Friday, September 22, 2023

‘साउन २८ गतेबाट निजी बिद्यालय बन्द’

ताजा / भरखरै प्राप्त

सावा कर्तनी भनेर दिएको धानको बिउ भदैया परेपछि ….

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाको कृषि शाखा कार्यालयले बितरण गरेको अनुदान धानमा बदमासी भएको पाइएको छ ।नगरपालिकाले ५०% अनुदानमा उन्नत जातको सावा कतर्नि...

गौर कारागारबाट एक जना डाका सहित १० जना कैदी रिहा

रौतहट,३ असोजसंबिधान दिवशको अबसर पारेर रौतहटको गौर कारागारबाट एक जना डाका सहित १० जना कैदि रिहा भएका छन । संबिधान दिवशको अबसरमा...

संबिधान दिवशको अबसरमा चन्द्रपुरका खेलाडीलाइ ट्रयाकसुट हस्तान्तरण

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाले संबिधान दिवशको अबसर पारेर तेक्वान्डो खेलाडीहरुलाइ ट्रयाकसुट हस्तान्तरण गरेको छ ।बिहीबार देखी काठमाडौंमा हुने राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा खेल्न...

कार्यकारी अधिकृतले १८ करोडको अकुत सम्पत्ति आर्जन गरेको ठहर

काठमाडौं । करिब १८ करोड रुपैयाँ अकुत सम्पत्ति आर्जन गरेको आरोप लागेका टोखा नगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत ऋषिराम अर्याल दोषी ठहर भएका...

बौधीमाइ नपामा कुनै पनि बाहनामा बिद्यालय बन्द गरे कार्वाही

रौतहट,२ असोजसघिंय संसदमा दर्ता भएको विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० को विरोधमा शिक्षक महासंघले देशभरका बिद्यालय बन्द...

चन्द्रपुर – रौतहटको चन्द्रपुर नगरपालिका सहित देशैभरीका निजी बिद्यालयका सञ्चालकहरूले साउन २८ गतेबाट अनिश्चितकालीन विद्यालय बन्द घोषणा गरेका छन् । रौतहटको चन्द्रपुर नगरपालिका भित्र रहेका निजि बिद्यालयका संचालकहरुले नगर प्रमुख संजय कुमार काफलेलाइ आफनो ध्यानाकर्षण हस्तान्तरण गदै यस्तो बताएका हुन ।
विद्यमान शिक्षा ऐन २०२८ लाई प्रतिस्थापन गर्नका लागि तयार गरिएको विद्यालय शिक्षा सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०८०’’ को बिरोधमा निजी बिद्यालयका संचालकहरुले बिद्यालय बन्द गर्ने निर्णय गरेको प्याबसन मधेश प्रदेशका अध्यक्ष दिपक रेग्मीले जानकारी दिए ।
सरोकारवालाका सुझावहरूलाई वेवास्ता गरी बिधयेक तयार गरिएको भन्दै विद्यालय शिक्षा ऐनको मस्यौदा सच्याउन माग गरेको तर माग पुरा नभए साउन २८ गते देशभरीका निजी बिद्यालय बन्द गर्ने अध्यक्ष रेग्मीले जानकारी दिएका छन । आन्दोलन गर्नेहरुमा प्याब्सन, एन प्याब्सन र हिसान लगायतका संस्थामा अबद्धहरु रहेका छन । साउन २८ गते बिद्यालय बन्द लगायतका बिरोधका कार्यक्रम गर्दा पनि माग सुनुवाई नभए भदौ १ गतेबाट विद्यालयका सवारी साधनहरू सरकारी सवारी साधन पार्किङ गर्ने सार्वजनिक स्थलमा पार्किङ गर्ने कार्यक्रम रहेको ब्याब्सनका चन्द्रपुर नगर अध्यक्ष लोक बहादुर श्रेष्ठले जानकारी दिए ।
गरी मस्यौदाको दफा ४ उल्लेख भएको निजी विद्यालयको स्थापना र सञ्चालनसम्बन्धी दफाको उपदफा (३) मा प्रचलित कम्पनी कानुनबमोजिम स्थापना भई सञ्चालनमा रहेका संस्थागत विद्यालय यो ऐन प्रारम्भ भएको मितिले पाँच वर्षभित्र शैक्षिक गुठीको रूपमा रूपान्तरण गरी सञ्चालन गर्नुपर्ने बुँदा हटाएर हालकै अवस्थाको हुनुपर्ने ब्याब्सनका केन्द्रिय सचिब केबी थापाले बताए ।
यही २८ गतेबाट विद्यालय बन्द भएमा करिब ८ हजार शिक्षण संस्थामा अध्ययनरत ३० लाख विद्यार्थी पठनपाठनबाट बञ्चित हुने केन्द्रिय सचिब थापाको भनाइ रहेको छ ।
यसैगरी प्याबसन रौतहटकी कोषाध्यक्ष लक्ष्मी चौहान कार्कीले कम्पनीमा सञ्चालन भइरहेका शिक्षण संस्थालाई गुठीमा लैजाने प्रस्ताव गर्नु गैरकानुनी र संविधानविपरीत भएको आरोप लगाउनुभएको छ ।
नगर प्रमुख काफलेलाइ ध्यानाकर्षण बुझाउन माउन्ट एभरेष्ट आवासिय माबिका अध्यक्ष उमेश बास्कोटा,मुनलाइट एकेडेमीका प्रिन्सीपन श्याम किशोर चौधरी,चन्द्रपुर एकेडेमीका अध्यक्ष बसन्त आचार्य लगायतका निजि बिद्यालयका संचालकहरुको सहभागिता रहेको थियो ।

