Friday, September 22, 2023

बालक मृत्यु प्रकरण—न्यायको माग गदै बिरोध प्रर्दशन

ताजा / भरखरै प्राप्त

सावा कर्तनी भनेर दिएको धानको बिउ भदैया परेपछि ….

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाको कृषि शाखा कार्यालयले बितरण गरेको अनुदान धानमा बदमासी भएको पाइएको छ ।नगरपालिकाले ५०% अनुदानमा उन्नत जातको सावा कतर्नि...

गौर कारागारबाट एक जना डाका सहित १० जना कैदी रिहा

रौतहट,३ असोजसंबिधान दिवशको अबसर पारेर रौतहटको गौर कारागारबाट एक जना डाका सहित १० जना कैदि रिहा भएका छन । संबिधान दिवशको अबसरमा...

संबिधान दिवशको अबसरमा चन्द्रपुरका खेलाडीलाइ ट्रयाकसुट हस्तान्तरण

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाले संबिधान दिवशको अबसर पारेर तेक्वान्डो खेलाडीहरुलाइ ट्रयाकसुट हस्तान्तरण गरेको छ ।बिहीबार देखी काठमाडौंमा हुने राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा खेल्न...

कार्यकारी अधिकृतले १८ करोडको अकुत सम्पत्ति आर्जन गरेको ठहर

काठमाडौं । करिब १८ करोड रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेका टोखा नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत ऋषिराम अर्याल दोषी ठहर भएका...

बौधीमाइ नपामा कुनै पनि बाहनामा बिद्यालय बन्द गरे कार्वाही

रौतहट,२ असोजसघिंय संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को विरोधमा शिक्षक महासंघले देशभरका बिद्यालय बन्द...

चन्द्रपुर – रौतहटको चन्द्रपुर नगरपालिका वाड नं. ४ कप्तानटोलमा गत मंसिर ३ गते भएको मोटरसाइकल र्दुघटनामा ज्यान गुमाएका मृतक परिवारले न्याय नपाएको भन्दै रौतहटको चन्द्रपुरका स्थानीय बासिन्दाले बिरोध प्रर्दशन गरेका छन् ।चन्द्रपुर–४ स्थित चन्द्रनिगाहपुरमा गत मंसिर ३ गते भएको मोटरसाइकल दुर्घटनामा १० वर्षीय बालक सम्राट तिमलसिनाको ज्यान गएको थियो ।
मृतक बालकलाई तिमलसिनाका छिमेकी रमेश घिमिरेले चलाएको मोटर साईकलले घर नजिकैको सडकमा ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको थियो । गत मंसिर तीन गते भएको दुर्घटनामा मृतक बालकले ज्यान गुमाएका थिए । मृतक परिवार,छरछिमेक तथा मावली र आफन्तले विहिबार न्याय दिनुपर्ने निकायले मुद्धामा विपक्षीलाई उन्मुक्ति दिएकाले न्याय हनन् भएको जनाउँदै विहिबार दिउसो कप्तानटोल देखि ईलाका प्रसासन कार्यालय हुँदै चन्द्रनिगाहपुरमा बृहद ¥यालीसहित विरोध प्रदर्शन गरेका हुन ।
जिल्ला अदालत रौतहटमा सन्तोष तिमलसिनाले गत मंसिर २९ गते रमेश घिमिरेलाई प्रतिवादी बनाई सवारी ज्यान मुद्दा दर्ता गरेका थिए । सो मुद्धामाथि जिल्ला अदालत,रौतहट गौरले गएको जेष्ठ ३० गते फैसला गरेको हो । जिल्ला न्यायाधिश गेहेन्द्रराज पन्तको ईजलासले आंशिक अभियोग दाबी पुग्ने भन्दै फैसला सुनाएको हो । प्रतिवादी घिमिरे ६ महिना जेल सजाय तथा दुई हजार रुँपैया बुझाएर थुना मुक्त भएका थिए ।
मृतक बालककी आमा सरस्वती तिमल्सिनाले भावविह्ल हुँदै सामाजिक संजालमा भिडियो राखेपछि यस विषयले चर्चा पाएको हो ।
सरस्वतीले घटनामा संलग्नले उत्मुक्ती पाएको भन्दै सहयोग गरिदिन अनुरोध समेत गरेकी छिन ।
मुद्दा फिर्ता लिने सहमती गरेका पनि थिएनौं तर हाम्रो जानकारी विना अदालतबाट हाम्रो अनुपस्थित मै फैसला सुनाइयो, हामी न्याय खोज्न कहाँ जाने ?’ भन्दै प्नश्न गरेकी छिन ।
लाइसेन्स समेत नभएका चालकले भवितव्यले नभई हत्या नै गरेको भन्दै सरस्वतीले दुखेसो पोखिन् ।
यता सवारी चालक अनुमतिपत्र नभएका व्यक्तिलाई सवारी धनीले सवारी चलाउन दिन हुँदैन, दिएमा दुर्घटना भई मानिसको मृत्यु हुन गएमा त्यस्ता सवारी धनीलाई २ वर्षसम्म कैद हुने कानुनी व्यवस्था रहेको छ ।
उक्त कानुनी व्यवस्था अनुसार सवारी चालक अनुमतिपत्र बिना सवारी चलाइ भएको दुर्घटनाबाट ऐनको दफा १६१(१) वा (२) बमोजिमको कसुर कायम भएमा त्यस्तो कसुरदारलाई दफा १६१(१) वा (२) बमोजिम हुने सजायमा उक्त उपदफा (४) बमोजिको थप सजाय हुने छ ।
सवारी दुर्घटना सम्बन्धमा खास गरी मोटरसाईकल जस्तो व्यक्तिगत सवारी साधन चलाउने र सार्वजनिक ठुला सवारी साधन चलाउनेको सतर्कता भिन्नभिन्न मापदण्डका हुनुपर्ने उल्लेख छ ।

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

Related Articles

सावा कर्तनी भनेर दिएको धानको बिउ भदैया परेपछि ….

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाको कृषि शाखा कार्यालयले बितरण गरेको अनुदान धानमा बदमासी भएको पाइएको छ ।नगरपालिकाले ५०% अनुदानमा उन्नत जातको सावा कतर्नि...

गौर कारागारबाट एक जना डाका सहित १० जना कैदी रिहा

रौतहट,३ असोजसंबिधान दिवशको अबसर पारेर रौतहटको गौर कारागारबाट एक जना डाका सहित १० जना कैदि रिहा भएका छन । संबिधान दिवशको अबसरमा...

संबिधान दिवशको अबसरमा चन्द्रपुरका खेलाडीलाइ ट्रयाकसुट हस्तान्तरण

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाले संबिधान दिवशको अबसर पारेर तेक्वान्डो खेलाडीहरुलाइ ट्रयाकसुट हस्तान्तरण गरेको छ ।बिहीबार देखी काठमाडौंमा हुने राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा खेल्न...