Friday, September 22, 2023

आखा पाक्ने रोगको चन्द्रपुर नगरपालिकाद्धारा निशुल्क औषधीको ब्यबस्था

ताजा / भरखरै प्राप्त

सावा कर्तनी भनेर दिएको धानको बिउ भदैया परेपछि ….

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाको कृषि शाखा कार्यालयले बितरण गरेको अनुदान धानमा बदमासी भएको पाइएको छ ।नगरपालिकाले ५०% अनुदानमा उन्नत जातको सावा कतर्नि...

गौर कारागारबाट एक जना डाका सहित १० जना कैदी रिहा

रौतहट,३ असोजसंबिधान दिवशको अबसर पारेर रौतहटको गौर कारागारबाट एक जना डाका सहित १० जना कैदि रिहा भएका छन । संबिधान दिवशको अबसरमा...

संबिधान दिवशको अबसरमा चन्द्रपुरका खेलाडीलाइ ट्रयाकसुट हस्तान्तरण

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाले संबिधान दिवशको अबसर पारेर तेक्वान्डो खेलाडीहरुलाइ ट्रयाकसुट हस्तान्तरण गरेको छ ।बिहीबार देखी काठमाडौंमा हुने राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा खेल्न...

कार्यकारी अधिकृतले १८ करोडको अकुत सम्पत्ति आर्जन गरेको ठहर

काठमाडौं । करिब १८ करोड रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेका टोखा नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत ऋषिराम अर्याल दोषी ठहर भएका...

बौधीमाइ नपामा कुनै पनि बाहनामा बिद्यालय बन्द गरे कार्वाही

रौतहट,२ असोजसघिंय संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को विरोधमा शिक्षक महासंघले देशभरका बिद्यालय बन्द...

चन्द्रपु्र – रौतहटको चन्द्रपुर नगरपालिकाले आँखा पाक्ने रोगीका बिरामीहरुलाइ निशुल्क औषधीको ब्यबस्था गर्ने भएको छ । चन्द्रनिगाहपुरमा केही दिनदेखि गर्मी बढेसँगै आँखा पाक्ने रोगको प्रकोप बढेपछि नगरपालिको निशुल्क औषधीको ब्यबस्था गरेको हो । आँखा पाक्ने रोगको संक्रमण बढ्दै गएपछि चन्द्रपुर नगरपालिकाले सवै सामुदायिक स्वास्थ्य चौकी, चन्द्रनिगाहपुर अस्पतालमा निशुल्क औषधीको व्यवस्था गरेको चन्द्रपुर नगरपालिकाका नगर प्रमुख संजय कुमार काफलेले बताउनु भएको छ । आँखा पाक्ने रोगबाट धेरै जना बिरामी भएपछि निशुल्क औषधीको व्यवस्था गरिएको नगर प्रमुख काफलेले जानकारी दिनुभयो । उहाँका अनुसार यो संगै सर्पदंश र विभिन्न रोगका औषधीहरु पनि निशुल्क गरिएको छ । पछिल्लो समय आँखा पाक्ने रोगबाट बढी विद्यार्थी र शिक्षक प्रभावित भएका छन् । बिरामीको आँखामा सङ्क्रमण बढ्दै जाँदा थप समस्या आउने भएकाले समयमा ध्यान दिन स्वास्थ्यकर्मीहरूले सुझाव दिएका छन् । बर्खाको समयमा सक्रिय हुने एडिनो भाइरस हावामा लामो समयसम्म बाँच्ने भएकाले आँखा पाक्ने रोगको सङ्क्रमण बढी हुने विज्ञहरू बताउँछन् । आँखा रातो हुने, चिलाउने वा चिपचिप गर्ने बित्तिकै आफू खुशी औषधी किनेर लगाउँदा आँखामा जटिल समस्या आउने भएकाले स्वास्थ्यकर्मीको सुझाव विना औषधि प्रयोग नगर्न आखाँका चिकित्सकहरुले बताउनुभएको छ ।सङ्क्रमण विभिन्न कारणले हुने हुँदा सम्बन्धित अस्पतालमै गएर जाँच गराउनुपर्ने उनीहरुको सुझाव छ ।आँखाको भाइरल एउटा परिवारमा देखिए सबैमा सर्न सक्ने भएकाले सरसफाइमा ख्याल गर्नुपर्छ भने ढिला गरी उपचारमा आउँदा आँखाको नानीमा घाउ हुने र त्यसले सधैँका लागि दृष्टि गुम्न पनि सक्छ । आँखामा संक्रमण देखिएमा समयमा उपचार गर्न गौर आँखा अस्पतालले सवैमा आग्रह गरेको छ । कन्जनटिभाइटिस भाइरसबाट लाग्ने सरूवा रोगका कारण दैनिक आउने बिरामीको संख्या बढेको अस्पतलाले जनाएको छ । सङ्क्रमणबाट जोगिनका लागि सङ्क्रमित व्यक्तिको नजिक नबस्ने, भिडभाडमा नजाने, बिरामीले प्रयोग गरेका औषधि, रुमाल, फोन, सिरानी तथा ओच्छ्यान प्रयोग गर्नु हुँदैन । त्यस्तै औषधि प्रयोग गरिसकेपछि हातधुने, आँखा नछुने तथा चस्माको प्रयोग गर्नुपर्छ । अनावश्यकरुपमा भिडभाडमा नजाने तथा जानै परे चस्माको प्रयोग गर्ने र लक्षण देखिएमा अस्पतालमा जाँच गराउन गौर आँखा अस्पतालले भनेको छ । मौसम परिवर्तन भएसँगै आँखा पाक्ने रोगको प्रकोप बढेको आँखा रोग विशेषज्ञहरूले बताएका छन् । शुरुका दिनमा बिरामीको आँखा रातो हुने, चिलाउने, आँसु बग्ने र घाममा हेर्न नमिल्ने जस्ता लक्ष्ण देखिने गरेको छ । विद्यालय र समुदायमा आँखा पाक्ने तथा आँखा रातो हुने बिरामीको सङ्ख्या बढ्दै छ । यसैबिच चन्द्रनिगाहपुरमा संचालित मुनलाइट ऐकेडेमीले पनि आखा पाक्ने रोगी बढेको कारण बिहीबार र शुक्रबार बिधालय बन्द गरेको छ । बिधार्थी तथा शिक्षकहरु्रमा आखा पाक्ने रोग लागेपछि बिद्यालय बन्द गरेको प्रचार्य श्याम किशोर चौधरीले जानकारी दिएका छन ।

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

Related Articles

सावा कर्तनी भनेर दिएको धानको बिउ भदैया परेपछि ….

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाको कृषि शाखा कार्यालयले बितरण गरेको अनुदान धानमा बदमासी भएको पाइएको छ ।नगरपालिकाले ५०% अनुदानमा उन्नत जातको सावा कतर्नि...

गौर कारागारबाट एक जना डाका सहित १० जना कैदी रिहा

रौतहट,३ असोजसंबिधान दिवशको अबसर पारेर रौतहटको गौर कारागारबाट एक जना डाका सहित १० जना कैदि रिहा भएका छन । संबिधान दिवशको अबसरमा...

संबिधान दिवशको अबसरमा चन्द्रपुरका खेलाडीलाइ ट्रयाकसुट हस्तान्तरण

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाले संबिधान दिवशको अबसर पारेर तेक्वान्डो खेलाडीहरुलाइ ट्रयाकसुट हस्तान्तरण गरेको छ ।बिहीबार देखी काठमाडौंमा हुने राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा खेल्न...