Friday, September 22, 2023

चन्द्रपुरमा लम्की स्किन रोगको महामारी ,सयौ पशु मरे

ताजा / भरखरै प्राप्त

सावा कर्तनी भनेर दिएको धानको बिउ भदैया परेपछि ….

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाको कृषि शाखा कार्यालयले बितरण गरेको अनुदान धानमा बदमासी भएको पाइएको छ ।नगरपालिकाले ५०% अनुदानमा उन्नत जातको सावा कतर्नि...

गौर कारागारबाट एक जना डाका सहित १० जना कैदी रिहा

रौतहट,३ असोजसंबिधान दिवशको अबसर पारेर रौतहटको गौर कारागारबाट एक जना डाका सहित १० जना कैदि रिहा भएका छन । संबिधान दिवशको अबसरमा...

संबिधान दिवशको अबसरमा चन्द्रपुरका खेलाडीलाइ ट्रयाकसुट हस्तान्तरण

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाले संबिधान दिवशको अबसर पारेर तेक्वान्डो खेलाडीहरुलाइ ट्रयाकसुट हस्तान्तरण गरेको छ ।बिहीबार देखी काठमाडौंमा हुने राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा खेल्न...

कार्यकारी अधिकृतले १८ करोडको अकुत सम्पत्ति आर्जन गरेको ठहर

काठमाडौं । करिब १८ करोड रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेका टोखा नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत ऋषिराम अर्याल दोषी ठहर भएका...

बौधीमाइ नपामा कुनै पनि बाहनामा बिद्यालय बन्द गरे कार्वाही

रौतहट,२ असोजसघिंय संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को विरोधमा शिक्षक महासंघले देशभरका बिद्यालय बन्द...

