Friday, September 22, 2023

गौर नगरपालिकाद्धारा ६८ करोड ३६ लाखको बजेट प्रस्तुत

ताजा / भरखरै प्राप्त

सावा कर्तनी भनेर दिएको धानको बिउ भदैया परेपछि ….

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाको कृषि शाखा कार्यालयले बितरण गरेको अनुदान धानमा बदमासी भएको पाइएको छ ।नगरपालिकाले ५०% अनुदानमा उन्नत जातको सावा कतर्नि...

गौर कारागारबाट एक जना डाका सहित १० जना कैदी रिहा

रौतहट,३ असोजसंबिधान दिवशको अबसर पारेर रौतहटको गौर कारागारबाट एक जना डाका सहित १० जना कैदि रिहा भएका छन । संबिधान दिवशको अबसरमा...

संबिधान दिवशको अबसरमा चन्द्रपुरका खेलाडीलाइ ट्रयाकसुट हस्तान्तरण

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाले संबिधान दिवशको अबसर पारेर तेक्वान्डो खेलाडीहरुलाइ ट्रयाकसुट हस्तान्तरण गरेको छ ।बिहीबार देखी काठमाडौंमा हुने राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा खेल्न...

कार्यकारी अधिकृतले १८ करोडको अकुत सम्पत्ति आर्जन गरेको ठहर

काठमाडौं । करिब १८ करोड रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेका टोखा नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत ऋषिराम अर्याल दोषी ठहर भएका...

बौधीमाइ नपामा कुनै पनि बाहनामा बिद्यालय बन्द गरे कार्वाही

रौतहट,२ असोजसघिंय संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को विरोधमा शिक्षक महासंघले देशभरका बिद्यालय बन्द...

गौर – रौतहटको गौर नगरपालिकामा आर्थिक बर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरिदै सम्भावित योजनाहरुलाई पारित गरिएका छन् ।
स्थानीय तह शासन व्यवस्था अनुसार अगामी आर्थिक बर्षको नीति तथा कार्यक्रमहरु असार १० गते भित्र प्रस्तुत गरेर पारित गरिसक्नुपर्ने कानुनी प्रावधान अनुसार गौर नगरपालिकाद्धारा आईतवार आयोजित १२ औं नगर अधिवेशन भव्यताका साथ सम्पन्न भएका हुन् ।
नगरअधिवेशनमा आर्थिक बर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गौर नगरप्रमुख शम्भु साहले गौर नगरबासीलाई विकासको पूर्वाधर, सामाजिक सुधार, विद्यालयलाई डिजिटिलाइजेशन एवं युवा वेरोजगारहरुलाई रोजगारी प्रवद्र्धन गर्ने योजनाहरु संचालनमा ल्याउने छ ।
सोही योजना अन्तर्गत ३६ महिने आईटी कोर्ष, सामुदायिक विद्यालयहरुमा इ हाजिरी, लोकेशन ट्रैप र लग बुक सिस्टम राखि शिक्षकहरुलाई सक्रिय पूर्वक खटाइने, फोहर व्यवस्थापनको साथै जथाभावि फोहर गर्नेलाई कारवाही, घुम्ती शौचालय परिचालन, सार्वजनिक शौचालयको निर्माण लेदो तथा फहोर व्यवस्थापन गरी फोहोरबाट मोहर बनाउने अभियान संचालनमा ल्याउने ।
मधेश आन्दोलन लगायत विभिन्न काल खण्डमा देशका लागि शहिद हुनु भएका ज्ञात अज्ञात सहिदहरुको सम्झनामा मधेश स्तम्भ (सहिद स्मारक पार्क) को निर्माण गरिने छ । चक्रपथको निर्माण, गौर ७ सिसवामा प्रवेशद्धार निर्माण, इलेक्ट्रिक विल्डिंग परमिट सिस्टम लागु गर्ने, अगामी आर्थिक बर्ष भित्र प्रदेश सरकारको सहयोग र गौर नगरपाकिलाको सहकार्यमा गौर राइस मिल्सको मैदानलाई अधिग्रहण गरी खेल मैदानमा रुपान्तरित गर्ने नगरप्रमुख साहले नीति कार्यक्रम प्रस्तुत गरे ।यस्तै बरहवा ताल—शिवालय ताल—अदालत पोखरीको सौन्दर्यीकरण जीप लाइन÷ स्काई साईक्लिंग÷बंजी जम्प÷मोटर बोटिंग÷पिकनिक स्पाँट लगायतका क्रियाकलाप विस्तार गरेर पर्यटकीय क्षेत्रमा आमूल परिवर्तन गर्ने नगरपालिका नीति लिएर अघि बढिरहेको नगरप्रमुख शम्भु साहले रचनात्मक रुपमा नीति तथा कार्यक्रमहरु प्रस्तुत गरे ।
सोही अवसरमा नगरपालिकाका नगर उपप्रमुख शैलदेवीको तर्फबाट नगर प्रवक्ता अर्जुन सिहले आर्थिक वर्ष २०८०÷०८१ को लागि ६८ करोड ३६ लाखको बजेट प्रस्तुत गरेका थिए । सो बजेट तथा नगर अधिवेशन सफलताको लागि कार्यक्रमका विशिष्ट अतिथि प्रदेश सभा सदस्य नागेन्द्र साह र सविधान सभा सदस्य सरला यादवले शुभकामना दिए । अधिवेशनमा फरक दलको तर्फबाट वडा नम्बर ७ का वडा अध्यक्ष शिव शंकर पाण्डेले शुभकामना व्यक्त गरेका थिए ।१२ औं नगर अधिवेशनमा मधेश प्रदेशमा गौर नगर उत्कृष्ट नगरपालिका बनाउने कार्यमा रचनात्मक भूमिका निर्वाह गरेका निमित प्रमुख प्रशासकीय अधिकृत सुभाष कुमार ठाकुर, लेखापरीक्षण अधिकारी सरोज लाल दास र नायव सुब्बा जितेन्द्र भारती सहित विभिन्न पदमा कार्यरत ९ जना कर्मचारीलाई प्रमुख अतिथि तथा नकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रशंसा पत्र प्रदान गर्दै सम्मान गरेको गौर नगरपालिकाको कार्यालयले जनाएको छ ।
१२ औं नगर अधिवेशनमा उल्लेख संख्यामा नगरवासी, समाजसेवी, बुद्धिजिवी, संचारकर्मी लगायत विभिन्न क्षेत्रका व्यक्तिहरुको उपस्थिति रहेको गौर नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत शुभाषकुमार ठाकुरले जानकारी दिए ।

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

Related Articles

सावा कर्तनी भनेर दिएको धानको बिउ भदैया परेपछि ….

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाको कृषि शाखा कार्यालयले बितरण गरेको अनुदान धानमा बदमासी भएको पाइएको छ ।नगरपालिकाले ५०% अनुदानमा उन्नत जातको सावा कतर्नि...

गौर कारागारबाट एक जना डाका सहित १० जना कैदी रिहा

रौतहट,३ असोजसंबिधान दिवशको अबसर पारेर रौतहटको गौर कारागारबाट एक जना डाका सहित १० जना कैदि रिहा भएका छन । संबिधान दिवशको अबसरमा...

संबिधान दिवशको अबसरमा चन्द्रपुरका खेलाडीलाइ ट्रयाकसुट हस्तान्तरण

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाले संबिधान दिवशको अबसर पारेर तेक्वान्डो खेलाडीहरुलाइ ट्रयाकसुट हस्तान्तरण गरेको छ ।बिहीबार देखी काठमाडौंमा हुने राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा खेल्न...