Friday, September 22, 2023

खानेपानीमा हामी गफ हैन काम गरेर देखाउछौ — अध्यक्षका उमेदवार उपाध्याय

ताजा / भरखरै प्राप्त

सावा कर्तनी भनेर दिएको धानको बिउ भदैया परेपछि ….

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाको कृषि शाखा कार्यालयले बितरण गरेको अनुदान धानमा बदमासी भएको पाइएको छ ।नगरपालिकाले ५०% अनुदानमा उन्नत जातको सावा कतर्नि...

गौर कारागारबाट एक जना डाका सहित १० जना कैदी रिहा

रौतहट,३ असोजसंबिधान दिवशको अबसर पारेर रौतहटको गौर कारागारबाट एक जना डाका सहित १० जना कैदि रिहा भएका छन । संबिधान दिवशको अबसरमा...

संबिधान दिवशको अबसरमा चन्द्रपुरका खेलाडीलाइ ट्रयाकसुट हस्तान्तरण

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाले संबिधान दिवशको अबसर पारेर तेक्वान्डो खेलाडीहरुलाइ ट्रयाकसुट हस्तान्तरण गरेको छ ।बिहीबार देखी काठमाडौंमा हुने राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा खेल्न...

कार्यकारी अधिकृतले १८ करोडको अकुत सम्पत्ति आर्जन गरेको ठहर

काठमाडौं । करिब १८ करोड रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेका टोखा नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत ऋषिराम अर्याल दोषी ठहर भएका...

बौधीमाइ नपामा कुनै पनि बाहनामा बिद्यालय बन्द गरे कार्वाही

रौतहट,२ असोजसघिंय संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को विरोधमा शिक्षक महासंघले देशभरका बिद्यालय बन्द...

खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था चन्द्रनिगाहपुरको जेठ २७ गते शनिबार हुन गइरहेको निर्वाचनको लागि किशोर प्रसाद उपाध्यायको नेतृत्वको प्यानल पनि चुनावी मैदानका उत्रिएको छ । उपाध्याय प्यानलका उम्मेदवार र शुभचिन्तकहरुले उपभोक्ता भेटघाट कार्यक्रम सकेका छन् । ३० वर्ष कृषि विकास बैंकमा अधिकृत तहबाट सेवा निवृत हुनुभएका उपाध्याय स्वच्छ छविका, निर्विवाद तथा इमान्दार व्यक्तित्वको रुपमा चिरपरिचित छन् । उनको व्यक्तित्वको प्रभावले पनि सो प्यानलले सहजै निर्वाचन विजयी हुने विश्वास गरेका छन् । आसन्न निर्वाचनको तयारी र अपेक्षा बारेमा अध्यक्षको पदका उम्मेदवार उपाध्यायसँग गरिएको कुराकानीको सम्पादित अंश ।
उपभोक्ताहरुसँगको भेटघाट सक्नुभएको छ , अवस्था के पाउनु भएको छ ?
उपभोक्ताहरुबाट एकदमै राम्रो प्रतिक्रिया पाएका छौं । उहाँहरुले हामीबाट निकै आशा राख्नु भएको पायौं । खानेपानीको व्यवस्थापनको बारेमा उहाँहरुको निकै गुनासो छ । उपभोक्ता भेटघाटको क्रमम उहाँहरुको घरमा पुग्दा कतिपय उपभोक्ताहरुको घरमा धारा जडान गरेको लामो समय भइसक्दा पनि मिटर जडान नगरिएको , जडान गरिएका मिटरहरुको पनि रिडिङ्ग नगरिको, समयमा मर्मत तथा जडान नगरिएको लगायतका समस्याहरु देखियो । व्यवस्थापनको बारेमा पनि धेरै गुनासाहरु उपभोक्ताहरुको रहेको छ । उहाँहरुले हामीहरुको प्यानलले यी समस्याहरुको समाधान गर्न सक्छन् भन्ने विश्वास राख्नु भएको र त्यहीँ अनुसार जितको शुभकामना दिनुभएको छ । यसले हामीलाई निकै उत्साहित बनाएको छ ।
तपाईहरुको टिममा को को हुनुहुन्छ र तपाईहरुको मुख्य मुख्य एजेण्डा के के हुन् ?
हाम्रो टिममा चन्द्रपुरका विभिन्न संघसंस्था तथा समाजिक क्षेत्रका कार्य गर्दै आइरहनु भएका अनुभवी तथा इमान्दार व्यक्तित्वहरु हुनुहुन्छ । उपाध्यक्षमा डोल बहादुर ठाडा मगर , सचिवमा अवदेशहरी भट्टराई, कोषाध्यक्षमा बिनिता बख्रेल , सदस्यहरुमा दुुर्गा प्रसाद हुँमागाइ (सरोज), प्रल्हाद मैनाली, राम प्रसाद साह, बलराम सापकोटा, भरत प्रसाद अधिकारी, वृजेश प्रसाद साह (पंकज) महिला सदस्यहरुमा कल्पना दाहाल, जानुका तिमल्सिना, रत्ना कुमारी खड्का हुनुहुन्छ । उहाँहरुको सामाजिक कार्यको अनुभव र दक्षताले हाम्रो प्यानलले जित पश्चात खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था चन्द्रनिगाहपुरलाई देशकै अब्बल संस्थाको रुपमा विकास गर्नेमा हामी ढुक्क छौं ।
हाम्रा मुख्य एजेण्डाहरु विगतका अनियमितताहरुको छानविन गरी दोषी पाइएकाहरुलाई कार्वाहीको दायरामा ल्याउने, उपभोक्ताहरुलाई शुद्ध, स्वच्छ र स्वस्थ खानेपानीको व्यवस्था गर्ने ,संस्थाको हिसाब किताब आधुनिक ढंगले राख्दै पारदर्शी बनाउने ,सडक विस्तार लगायत विविध कारणले अवरुद्ध खानेपानीको तत्काल व्यवस्था मिलाउने , पिउने पानीको महसुल घटाउने , नियमावली बनाएर गरीब तथा विपन्न परिवारलाई निःशुल्क खानेपानीको प्रवन्ध गर्ने , प्रत्येक महिना संस्थाको बारेमा उपभोक्ताहरुलाई जानकारी गराउन प्रगति विवरण सार्वजनिक गर्ने , चुहावट पूर्ण रुपमा नियन्त्रण गर्छौँ, बाँकी बक्यौता समयमै उठाउने, खानेपानीको कार्यालयबाट लिनुपर्ने सुविधा घरमै बसेर लिन मिल्ने गरी ’डिजिटल खानेपानी संस्था’ बनाउने लगायतका रहेका छन् ।
तपाईहरुको विपक्षी प्यानलले यस अघि सो संस्थामा भएका आर्थिक अनियमिता र भ्रष्ट्रचार चोख्याउन दलगत गठबन्धन गरेको र तपाईहरु विजयी भएका भ्रष्ट्रचार झन् मौलाउने भनेर प्रचार गरिरहेका छन् नि , के भन्नुहुन्छ?
