Friday, September 22, 2023

चन्द्रपुरको बजेट १ अर्ब १९ करोड

ताजा / भरखरै प्राप्त

सावा कर्तनी भनेर दिएको धानको बिउ भदैया परेपछि ….

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाको कृषि शाखा कार्यालयले बितरण गरेको अनुदान धानमा बदमासी भएको पाइएको छ ।नगरपालिकाले ५०% अनुदानमा उन्नत जातको सावा कतर्नि...

गौर कारागारबाट एक जना डाका सहित १० जना कैदी रिहा

रौतहट,३ असोजसंबिधान दिवशको अबसर पारेर रौतहटको गौर कारागारबाट एक जना डाका सहित १० जना कैदि रिहा भएका छन । संबिधान दिवशको अबसरमा...

संबिधान दिवशको अबसरमा चन्द्रपुरका खेलाडीलाइ ट्रयाकसुट हस्तान्तरण

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाले संबिधान दिवशको अबसर पारेर तेक्वान्डो खेलाडीहरुलाइ ट्रयाकसुट हस्तान्तरण गरेको छ ।बिहीबार देखी काठमाडौंमा हुने राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा खेल्न...

कार्यकारी अधिकृतले १८ करोडको अकुत सम्पत्ति आर्जन गरेको ठहर

काठमाडौं । करिब १८ करोड रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेका टोखा नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत ऋषिराम अर्याल दोषी ठहर भएका...

बौधीमाइ नपामा कुनै पनि बाहनामा बिद्यालय बन्द गरे कार्वाही

रौतहट,२ असोजसघिंय संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को विरोधमा शिक्षक महासंघले देशभरका बिद्यालय बन्द...