चन्द्रपुर – रौतहटको चन्द्रपुर नगरपालिकामा पशुमा लाग्ने लम्की स्किन रोग महामारीका रुपमा फैलिएको पाइएको छ । सो रोग नियन्त्रण गर्नको लागी चन्द्रपुर नगरपालिकाले नगरक्षेत्रभरी निशुल्क खोप कार्यक्रम सञ्चालन गरेको छ । कृषि क्षेत्रमा आधारित यहाँका अधिंकाश किसान पशुपालनमा आत्मनिर्भर रहेकाले लम्पी स्किनबाट रोक्न नगरपालिकाले निशुल्क खोप तथा उपचार अभियान सुरु गरेको हो ।
सो रोगको कारण हाल सम्म चन्द्रपुर नगरपालिकामा करिब २ सयको हाराहारीमा पशु मरिसकेको अनुमान गरिएको छ । चन्द्रपुर नगरपालिका पशु शाखाले दिएको जानकारी अनुसार असार मसान्त सम्म १ सय २२ वटा गाइ र भैसी मरेको पाइएको छ ।
सो रोग नियन्त्रणको लागी चन्द्रपुर नगरपालिका वडा नं. ४ ले पशु सेवा शाखाको प्रविधिक सहयोगमा गाई भैसीको लम्पी स्किन रोग बिरुद्धको निशुल्क खोप अभियान संचालन गरिएको छ । यस वडाको अधिंकाश घरघरमा गाईभैँसी पालन रहेकाले लम्पी स्किन रोगबाट बचाउनका लागि खोप अभियान संञ्चालन गरेको वडा अध्यक्ष रवी राना मगरले बताए ।
गोठ गोठमै पुगेर पशु चिकित्सक एवं प्राविधिक टोलीले निःशुल्क खोप लगाउने र उपचारका विधिको कार्यको थालनी गरेको उनको भनाई छ । पशु प्राविधिक टोलीले गोठगोठमै पुगेर रोगको जाँच, निःशुल्क खोप, निःशुल्क औषधि वितरण गरी किसानलाई लम्की स्किन रोगबारे जानकारी गराएको उनले बताए । उनका अनुसार वडा नं. ४ मा मात्र ५ सय भन्दा बढि पशुमा लम्पी स्किन रोग विरुद्धको खोप लगाउने योजना छ । चन्द्रपुर नगरपालिकाका पशु शाखाका पशु चिकित्सक डा. सुलव चौधरी सहितको चार टोली बनाएर पशुमा खोप लगाईएको उनले जानकारी दिए । लम्पी स्किन रोग विरुद्धको खोप प्रयाप्त रहेकाले समयमा नै लगाउन वडा अध्यक्ष मगरले वडाबासीमा आग्रह गरेका छन् ।
महामारी नियन्त्रणका लागि वडाले तत्काल सेवा उपलब्ध गराउने व्यवस्था गरेको भन्दै यो रोगबाट पशुमा हुने क्षति रोक्नका लागि ध्यान दिन उनले पशुपालक कृषकसंग अनुरोध गरेका छन् । प्रायः धेरै किसानलाई पशु बीमा गराउनुपर्छ भन्ने ज्ञान नहुँदा पनि क्षति व्यहोर्नुपरेको वडा अध्यक्ष मगरले बताए ।
चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफ्लेले चन्द्रपुर नगर क्षेत्रभरीका गाई, भैँसी र गोरुलाई लम्पी स्किन रोगको बिरुद्धमा खोप लगाउने अभियान नै संञ्चालन गरेको बताएका छन ।
केहि वडामा खोप लगाई सकिएको छ भने बाँकी वडाले कार्यक्रम संञ्चालन गरिरहेको नगर प्रमुख काफलेले जानकारी दिए । पालिकामा भरीका १० वटै वडामा गाई, भैँसी र गोरुलाई लम्पी स्किनको खोप लगाईने नगर प्रमुख काफलेको भनाइ रहेको छ ।
यता चन्द्रपुर नगरपालिका वाड नं.म २ मा भने सो रोग बिरुद्धको खोप लगाउन सकिएको छैन । सो वाडमा अहिले सम्म लम्की स्किन रोगको कारण २० देखी २५ वटा पशु मरिसकेको पशु प्राबिधिक राजन थापाले जानकारी दिएका छन । यस वाडमा पनि चाडो भन्दा चाडो भ्याक्सीन लगाएर कृषकहरुको क्षति जोगाउन उनले जनप्रतिनिधिहरुलाइ आग्रह गरेका छन । यहा महामारी फैलिँदै जाँदा कतिपय व्यावसायिक फार्महरुले आफैँले खोप किनेर समेत पशुमा लगाएको पाईएको उनले बताए ।
रोगबाट सङ्क्रमित गाई भैँसीको दूध उत्पादनमा गिरावट आउनुका साथै उच्च ज्वरो आउने, तौल घट्ने सो रोगको लक्षण भएको चन्द्रपुर नगरपालिका पशु शाखाका डा. सुलभ चौधरीले जानकारी दिए । डा. चौधरीका अनुसार लम्पी स्किन गाई भैँसीलाई हुने सङ्क्रामक रोग हो । लामखुट्टे, टोक्ने झिँगा र किर्ना जस्ता कीराको टोकाइबाट यो रोग सर्ने गरेको उनको भनाइ छ । गर्मीयाममा लामखुट्टे र किर्ना आदिको सङ्ख्या बढ्ने र ती कीरा बढी सक्रिय हुने भएकाले यसको प्रकोप अझ बढी देखिने उनले जानकारी दिए ।

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

Related Articles

सावा कर्तनी भनेर दिएको धानको बिउ भदैया परेपछि ….

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाको कृषि शाखा कार्यालयले बितरण गरेको अनुदान धानमा बदमासी भएको पाइएको छ ।नगरपालिकाले ५०% अनुदानमा उन्नत जातको सावा कतर्नि...

गौर कारागारबाट एक जना डाका सहित १० जना कैदी रिहा

रौतहट,३ असोजसंबिधान दिवशको अबसर पारेर रौतहटको गौर कारागारबाट एक जना डाका सहित १० जना कैदि रिहा भएका छन । संबिधान दिवशको अबसरमा...

संबिधान दिवशको अबसरमा चन्द्रपुरका खेलाडीलाइ ट्रयाकसुट हस्तान्तरण

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाले संबिधान दिवशको अबसर पारेर तेक्वान्डो खेलाडीहरुलाइ ट्रयाकसुट हस्तान्तरण गरेको छ ।बिहीबार देखी काठमाडौंमा हुने राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा खेल्न...