लोकप्रिय

चन्द्रपुर नगरपालिकामा नगर प्रहरीको लागी आबेदन खुल्यो

चन्द्रपुर - रौतहटको चन्द्रपुर नगरपालिकाले नगर प्रहरीको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले हाललाइ १६ जना नगर प्रहरीको आबेदन खुलाएको हो ।नगर प्रहरी...

चन्द्रपुर नगरपालिकाले माग्यो ६४ जना शिक्षक,नगर प्रहरीको पनि आबेदन खुल्दै

चन्द्रपुर - रौतहटको सबैभन्दा ठुलो नगरपालिकाको रुपमा रहेको चन्द्रपुर नगरपालिकाले ठुलो संख्यामा स्वयम सेवक शिक्षकको लागी आबेदन खुलाएको छ ।नगरपालिकाले जारी गरेको...

स्वतन्त्र उमेदवार काफलेको योजना पत्र सार्वजनिक (योजना पत्र सहित)

चन्द्रपुर - रौतहट क्षेत्र नं. ४ क का प्रदेश सभा सदस्य स्वतन्त्र उमेदवार सन्तोष काफलेले आफनो योजना पत्र सार्वजनिक गरेका छन ।...

Related Articles

सावा कर्तनी भनेर दिएको धानको बिउ भदैया परेपछि ….

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाको कृषि शाखा कार्यालयले बितरण गरेको अनुदान धानमा बदमासी भएको पाइएको छ ।नगरपालिकाले ५०% अनुदानमा उन्नत जातको सावा कतर्नि...

गौर कारागारबाट एक जना डाका सहित १० जना कैदी रिहा

रौतहट,३ असोजसंबिधान दिवशको अबसर पारेर रौतहटको गौर कारागारबाट एक जना डाका सहित १० जना कैदि रिहा भएका छन । संबिधान दिवशको अबसरमा...

संबिधान दिवशको अबसरमा चन्द्रपुरका खेलाडीलाइ ट्रयाकसुट हस्तान्तरण

चन्द्रपुर,३ असोजरौतहटको चन्द्रपुर नगरपालिकाले संबिधान दिवशको अबसर पारेर तेक्वान्डो खेलाडीहरुलाइ ट्रयाकसुट हस्तान्तरण गरेको छ ।बिहीबार देखी काठमाडौंमा हुने राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा खेल्न...