासी भएको पाइएको छ ।नगरपालिकाले ५०% अनुदानमा उन्नत जातको सावा कतर्नि...

गौर कारागारबाट एक जना डाका सहित १० जना कैदी रिहा

रौतहट,३ असोजसंबिधान दिवशको अबसर पारेर रौतहटको गौर कारागारबाट एक जना डाका सहित १० जना कैदि रिहा भएका छन । संबिधान दिवशको अबसरमा...

संबिधान दिवशको अबसरमा चन्द्रपुरका खेलाडीलाइ ट्रयाकसुट हस्तान्तरण

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाले संबिधान दिवशको अबसर पारेर तेक्वान्डो खेलाडीहरुलाइ ट्रयाकसुट हस्तान्तरण गरेको छ ।बिहीबार देखी काठमाडौंमा हुने राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा खेल्न...