Friday, September 22, 2023

अदालतले समलिंगी जोडीलाई विवाह दर्ता गर्न आदेश दिएपछि चपुरमा खुशीयाली

ताजा / भरखरै प्राप्त

सावा कर्तनी भनेर दिएको धानको बिउ भदैया परेपछि ….

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाको कृषि शाखा कार्यालयले बितरण गरेको अनुदान धानमा बदमासी भएको पाइएको छ ।नगरपालिकाले ५०% अनुदानमा उन्नत जातको सावा कतर्नि...

गौर कारागारबाट एक जना डाका सहित १० जना कैदी रिहा

रौतहट,३ असोजसंबिधान दिवशको अबसर पारेर रौतहटको गौर कारागारबाट एक जना डाका सहित १० जना कैदि रिहा भएका छन । संबिधान दिवशको अबसरमा...

संबिधान दिवशको अबसरमा चन्द्रपुरका खेलाडीलाइ ट्रयाकसुट हस्तान्तरण

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाले संबिधान दिवशको अबसर पारेर तेक्वान्डो खेलाडीहरुलाइ ट्रयाकसुट हस्तान्तरण गरेको छ ।बिहीबार देखी काठमाडौंमा हुने राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा खेल्न...

कार्यकारी अधिकृतले १८ करोडको अकुत सम्पत्ति आर्जन गरेको ठहर

काठमाडौं । करिब १८ करोड रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेका टोखा नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत ऋषिराम अर्याल दोषी ठहर भएका...

बौधीमाइ नपामा कुनै पनि बाहनामा बिद्यालय बन्द गरे कार्वाही

रौतहट,२ असोजसघिंय संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को विरोधमा शिक्षक महासंघले देशभरका बिद्यालय बन्द...

चन्द्रपुर – सर्वोच्च अदालतले यौनिक तथा लैङ्गिक अल्पसंख्यक जोडीलाई विवाह दर्ता गर्न अन्तरिम आदेश दिएपछि रौतहटका समलिंगीहरुले चन्द्रनिगाहपुरमा एक कार्यक्रमको आयोजना गरी खुशीयाली मनाएका छन ।
सर्वोच्च अदालतका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले अस्थायी अभिलेख रहने गरी विवाह दर्ता गर्न पाउने आवश्यक व्यवस्था गर्न अन्तरिम आदेश दिएको थियो ।
पिङकी गुरुङ भन्ने संजिव गुरुङले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई विपक्षी बनाइ दायर गरेको रिटमा अदालतले विपक्षीको नाममा कारण देखाऊ आदेशसमेत जारी गरेको छ।
नेपालको संविधानको धारा १२ मा लैङ्गिक पहिचानसहितको नेपालको नागरिकताको प्रमाणपत्र पाउन सक्ने व्यवस्था रहेको, मुलुकी देवानी संहिता, २०७४ को दफा ६९(१) मा प्रत्येक व्यक्तिलाई विवाह गर्ने स्वतन्त्रता हुने गरी व्यवस्था भएको तथा नेपालको संविधानको धारा १८(१)मा सबै नागरिकको कानूनको दृष्टिमा समान हुने व्यवस्था भइरहेको देखिँदा प्रस्तुत रिट निवेदनको अन्तिम किनारा लगाउँदाको बखत अन्यथा हुने ठहेरमा सोही बमोजिम हुने गरी हाललाई प्रस्तुत रिट निवेदनका निवेदकहरू र निवेदक सरहका जोडीहरूले निवेदन माग गरेमा विवाहको अस्थायी अभिलेख रहने गरी विवाह दर्ता गर्न पाउने आवश्यक व्यवस्था गर्नु गराउनु भनी सर्वोच्च अदालत नियमावली, २०७४ को नियम ४९(२)(क) बमोजिम विपक्षीहरुका नाममा अन्तरिम आदेश जारी गरिदिएको छ।
सप्तरंगी नेपालको आयोजनामा चन्द्रनिगाहपुरमा बिभिन्न कार्यक्रम गरी खुशीयाली मनाइएको सोही संस्थाकी कार्यक्रम संयोजक जिना रानाले जानकारी दिएकी छिन । यौनिक तथा लैङ्गिक अल्पसंख्यक जोडीलाई कानुनी रुपमा विवाह गर्न पाउनु खुशीको कुरा भएको रानाको भनाइ रहेको छ । यसैबिच जुन महिना यौनिक तथा लैङ्गिक अल्पसंख्यकको लागी रमाइलो महिना भएको कारण पनि कार्यक्रम गरी खुशी साटासाट गरेको उनले बताइन । चन्द्रपुर र गढीमाइ नगरपालिकाको सहयोगमा भएको उक्त कार्यक्रममा जिल्लाभरीका यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरुको सहभागिता रहेको थियो ।

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

Related Articles