म भ्रष्ट्रचार गर्दिन् र गर्नपनि दिन्न । मेरो ३० वर्षे बैकिंङ्ग करियरमा एउटा पनि आर्थिक अनियमिता, घुस मागेर काम गरेको लगायतको कुनैपनि आरोप लागेनन् । अझैपनि मलाई चिन्नेहरु मैले बैंकमा छदाँ इमान्दारिता पूर्वक उहाँहरुलाई सहज सेवा दिएको सम्झनुहुन्छ । हाम्रा सबै उम्मेदवारहरु आफ्नो क्षेत्रमा स्थापितनै हुनुहुन्छ । उहाँहरुलाई खानेपानीको कार्यसमितिमा जाऔंला र कमाउँला भन्ने छैन् । हामी सबै यो संस्थामा गएर आर्थिक हिसाब किताब दुरुस्त राखी नागरिकलाई सहज खानेपानी वितरण गर्न प्रतिवद्ध छौं । जहाँसम्म यस अघिका समितिले गरेका आर्थिक अनियमिता र भ्रष्ट्रचारहरुका कुराहरु छन् , त्यसमा हामी छानविन गरेर दोषी पाइएका जो कोहीँलाई पनि कानुनी दायरामा ल्याउन हामी कटिवद्ध छौं । भ्रष्ट्रचारको कुरामा पार्टी होइन दोषी हेर्ने हो । हाम्रा विपक्षीहरुसँग हामी विरुद्ध कुनै एजेण्डा नभएपछि यस्ता अफवाहहरुको सहायता लिइरहेका छन् , जसलाई जनताले पत्याउनु भएको छैन् ।
खानेपानीको संस्थामा राजनिति गठबन्धन गरेर चुनाव लड्नुको अर्थ के त?
कुनै पनि सार्वजनिक संघसंस्थाहरु समाजमा रहेका सबै राजनितिक दल र नागरिक समाजको सहभागिता र सहकार्यमा मात्र सफल हुने कुरामा कुनै दुइमत छैन् । यस संस्थामा पनि हामीले सहमतिको लागि अधिकतम प्रयास गरेका हौं तर हाम्रा विपक्षीहरुले विभिन्न बहाना गरेर मान्नुभएन र चुनाव हुनेभयो । चुनाव हुने निश्चित भएपछि हामीले संंस्थाको हितमा एजेण्डा मिल्नेहरु एक ठाउँमा उभिएर प्यानल बनाएर चुनाव लडेका हौं । राजनितिक गठबन्धन भएको भए त राजनितक दलको चुनाव चिन्ह भइहाल्थ्यो नि, ‘हाँस’ हुन्थ्यो र ? त्यसैले पार्टीहरुको गठबन्धन भयो भन्नु फगत प्रोपोगण्डा मात्र हो ।
तपाइहरुको जित्ने आधार के हो ?
हाम्रो जित्ने आधार सचेत उपभोक्ताहरुनै हुनुहुन्छ । हामीले अगाडि सारेका एजेण्डाहरुलाई उहाँले विश्वास गर्नुभएको छ । उपभोक्ताहरुलाई ‘भ्रष्ट्रचार, अनियमिता नमिसिएको शुद्ध खानेपानी’ पिलाउने हाम्रो प्यानलको लक्ष्य रहेको छ र यसलाई हामी हाम्रो जितपछि व्यवहारमा कार्यन्यवन गर्छौ भन्नेमा उपभोक्ताहरु पनि ढुक्क हुनुहुन्छ । हाम्रो प्यानल प्रतिको उपभोक्ताहरुको आश, भरोसा, विश्वासनै हाम्रो जितको आधार हो ।
अन्त्यमा आम उपभोक्ताहरुलाई के भन्न चाहनुहुन्छ ?
अहिलेका उपभोक्ताहरु सबै सचेत हुनुहुनुहुन्छ । उहाँहरु दुबै प्यानलका उम्मेदवाहरुको विगत , वर्तमान सबै थाहा छ । उम्मेदवारहरुले सामाजिक क्षेत्रमा पु¥याउनु भएको योगदानको बारेमा जानकार पनि हुनुहुन्छ । त्यसैले आम उपभोक्ताहरु कुनै पनि प्रोपोगण्डाको पछाडि लाग्नुहुँदैन् । अन्त्यमा उपभोक्ताहरुलाई भोली शनिबार जनज्योति बहुमुखी क्याम्पसमा हुने निर्वाचनमा हाम्रो प्यानललाई ‘हाँस’ चुनाव चिन्हमा मतदान गरेर विजयी बनाउनु हुन हार्दिक अनुरोध गर्दछुँ ।हाम्रो जितपछि ‘नारामा होइन, धारामा पानी’ हुनेछ ।

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

Related Articles

सावा कर्तनी भनेर दिएको धानको बिउ भदैया परेपछि ….

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाको कृषि शाखा कार्यालयले बितरण गरेको अनुदान धानमा बदमासी भएको पाइएको छ ।नगरपालिकाले ५०% अनुदानमा उन्नत जातको सावा कतर्नि...

गौर कारागारबाट एक जना डाका सहित १० जना कैदी रिहा

रौतहट,३ असोजसंबिधान दिवशको अबसर पारेर रौतहटको गौर कारागारबाट एक जना डाका सहित १० जना कैदि रिहा भएका छन । संबिधान दिवशको अबसरमा...

संबिधान दिवशको अबसरमा चन्द्रपुरका खेलाडीलाइ ट्रयाकसुट हस्तान्तरण

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाले संबिधान दिवशको अबसर पारेर तेक्वान्डो खेलाडीहरुलाइ ट्रयाकसुट हस्तान्तरण गरेको छ ।बिहीबार देखी काठमाडौंमा हुने राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा खेल्न...