चन्द्रपुर – रौतहटको चन्द्रपुर नगरपालिकाको आर्थिक बर्ष २०७९÷८० को दोश्रो नगरसभा तथा एघारौ अधिवेशनले आगामी आर्थिक बर्ष २०८०÷०८१ को लागी१ अर्व १९ करोड ८ लाख ८४ हजार ७ सय ५० रुपैयाको अनुमानित बजेट बनाएको छ । आर्थिक बर्ष २०७९÷८०को बजेट कार्यान्वयनको अवस्था, आगामी आर्थिक बर्ष २०८०÷८१ को निति तथा कार्यक्रम र बजेट वक्तब्य प्रस्तुत गर्दै अधिवेशन सम्पन्न भएको हो । नगर प्रमुख सञ्जय काफ्लेको अध्यक्षतामा भएको कार्यक्रममा उपप्रमुख जयमाला चौधरीले नगरको आर्थिक, सामाजिक तथा भौतिक बिकाशको लागि योजना तर्जुमा गरिएको बजेट वक्तब्य प्रस्तुत गर्नुभएको हो ।
चालु आर्थिक बर्षमा १ अर्ब ३२ करोड ६० लाख ६९ हजार ६ सय ४५ रुपैया आय प्रस्ताव भएकोमा जम्मा ७९ करोड ४० लाख १२ हजार ७८ रुपैया मात्र वास्तविक आय भएको उपमेयर चौधरीले बताउनुभयो । जसमा ज्येष्ठ मसान्तसम्म ७३ करोड ६४ लाख ९० हजार २ सय ३ रुपैया खर्च भएको हो । असाढ मसान्तसम्म चालु र पुंजीगत गरी २ करोड रुपैया ब्यय हुने र करिब १० करोड रकम आगामी आर्थिक बर्षको दायीत्व सार्नुपर्ने अनुमान गरिएको कार्यक्रममा चौधरीले जानकारी दिनुभयो । साथै आगामी आर्थिक बर्ष २०८०÷८१ मा १ अर्व १९ करोड ८ लाख ८४ हजार ७ सय ५० रुपैयाको अनुमानित बजेट रहेकोमा अन्तर आधार सडक तथा पुल निर्माण लाई उच्च प्राथमिकतामा राखी भौतिक बिकाशमा लगानि गर्ने चौधरीले बताउनुभयो ।
विद्युतिय चार्जिङ स्टेशन निर्माणको अन्तिम अवस्थामा रहेकाले उक्त स्टेशन सञ्चालनमा ल्याउने चौधरीले बताउनुभयो । उहाले कम्तिमा ५ लाख रुपैया घटिको भौतिक पूर्वाधान योजना वडाले छनौट नगर्ने निति लिईएको र नगर क्षेत्रमा नगरपालिकाको पूर्व स्विकृती विना बनाईएका घर टहरा लगायतका भौतिक पूर्वाधार निर्माण रोक्ने निति अवलम्बन गरिएको जानकारी दिनुभयो । आगामि आर्थीक बर्षको योजनामा शिक्षा र स्वास्थ्यलाई मुख्य प्राथमिकतामा राखी जारी योजना बाहेक नगरभित्र ट्रमा सेन्टर निर्माण तथा ब्यवस्थापनका लागि डिपिआर तयार पारी प्रदेश तथा केन्द्र सरकारसंग सहयोगको लागि पहल गर्ने बिषय समेटिएको छ । साथै प्रत्येक वडाले आफ्नो वडाभित्रका अति विपन्न १ सय घरपरिवारको निशुल्क स्वास्थ्य विमा गरिदिने निति लिएकोमा यसलाई निरन्तरता दिने साथै आमा सुरक्षा कार्यक्रमलाई थप प्रभावारी वनाईने उपप्रमुख जयमाला चौधरीले बताउनुभयो ।
“सक्षम र सिपमुलक जनशक्ति चन्द्रपुर नगरपालिकाको सम्पत्ती” भन्ने नाराका साथ पूर्ण साक्षर वडा र नगरपालिका अभियान सञ्चालन गर्ने, सामुदायिक विद्यालयहरुलाई प्रविधिमैत्री बनाउने, शिक्षकको क्षमता विकाश गर्ने, उच्च शिक्षा अध्यन गर्ने गरिब, जेहेन्दार, दलित, जनजाती, अल्पसंख्यक तथा सिमान्तकृत समुहका बालबालिकाहरुलाई निश्चित मापदण्डका आधारमा छात्रावृत्ति उपलब्ध गराउने, अनुगमन टोलीमार्फत प्रभावकारी अनुगमन गर्ने लगाएतका शिक्षा सम्बन्धि निति समेत समावेश गरिएको छ । महिला तथा बालबालिकाको हकमा सचेतना मुलक कार्यक्रमका साथै महिलाहरुलाई सिप तालिम दिई ब्यवसायीक बन्न उत्तप्रेरित गर्ने साथै नगर लाई बालश्रम मुक्त बनाउने अभियानलाई तिब्रता दिईने उपप्रमुख चौधरीले बताउनुभयो ।
७० देखी ८० बर्ष माथिका ज्येष्ठ नागरिकलाई देवस्थल भ्रमण, घरपरिवारमा नै गएर सम्मान कार्यक्रम, ज्येष्ठ नागरिक परिचयपत्र वितरण, साथै पारिवारिक, आर्थिक, कानुनी संरक्षणको माध्यमबाट जेष्ठ नागरीकको संरक्षण र प्रवद्र्धन गर्ने योजना रहेको उहाले बताउनुभयो । नगरसभामा चौधरीले वातावरण र सरसफाई, वन तथा वातावरण विपद् ब्यवस्थापन, धर्म, पर्यटन तथा संस्कृती जगेर्ना समेत पुराना कार्यक्रमलाई निरन्तरता दिदै निती प्रस्तुत गर्नुभएको हो ।
नगरपालिकाको कुल अनुमानित बजेट झण्डै १ अर्ब १९ करोडमा ६ करोड ३ लाख ४० हजार आन्तरिक आय, ५ करोड ४३ हजार संघिय अनुदान, २ करोड प्रादेशिक अनुदान तथा २३ करोड १० लाख रुपैया राजश्व वाडफाँडबाट रकम प्राप्त हुने अनुमान गरिएको छ । आज बसेको नगर सभाले आर्थिक बर्ष २०८०÷८१ को निती तथा कार्यक्रम र बजेट वक्तव्यलाई स्विकृत गरेको छ ।

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

Related Articles

सावा कर्तनी भनेर दिएको धानको बिउ भदैया परेपछि ….

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाको कृषि शाखा कार्यालयले बितरण गरेको अनुदान धानमा बदमासी भएको पाइएको छ ।नगरपालिकाले ५०% अनुदानमा उन्नत जातको सावा कतर्नि...

गौर कारागारबाट एक जना डाका सहित १० जना कैदी रिहा

रौतहट,३ असोजसंबिधान दिवशको अबसर पारेर रौतहटको गौर कारागारबाट एक जना डाका सहित १० जना कैदि रिहा भएका छन । संबिधान दिवशको अबसरमा...

संबिधान दिवशको अबसरमा चन्द्रपुरका खेलाडीलाइ ट्रयाकसुट हस्तान्तरण

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाले संबिधान दिवशको अबसर पारेर तेक्वान्डो खेलाडीहरुलाइ ट्रयाकसुट हस्तान्तरण गरेको छ ।बिहीबार देखी काठमाडौंमा हुने राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा खेल्न...