Friday, September 22, 2023

कारको ठक्करबाट घाइते भएका थापा मगरको मृत्यु

ताजा / भरखरै प्राप्त

सावा कर्तनी भनेर दिएको धानको बिउ भदैया परेपछि ….

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाको कृषि शाखा कार्यालयले बितरण गरेको अनुदान धानमा बदमासी भएको पाइएको छ ।नगरपालिकाले ५०% अनुदानमा उन्नत जातको सावा कतर्नि...

गौर कारागारबाट एक जना डाका सहित १० जना कैदी रिहा

रौतहट,३ असोजसंबिधान दिवशको अबसर पारेर रौतहटको गौर कारागारबाट एक जना डाका सहित १० जना कैदि रिहा भएका छन । संबिधान दिवशको अबसरमा...

संबिधान दिवशको अबसरमा चन्द्रपुरका खेलाडीलाइ ट्रयाकसुट हस्तान्तरण

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाले संबिधान दिवशको अबसर पारेर तेक्वान्डो खेलाडीहरुलाइ ट्रयाकसुट हस्तान्तरण गरेको छ ।बिहीबार देखी काठमाडौंमा हुने राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा खेल्न...

कार्यकारी अधिकृतले १८ करोडको अकुत सम्पत्ति आर्जन गरेको ठहर

काठमाडौं । करिब १८ करोड रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेका टोखा नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत ऋषिराम अर्याल दोषी ठहर भएका...

बौधीमाइ नपामा कुनै पनि बाहनामा बिद्यालय बन्द गरे कार्वाही

रौतहट,२ असोजसघिंय संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को विरोधमा शिक्षक महासंघले देशभरका बिद्यालय बन्द...

चन्द्रपुर-रौतहटमा कारको ठक्करबाट घाइते भएका एकजनाको मृत्यु भएको छ ।सोमबार दिउँसो चन्द्रपुर नगरपालिका वडा नम्बर ५ स्थित पूर्व पश्चिम राजमार्गको मुनलाईट स्कुलअगाडि पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको कारले ठक्कर दिदाँ गम्भीर घाइते भएका चन्द्रपुर नगरपालिका वडा नम्बर ४ ठाडाटोल बस्ने ४७ वर्षीय शंकर थापा मगरको मंगलबार उपचारको क्रममा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटले जनाएको हो ।जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी निरीक्षक विमला कठायतका अनुसार बागमति प्रदेश ०१–०२७ च ८१५६ नम्बरको कारले विपरीत दिशाबाट जाँदै गरेको ना ६४ प ३४२१ नम्बरको मोटरसाइकल र ना ४३ प ४२८७ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । उनका अनुसार ठक्करबाट घाइते भएका मोटरसाइकल चालकलाई स्थानीय चन्द्रपुर अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारको लागि वीरगन्जस्थित वयोधा अस्पताल लगिएकोमा मंगलबार बिहान उपचारको क्रममा मृत्यु भएको हो । मृतक थापा मगरको शरीरको बाहिरी तथा भित्री अंगहरुमा चोट लागेको चन्द्रपुर ४ का वडाध्यक्ष रवि राना मगरले जानकारी दिए ।
त्यसैगरी स्कुटरमा सवार चन्द्रपुर ५ बस्ने नितेश कुमार गुप्ताको पनि देब्रे हात भाँचिनुको साथै ढाड, छाति, खुट्टालगायतमा चोट लागेको छ । उनको स्थानीय चन्द्रपुर अस्पतालमा उपचार पश्चात डिश्र्चाज गरिएको प्रहरीले जनाएको छ ।
नेपाली कांग्रेस मधेस प्रचारप्रसार प्रमुख समेत रहेका घाइते गुप्ताको अनुसार लापरवाहीपूर्व चलाएको कार निकै तिब्र अनियन्त्रित गतिमा आइरहेको कारले सुरुमा मोटरसाइकललाई ठक्कर दिएर उनी सवार स्कुटरलाई ठक्कर दिएको थियो । कार चालक सर्लाहीका रामबाबु रायलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले नियन्त्रणमा लिइ म्याद थप गरि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

Related Articles