इ रिक्साको गौर इकाइ कमिटि गठन

0
85

चन्द्रपुर,८ भदौ
अखिल नेपाल मजदुर संघ रौतहटले सदरमुकाम गौरमा इ रिक्साइ इकाइ कमिटि गठन गरेको छ । नेकपा माओबादीको भातृ संगठनको रुपमा रहेको अखिल नेपाल मजदुर संघ रौतहटको सक्रियतामा शनिबार भएको भेलाले गौरमा इ रिक्सा इकाइ कमिटि गठन गरेको हो ।नव गठित गौर इकाइ कमिटिको अध्यक्षमा अमित भारती रहेका छन भने उपाध्यक्षमा मजहर आलम ,सचिबमा पदम रसुल,कोषाध्यक्षमा सकिल मिया,सहसचिबमा चन्दन साह रहेको अखिल नेपाल मजदुर संघ रौतहटका अध्यक्ष बिनोद दुलालले जानकारी दिएका छन । गौरमा ४१ सदस्यी गौर इकाइ कमिटि गठन गरेको जिल्ला अध्यक्ष दुलालले बताए । शनिबार भएको भेलामा प्रमुख अतिथिको रुपमा अखिल नेपाल ट्रेड युनियनका केन्द्रिय सदस्य रमेश गुरुङ रहेका थिए । भेलामा अखिल नेपाल यातायात मजदुर संघका मधेश प्रदेश सचिब सन्तोष घिमिरे, संघका रौतहट उपाध्यक्ष केशब अर्याल, इ रिक्साइ चन्द्रपुर इकाइ कमिटि अध्यक्ष नारायण तिमलसिना लगायतको उपस्थीती रहेको थियो । अब गरुडामा इकाइ कमिटि गठन गर्ने योजना रहेको जिल्ला अध्यक्ष दुलालले जानकारी दिएका छन । चन्द्रपुर नगर क्षेत्रमा रहेका अखिल नेपाल इ रिक्साका मजदुर सदस्यहरुले आफनो सदस्यता कार्ड असोज मसान्त भित्र नबिकरण गर्न अध्यक्ष दुलालले आग्रह गरेका छन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here